पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~

विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ ।

पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक अनुकुलताले पुस्तक बजारमा हो हल्ला मच्चाउन समर्थ भएका उदाहरणहरु प्रसस्त पाउँछौँ हामी । गर्भाधान नै नभएको विजय कुमारको पुस्तकको सन्दर्भमा त झन् यस्तै होहल्लाले सगरमाथा नै छोएको थियो । पुस्तक लेखनको अनुभव नै नभएका ब्यक्तिलाई अग्रीम दिईने एकमुष्ट मोटो पारिश्रमिकको चर्चा पनि यस्तै उदाहरणको निरन्तरता मात्रै हो भन्नेको सङ्ख्या कम थिएन । किन कि विजय कुमार त झन् पत्रकारिता पेशाको तावामा निबेकको रोटी पेल्ने कलाका पारखी हुन् ।

जब खुसी हात प¥यो, उत्साहपूर्बक अध्ययन गरिहाल्ने आतुरताले अँगालो हाल्न सकेन । सायद उल्लेखित पृष्ठभूमिको असरले हुन सक्छ । यताउता पल्टाएँ । मोटाई सोचेभन्दा ठुलो लाग्यो । अनुमान गरेँ– ब्यक्तिगत कथुरे गन्थनले भरिएको सामान्य शब्दहरुको बिस्कुन मात्र त होला नि । कभर पेजको अग्रभागमा उनकै ठूलो फोटो देखेपछि मन झन खुम्चिन पुग्यो । करोडौँको घरघरमा देखिँदा देखिदै पनि हजारौँमा किन खुम्चिन वा साँघुरिन खोजे होलान् जस्तो लाग्यो । निख्खरा नयाँ सर्जकमा देखिएको यो उत्कट फोटो मोहले ममा नकारात्मक घर गरेर नै होला सायद मुस्कुराई रहेको उनको त्यो सफा फोटो पनि दम बेगरको धमिलो अनुभूति हुन गयो ।

पानाहरु क्रमशः पल्टाउँदै जाने क्रममा पुस्तकको मूल्य खोज्न पुग्छन् मेरा नयनहरु । सायद लेखकले प्राप्त भनिएको अग्रिम मोटो लेखकस्व र पुस्तकको मूल्यमा कति तादात्म्यता होला भनि खोजि गर्न चाहन्थ्यो मेरो मन । तर पुस्तकको मूल्य स्पस्ट रुपमा कतै नदेख्नाले एउटा क्रेताको अधिकार गुमेको अनुभव गर्न पुग्छु म । कभर पेजको पछाडी जहाँ आइएसबिएन् नम्बर छ, हो त्यसको ठिक मुनि उल्लेखित ४९८०० अङ्क नै (सायद ने.रु.४९८÷०० ) अघोषित छद्म मूल्य हो भन्नेहरु पनि नभेटिएका होईनन् । यदि त्यसो हो भने नाफा नोक्सानभित्रको दुष्चक्रमा विजयकुमार जत्तिको प्रख्यात पत्रकारको पुस्तक नपरेको भए हुन्थ्यो जस्तो लाग्यो ।

काँचको पर्दामा मात्र मैले चिनेको विजयकुमारको खुसीको शिर्षक छानेर पढने सोच पलायो । कसौडीको भात पाकेनपाकेको हेर्न एक सिता भात जाँचे पुग्ने सिध्दान्तमा आधारित रहेर पुस्तकको पहिलो शिर्षक ‘प्रसव वेदना’ रोजेँ ।

पढदै गएँ । रोकिने किसिमको लागेन । स्वाद बढन थाल्यो । लेखनशैलि, प्रयुक्त शब्दहरु उच्च नै पाएँ । सरसताले अँगालो हाल्न थाल्यो । क्रमशः अन्य शिर्षकहरुप्रतिको मोह र रोचकता थपिदै गयो । उत्सुकतापुर्वक अगाडी बढदै गएँ ।

जति म अगाडी बढदै जान्थेँ विजय कुमारप्रतिको मेरो काल्पनिक छवि बिस्थापित हुन थाल्यो । उनीमा यति धेरै ज्ञान रहेछ भन्ने विषयमा बल्ल मेरो चेत खुल्यो । त्योभन्दा पनि आफ्ना कुराहरुलाई साहित्यिक भाषा, शैली र शब्दहरुको संयोजन गर्दै कलात्मक ढङ्गले रोचकतापुर्वक अभिब्यक्त गरेको देख्दा आश्चर्य लाग्यो ।

जति शिर्षकहरु हेर्दै जान्छु एक भन्दा अर्काे रोचक महसुस हुन थाल्छन् । रोचकताको मात्रा बढदै जाने क्रममा अग्रभागमा भएको उनको फोटोलाई आदरपूर्बक बारम्बार हेर्न उद्यत हुन्छु म । केही समय अघिसम्म धमिलो र दम बेगर लागेको उनको फोटो चहकिलो र तेजोमय भएको अनुभूति हुन्छ ममा । मनको कुनामा उनको एउटा सकारात्मक विम्व नाच्न थाल्छ । चाखपूर्बक नरोकिईकन अध्ययन गर्दै जादा एकातर्पm पानाहरु पल्टदै जान्थे अर्कोतर्पm पुस्तक सानो या पातलो हँदै गएको सर्तमा मन नजानिदो गरी खुम्चन पुग्थ्यो ।
एउटा ओभरसियरबाट आफ्नो क्यारियर सुरु गरेको ब्यक्तिले सारा जीवन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महारथीहरुलाई प्रश्न मात्र सोधे । ती महारथीहरुका उत्तरको गाम्भिर्यता र ओज नाप्ने क्षमता म राख्दिन तर खुसी मार्पmत विजय कुमारले जुन उत्तर दिएका छन् त्यसलाई पनि कम आँकलन गर्न सकिँदैन भन्ने मेरो मान्यता रहन गएको छ ।

