~सिमियोन रोक्का~
धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो ।
बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन चिठ्ठी केही गरेन त ! के गर्ने हो ? ” बुढाले चिन्तित नहुन र शान्त रहनलाई अनुरोध गरे तर उनी पनि भित्र भित्र छोराको चिन्ता गर्दै थिए ।
धेरै दिन पछी छोराको फोन आयो । खुशी हुँदै आमाले आसुहरुलाई थाम्दै कुरा गर्न लागिन । तर छोराले भन्यो, “आमा मलाई पैसा चाहियो । तल घरे काकालाई भन र आई एम ई गरेर मलाई पैसा पठाइ देउ ।” अामाले कारण नै नसोधी ल हुन्छ भनिन र फोन राखिन । फोन राखेको केही समय पछी डाको छाडेर रुन थालिन कारण उनी संग भरै खाने पिठो पनि थिएन ।
उनले आफ्नो कानमा लगाएको माइतीको चिनो खोलिन र त्यसलाई बेचेर उनले हरी काकाको हातमा पैसा पठाउनलाई भनेर दिएर पठाइन र छोरा आउने बाटो हेर्न थालिन । समय बित्दै गए। बुढा झन माथि झन थलिन थाले । बुढाको ख्याल गर्ने र भोको पेट लिएर छोराको बाटो कुर्ने उनको दिनचर्या बनेको थियो । आँखाहरु पनि सुख्खा भाईसकेका थिए । उनले आकाश तिर हेर्दै, दैब त कहाँ छस भनेर भित्र बाट बिलौना गर्दै सोध्न लागिन । उता बुढा छटपटिएर सास छाडेछन । उनले सकिनसकी बुढाको लासलाई एकलैले बाहिर ल्यईन र छिमेकीलाई रुदै गुहार गर्न लागिन । उनले आफ्नो छोरालाई सम्झेर त्यो पल धेरै रोइन । आफ्नो जीवन साथी आफ्नो बुढापनको सहरालाई गुमाउदाको पिडा उनको जीवनभर कै ठुलो पिडा थियो ।
धेरै पछी छोराले फोन गर्यो र आमालाई अरु केही नसोधी पैसाको कुरा गर्यो । आमाले भनिन, पैसा लिने भए घर नै फर्केर आइजो । छोरा घर पैसाको लागि घर फर्किएर आयो । ढोका लगाएको थियो । वरिपरी उसले आमालाई खोज्यो । कही नपाए पछी उ घर भित्र छिर्यो । सिरानीमा एउटा रबरले बाधेको पैसा थियो र संग संगै औषधी र हस्पिटलको पुर्जी पनि ।
आमाले एउटा किड्नी बेचीछन र उसको निम्ती पैसा जुटाएर हिडिछन । उसको ध्यान पैसामा भयो तर किड्नी सम्झौता गरिएको हस्पिटलको त्यो पुर्जीमा उसको आँखा गएन । पैसा देख्ने आँखाहरुले पैसा मात्र देख्छन, त्यसका पछी कतीका पसिना, रगत र दु:ख छन त्यो देख्दैनन । हरेक पैसा पछाडिका आफ्नै मोलहरु हुन्छन ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )