गजल : सधैभरी दंग

~आचार्य प्रभा~acharya Prabha

तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग
तब झस्क्यौ अनायासै जब उडयो रंग
–
सबैले नै शिरोपर राखेकै थियो तिम्लाई
आफ्नो पनी हुनुपरयो मान पाउने ढंग
–
तिमी भलो छौ भने बैरी को नै हुन्छ
भन अब माफी तिम्ले माग्छौ को संग?
–
सके सम्म बल्बुत्ताले थिच्न खोज्यौ सबलाई
कुनै दिन हुन्छ होला तिम्रो गोप्य भंग

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.