खुसीको प्रमुख बिशेषता भनेको ‘पठनीयता’ हो । वास्तवमा यो पुस्तक पठनीय छ । पठनीय हुनको लागि के कति बिशेषणहरुबाट बिभुषित हुन सक्नु पर्ला ? सहज अन्दाज गर्न सकिन्छ ।

केही लिङ्ग, जात, पेशा तथा ब्यबसायमा रहेका ब्यक्तिहरुलाई खुसीमा प्रयुक्त कतिपय कथन, प्रशङ्गहरु नरुच्न सक्छन् । सबैलाई रुच्न सक्ने पुस्तक आउन सकेको भए झन् उत्तम हुने थियो । यसै प्रशङ्गमा विविध किसिमका समीक्षा, टिप्पणी, आलोचना, समालोचना आदि आईरहेका छन् पनि । यो स्वाभाविक कुरा हो र भन्न सकिन्छ– जस्का जति धेरै पाठक उत्ति नै धेरै कमेण्ट ।

ठुलाठुला मानिसहरुको नामले पुस्तक सजिएको छ । आफ्नो घमण्ड र अहङ्कार प्रदर्शन गर्न मात्र ती नामहरु पुस्तकमा प्रयुक्त भएका हुन भन्नेहरु पनि होलान् । तर उनको पेशाागत उठबस र स्थिति बुभ्mनेहरुले ती ब्यक्तिहरुसँग विजय कुमारकको पहुँच र सङ्गत थिएन भन्न अबस्य सक्ने छैनन् ।

बौध्द गुरुहरु र विजय कुमारका बिचमा भएका प्रश्न, प्रतिप्रश्न र सम्बादहरुलाई हामीले पनि आआफ्ना सर्तमा सोच्नाले राम्रो ‘म’ को अहङ्कारबाट थोरै भए पनि मुक्त हुन सकिन्छ । पुस्तक अध्ययनपूर्वको मेरो सोचाईजस्तो विजयको जन्मदेखि हालसम्मका निस्लो बर्णनको पुलिन्दा मात्र होईन रहेछ खुसी । ज्ञानबर्धक रहेछ यो । प्रत्येक शिर्षकहरुका प्रशङ्गसँग मिल्दा कोटेशनहरुले चटनीको काम गरेका छन् । समग्रमा भन्दा खुसी पढे पछि धेरै प्रतिशत पाठक खुसी नै हुन्छन् भनि सहजै अनुमान गर्न सकिन्छ ।

खुसीभित्र केही शब्दहरुले हलाहल बिष सम्पे्रषण गरेको पाएँ मैले । त्यस्तो मीठासपूर्ण अभिब्यक्ति र मर्यादित भाषाशैलिका बिचमा ती शब्दहरु र एक÷दुई अन्य असाबधानीहरुले केही हदसम्म पुस्तकको गरिमा र ईज्जत लुटन पुगेको देख्छु म । ‘……. उनको टाउको फोरिदिउँ जस्तो लागेको थियो’ भनि अजित बरालको प्रशङ्गमा लेखेका छन् । बौध्द गुरुहरुबाट दीक्षित बिजयले मात्र हैन कोही कसैले पनि यो प्रशङ्गमा यसरी आक्रमक तथा ध्वम्सात्मक शब्दको प्रयोग गर्नु प्रत्युत्पादक हुन जान्छ । त्यस्तै अन्य कुनै वा कसैको कार्यक्रमको खिसिट्युरीबाट आफ्नो वा आफ्नो कार्यक्रमको तौल बढदैन, बरु घटछ भन्ने यथार्थ बुभ्mन सक्नु पथ्र्यो विजयले । के त्यो रुखो उपहास तीखा काँडा बनेर कसैको दिल घोच्दैन ? ‘खितखिते कार्यक्रम’ भनि त्यही सर्तमा असाबधानीबस अभिब्यक्त गरेका छन् त्यहाँ । यति हँदा हँुदै पनि सकारात्मक सोचका साथ भन्ने हो भने जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा विजय कुमारमा आएको परिबर्तन र आध्यात्मप्रतिको उनको लगावलाई हेर्दा उनले कसैलाई होच्याउने, खसाल्ने र अपमान गर्ने उध्देश्यले नै त्यस्तो अभिब्यक्ति दिए होलान भनि सोच्न सकिदैन कि ? बत्तिसै लक्षणले उपयुक्त बस्तु पाउन कठीन छ । प्रकृति त गुण र दोषमय छ भने मानिसको सृजनाको के कुरा गर्नु ।

केही तथ्यगत त्रुटीहरु पनि नभएका होईनन् खुसीमा । पुस्तकले सम्प्रेषण गरेको उनको ज्ञान भण्डारको परिधी आँकलन गर्दा ती त्रुटीहरु ज्ञानकै अभाबका नतिजा हुुन भनिहाल्न सकिदैन । आशा गरौँ आगामी संस्करणमा यस्ता गल्तीहरु हटाउने छन् । अन्त्यमा निकट भविष्यमा नै यस्तै मिठा अन्य सृजनाहरुको लागि शुभकामना विजयलाई ।

जनबरि १३, २०१५

अस्तु ।

-राजेन्द्रप्रसाद अर्याल,गोरखा ।
हाल– म्याडिसन, अमेरिका ।
aryalrajendra3@gmail.com

(स्रोत : विश्वपरिक्रमा पत्रिका)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.