गजल : नरिसाउन

~केदार श्रेष्ठ “गगन”~Kedar Shrestha 'Gagan'

तिम्रो नाममा गजल लेखेँ नरिसाउँनू सवि
मलाई जस्तै उसलाई नरुवाउनू सवि ।

तथानाम गाली गर्दै हिड्छौ अरे मलाई
अरु जे गर तस्वीर चाहिँ नजलाउँनू सवि ।

वेइज्जत गर्दा मैरो सोच्ने गर अलिकति
आफैँलाई दाग लगाई शत्रु नहसाउँनू सवि ।

म बाँच्ने छु आँसुको सहारा लिई भए नि
अब गगनसँग आँखा नजुधाउँनू सवि ।

-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.