कविता : सुनौलो बिहानी

~के आर शर्मा~

भालेको डाको घडीको सुई कामको थालनि ।
नगए मेला पेटमा माण खै के हो हालनी ।।
जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा ।
चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।।

फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर ।
अरुको कर्म चम्काइ दिन्छौ पौरख भरेर ।।
श्रमिक हामी श्रम नै रोटी श्रमको कमाई ।
सन्तति मिली बाडेर खाई बस्नुछ रमाइ ।।

काम छ हाम्रो नाम छ अर्को यो कस्तो जगत ।
मुखमा माण लगाई बाच्ने ब्यर्थै भो फगत ।।
हे दैब तिमी के दियौ जुनि कसरी बाच्ने हो ?
मनमा बोझ सपना हरु कसरी साच्ने हो ??

नपायौ हामी श्रमको मुल्य न नाम कमायौ ।
न संगै बसी सन्तति हरु खुशीले रमायौ ।।
न सुत्ने थाहा न खाने थाहा न हाम्रो ठेगाना ।
सुन्दैन कोही आग्रह गर्दा गरिबि बेदना ।।

हातमा प्राण राखेर काम हामीले गर्ने हो ।
जोखिम सधैं कहाँ छ अन्त? खै कहाँ मर्ने हो ??

गरेर श्रम जिउछौ हामी यस्तै छ जिबनी ।
कहिले देख्छौ हामीले ‘चा’को सुनौलो बिहानी ।।

नेपाली हामी बुद्दको बाणी सजाए यसमा ।
अमन आए आनन्द मान्थे यो हाम्रो देशमा ।।
दर्शन देउ बोर्डमा पनि सत्यता चिनाई ।
बुद्दत्व बाड दुनियाँ सँग सत्यमा हिडाई ।।

बनाउ अब सुन्दर शान्त यो हाम्रो नेपाल ।
ॠणले मुक्त बनाइ हल्का यो हाम्रो कपाल ।।
बिभेद छोडौ आँफैमा हामी अगाडि बढेर ।
बिकास गरौ सिपले भरी शिखर चढेर ।।

सिकाइ सिप हातमा हात मिलाई उठेर ।
सुन्दर देश निर्माण गरौ सबैले जुटेर ।।
खतरा लाई बनाई टाढा सिकौ है प्रबिधी ।
छैनन देख्ने सन्तति हाम्रा यो हाम्रो दुर्गती ।।

हातमा प्राण राखेर काम हामीले गर्ने हो ।
जोखिम सधैं कहाँ छ अन्त? खै कहाँ मर्ने हो ??
गरेर श्रम जिउछौ हामी यस्तै छ जिबनी ।
कहिले देख्छौ हामीले ‘चा’को सुनौलो बिहानी ।।

October 20, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.