~भोला सिवाकोटी ‘पुरानाघरे’~
हुत्तिएर काँडासामु ठान्छाै पर्न आएँ
सँगै जिउने बाचा गरी सँगै मर्न आएँ
किनारहरू सँगै लिर्इ बग्नु पर्छ खोलो
भागेकी थ्याै हियो चोरी त्यही हर्न आएँ
फूललार्इ तिम्रो मुहार फुलेमात्र सुहाउने
जूनको कान्ति चोरी तिम्रो रूप भर्न आएँ
तिमीबिना अध्यारोले आकास नै खान्छ
अध्यारोमा तिम्रो माया बोकी छर्न आएँ
पाइलाहरू जता चल्छन बाटो बन्न सकुँ
अंगालोमै बाँधिएर बाँकी यात्रा गर्न आएँ
चिराङ भूटान
हाल कोलोराडो अमेरिका
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)