~कृष्णराज खनाल~
राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म हुनुभयो । जुन उहाँको गुप्ततवरको योगसाधना, त्याग, समर्पण, इमान्दारीता, सङ्घर्ष र दुखलाई सहजै टेक्नसक्ने क्षमता नै हो दुःख ।
दुई वर्ष पुग्दा नपुग्दै आमाको वात्सल्य गुमाएका घिमिरेलाई केही वर्षपछि ठूलाबाबुले ‘तैँले त जीवनमा केही गर्नै सक्दैनस्, गोठालाको छोरो गोठालै हुने भइस्’ भनेर बारम्बार भनेकै कारण उहाँमा सानैदेखि नजानिँदो इखले बास गरिरहेको थियो । कविका बाबु गौरीशंकरलाई पनि तेरो छोराले के गर्न सक्छ र ? भन्ने खालका कटु वचनले बिझाइरहेको थियो । पाँच छ वर्षको उमेरमा नै रूद्री चण्डीका श्लोकहरू कण्ठस्थ गरिसक्नुभएका घिमिरेलाई ११ वर्ष टेक्दानटेक्दै बाबु गौरीशंकरले अचानक त्यसबेलाको शिक्षाको केन्द्र दूराडाँडामा पढ्नका लागि लिएर जानुभयो र भर्ना गरेर र्फकनुभयो । १० कोष टाढाको यो स्थानमा कविले दुइ वर्ष ज्योतिषशास्त्र पढ्नुभयो । तर कविको भाग्य भनौँ वा कर्मले उहाँलाई त्यो ठाउँमा धेरै समय बस्न दिएन । र, उहाँ पुन घर र्फकनुभयो ।
एकदिन गाउँकै वसन्त शर्माले कविलाई धान्याचल महायज्ञ लगाएको स्थानमा लिएर गएका थिए । कवि आˆनै सुरले केके काम गरिरहनु भएको थियो । पण्डित शिवप्रसाद पोखरेललाई उहाँको काम जँचेछ । त्यसैले यो केटोलाई छोड्न हुन्न भन्ने ठानेर १४।१५ वर्षमा नै आˆनी छोरी गौरीसँग पोखरेलले उहाँको विवाह गरिदिए । विवाहपछि पनि कविले आˆनो पठनपाठनको सिलसिला जारी राख्नुभयो । ससुराली खुदीबेनीमा भाषा पाठशाला थियो, त्यहाँ तीनवर्ष लघुकौमुदी, अमरकोश, हितोपदेश जस्ता किताबहरू पढ्नुभयो, योगसाधना पनि सिक्नुभयो र कविता सिर्जनामा पनि लाग्नुभयो । संयोगले एकदिन आˆना गुरूका भाइ गोविन्द सुवेदीले काठमाडौँ तीनधारा पाकशालामा पण्डितै पण्डित छन्, कस्तो भव्य छ भन्ने वखान गरेको सुनेपछि त कविलाई कहिले त्यहाँ पुगेर पढुँजस्तो लाग्यो । जान त मन थियो तर कसरी जाने ? एकदिन कविले जुक्ति निकाल्नुभयो-गाउँकै एकजना हाकुचासँग जाने । हाकुचा भरियासहित सामान लिन काठमाडौँ आउने गर्दथे । उनीसँग समय मिलाएपछि अब पैसाको जोहो गर्नुपर्यो । राती सबैजना सुतेको समयमा कविले श्रीमतीको सन्दुस खोल्नुभयो । भित्र त झलमली सिरफुला र अरू गहना छपक्कै थिए । सिरफुला हातमा उचाल्नुभयो, तर उहाँलाई भर्खरै ल्याएकी श्रीमतीको यत्रो गहना लिएर हिँड्न डर पनि लाग्यो र माया पनि लाग्यो । त्यसलाई जस्ताको तस्तै राखेर कविले सात मोहोर निकाल्नुभयो र गोजीमा थपक्क हाल्नुभयो । ध्येय काठमाडौँ जाने थियो, अनि बाबुलाई खुनीवेनी जाने भन्नुभयो । बाबुले हुन्छ भने । ससुरालीमा चाहिँ वेसीसहर जाने कुरा बताउनुभयो । ससुरालीको मोजमस्ती, घरको दूधभातको मोह चटक्क छाडेर एकसरो दौरासुरूवाल, अलिअलि किताब भएको झोला र सातमोहोर बोकेर हाकुचासँग सुइँकुच्चा ठोक्नुभयो । खुट्टा खाली थियो र बाटोमा बाघभालुको डर पनि थियो । तथापि उहाँले यी कुनै कुरामा पनि वमस्ता नगरि अनेकौँ दुख व्यहोर्दै आठ नौ दिन लगाएर हाकुचासँगै काठमाडौँ छिर्नुभयो । खुनीवेनीलाई नै सम्पूर्ण ठान्नुभएका कवि काठमाडौँमा यता पनि घर, उता पनि घर र यता पनि मन्दिर उता पनि मन्दिर देखेर तीनछक्क पर्नुभयो । अनि त कविको काठमाडौँको बसाइ सुरू भयो ।
कविले पछि पाकशालामा प्रवेश पाउनुभयो । चिसो छिँडी जहाँ कविले भात पकाउने, खाने र त्यही सुत्ने गर्न थाल्नुभयो । उहाँको पढाइमा दखल थियो र छ महिनामै पाकशालाभरिमा दोस्रो हुनुभयो । परीक्षा दिन वनारस जानुपर्ने वाध्यता थियो, उहाँले त्यो कष्ट पनि उठाउनुभयो र चारवर्ष पाकशालामा पढेर मध्यमा पूरा गरेर घर र्फकनुभयो । बुबाले हषिर्त हुँदै भन्नुभयो-तँ पण्डित भइस् । गाउँमै बस् । अब जाने होइन ।’ श्रीमतीको पनि भाव त्यस्तै थियो तर कविको मनले मानेन । अनि पहिले जसरी नै कवि काठमाडौँ आउनुभयो र त्यही पाकशालामा भर्ना हुनुभयो-सर्वदर्शनमा शास्त्री । उहाँले यहाँ बस्दा दुइटा काम गर्नुभयो-एउटा पढाइ र अर्को कविता लेखन । ‘आफूसँग त पैसा नहुने अनि पालैपालो साथीहरूको भात पकाइदियो, त्यसवापत भात खान पाइन्थ्यो र गुजारा चल्दथ्यो-कविको स्पष्टोक्ति छ । संस्कृत साहित्यका महाकवि कालिदास, भर्तृहरि, जगन्नाथ, भवभूति र भारविबाट प्रभावित घिमिरेलाई अझ कालिदासको मेघदूतले बढी नै प्रभाव पार्यो, किनकि कवि पनि आˆनी विरहिणी पत्नीबाट टाढा हुनुहुन्थ्यो । अनि कविको मनस्चेतना जाग्यो र भटाभट कविता सिर्जना हुनथाल्यो । यही मेसोमा १९९२ सालतिर पहिलो कविता ‘बैराग्य पुष्प’ गोरखापत्रमा प्रकाशित भयो ।
राष्ट्रकवि घिमिरे आˆनी आमा द्रौपदीका एक मात्र सन्तान हुनुहुन्छ । सानैमा टुहुरो हुनुपरेपछि उहाँलाई हजुरआमाले आमाको माया दिनुभयो । तर पनि ममतामयी आमाको निधनले अरू बालबालिकाको भन्दा अलिक भिन्न किसिमले उहाँको बाल्यकाल बित्यो । बच्चाको विकास प्रेमपूर्ण वातावरणमा भएन भने उसको विकास अवरूद्ध हुन्छ र उसले प्रकृतिलाई आˆनो बनाउँछ भनेझैँ कविले पनि प्रकृतिलाई आˆनो बनाउन थाल्नुभयो ।
काठमाडौँमा बस्दा उहाँलाई भाग्यले पनि डोर्याइरह्यो । पुष्करशमशेरसँगको चिनजानले उहाँ मासिक २५ रूपियाँमा नेपाली भाषा प्रकाशिनी समितिको भाषानुवाद परिषदमा १९९८ मा उहाँ नियुक्त हुनुभयो । जहाँ कविले अर्का महान् कवि लक्ष्मीप्रसाद देवकोटासँगको संगत र सामीप्य पाउनुभयो । कविले शूद्रकको मृच्छकटिकम् अनुवाद गर्नुभयो र गोविन्द महाकाव्य लेख्न थाल्नुभयो । तर त्यतिखेर लेख्न सजिलो भए पनि छन्दमा लेख्न सजिलो थिएन । तैपनि काव्यको लागि सङ्घर्ष र छन्दको बुइँ चढेर अहिलेको स्थितिमा पुगेको कुरा उहाँ सगर्व व्यक्त गर्नुहुन्छ । २५ रूपियाँ तलबले के गर्ने ? ठमेलमा उहाँ भाडामा बस्ने गर्नुहुन्थ्यो । पत्नी पनि सँगै भएको र छोरी पनि जन्मिसकेकीले कविलाई एकदमै गारो भएको थियो । ‘एउटा झुल किन्न पनि नसकेर रातभरि लामखुट्टेलाई शरीर दान गर्नुपर्दथ्यो-कविले अतीत संझदै भन्नुभयो-परन्तु त्यसमा स्वीकार आˆनै थियो ।’ ‘अनि श्रीमती सुतिसकेपछि रातरातभर कविता लेख्थेँ-उहाँ भन्नुहुन्छ । तीन वर्षपछि नेभाप्रस खारेज भएकै दिन उहाँको जीवनमा अर्को संयोग मिल्यो-गोरखापत्रमा जागिरे । पाकशालाबाट निस्कँदै गर्दा ढोकामै कुरेर बसेका सम्पादकका मान्छेले उहाँलाई गोरखापत्र लगे । जागिर खाने ? प्रेमराज शर्माको यो प्रश्नले कविलाई के खोज्छस् आँखा भयो र ४० रूपियाँ मासिकमा सम्पादकको सहायकका रूपमा काम गर्न थाल्नुभयो । त्यहाँ पुगेपछि कविको संगत सिद्धिचरण श्रेष्ठसँग हुनथाल्यो । यसैबीच कविपत्नी गौरीलाई टाइफाइडको ज्वरोले हरेर लग्यो । ‘डेरामा कोही छैनन्, सानी छोरी छे, एउटा छिमेकी सिपाहीले मद्धत गर्यो र पाकशालाबाट साथीभाइ आए र उनको शव लिएर गए । त्यो शोकलाई मैले काव्यमा परिणत गरेँ ।’ मौकामा नलेख्ने पनि कवि हुन्छ र ? भन्ने सिद्धिचरणको भनाइले उहाँलाई घोचिरहृयो र त्यो काव्य पूरा गर्नुभयो ।
२००४ साल कविका लागि सर्वाधिक महत्वको र सर्वाधिक सुखद रह्यो । सरस्वती सदनमा आयोजित कवि सम्मेलनमा राष्ट्रिय झण्डा शीर्षकको कविता सुनाउँदा पाएको तालीको गड्गडाहटले निकै उत्साहित हुनुभएका कविले त्यसवापत प्रथम भएर एक सय रूपियाँ पाउनुभयो । कवि हुँ भन्ने परिचय यसले दियो, यो घटना र राष्ट्रकविको सम्मान सर्वाधिक महत्वको हो-उहाँको ठम्याइ छ ।
आधारशिक्षामा समेत काम गर्नुभएका कविले यसबाट धेरै जीवनोपयोगी कुराहरू सिक्नुभयो । उहाँले चारवर्ष गाउँशहरमा स्कुल बनाउन ढुङगा समेत बोक्नुभयो, सामाजिक सेवामा आफूलाई समर्पित गर्नुभयो । राणाशासनका विरूद्ध आन्दोलनमा सक्रिय रहनुभयो र पक्राउ पनि पर्नुभयो । उहाँलाई कविको पुरस्कारस्वरूप २०१४ सालमा प्रज्ञा प्रतिष्ठानको सदस्य बनाइयो र त्यहाँ २०२८ सम्म रहनुभयो । त्यसपछि सात वर्ष उहाँलाई साढे सातको दशाले घेर्यो २०३५ सम्म उहाँले कुनै जिम्मेवारी पाउनुभएन तैपनि दुख परेपछि समाउने सहारा भनेकै कविता भएकोले उहाँले निर न्तर कविता लेखि नै रहनुभयो फलस्वरूप पुन २०३६ सालमा उपकुलपति बन्नुभयो र २०४६ सालमा कुलपतिसम्म । साँस्कृतिक चिरा पर्नुहुँदैन यसले राष्ट्र खण्डित हुन्छ भन्ने मान्यता लिएर उहाँले देशैभरि साँस्कृतिक एकेडेमी बनाउन तर त्यो पूरा हुन पाएन । ‘मलाई दुख दिने काम भयो, मेरा विरूद्ध कुरा लगाइयो तैपनि यत्किञ्चित मानिन । हरहमेसा राजीनामा राखेर हिँड्थेँ ।’ यो मेरो आत्माको परीक्षा भएकोले म कसैलाई पनि दोष दिन्न-कवि भन्नुहुन्छ ।
अर्काको कुभलो नचिताउने, काम नगरी बस्न नसक्ने, जस्तोसुकै संकटमा पनि आˆनो स्वभावमा टसमस राष्ट्रकवि घिमिरेलाई बालचन्द्र शर्मापछि उपकुलपति बनाउने प्रस्ताव आए पनि उहाँले आˆनो पालो अझै नआएको र रोलक्रम उल्लंघन गर्न नचाहेको जवाफ दिनुभएको थियो । बनारस जाँदा रविन्द्रनाथका कविता पढ्न पाएको र चन्द्रमामा मानिस पुगेको घटना कवि जीवनका अविष्मरणीय घटनाका रूपमा रहिरहेका छन् ।
अहिले के पढ्दै हुनुहुन्छ ? यो प्रश्नमा कविको जवाफ थियो-सत् साहित्य ।
झण्डै दुइ दर्जन काव्यका रचनाकार कवि घिमिरे २०६३ सालदेखि बाहिरी दुनियाँबाट लगभग अलग हुनुहुन्छ । राष्ट्रले उहाँलाई सम्मान गरेकै कारण राष्ट्रलाई केही दिनुपर्छ भन्ने भावस्वरूप अहिले क्रृतम्भरा महाकाव्य लेखिरहनुभएको छ । ‘मेरो शेष जीवनमा आˆना मनमा लागेका सबै कुरा यहाँ पोखेर जानुपर्छ भनेर महाकाव्यको साधनमा तल्लीन छु-कवि भन्नुहुन्छ । ‘क्रृतम्भरा वैदिक पात्र हो, तर आधुनिक विश्वलाई सकारात्मक मार्गमा प्रेम र सद्भावबाट कसरी लानुपर्छ भन्ने कुरालाई यसमा उठाएको छु, अर्को वर्ष यो तपाईसामु आउँछ-राष्ट्रकवि घिमिरेले भन्नुभयो ।
– गुणादी, तनहुँ
(स्रोत : गोरखापत्र)