~इलामेली टीकाराम दुलाल~
मानिसमा असल बानी चाहिन्छ
जीउनलाई पनि त पानी चाहिन्छ ।
तपाई राख्नु सम्पुर्ण धनसम्पती
मलाई केवल मेरी सानी चाहिन्छ ।
खुसीसाथ ढिडो गुन्द्रुक मिठो हुन्छ
जीवन बुझ्ने एउटी रानी चाहिन्छ ।
बुढेसकालमा पनि रमाउन सकिन्छ
कस्ले भन्छ रम्न जवानी चाहिन्छ ।
आयौ गयौ माया मोह जीवन मृत्युमा
मरे पनि मेरो असल कहानी चाहिन्छ ।
२०७३।१२।२५ रोज ६
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )