~घनश्याम प्याकुरेल~
सुनसान रात तिम्रो छ याद
जीवन भरिनै आउनेछ याद
तिमी बिना अधुरो छ जिन्दगीको यात्रा मेरो
हाँसो आँसु बिसाउने बिसौनीमा को छ मेरो??
तिमी छौ र पो छ खुशी अपार
तिमी बिना जीवन हुन्छ अँन्धकार
चाहे सास बन्द होला, चाहे धड्कन मन्द होला
छोड्ने छैन जीन्दगीभर बाध्यताले जसो गर्ला
तिमी नै हौ मेरो सारा संसार
कहिले हुन्छ हाम्रो सपना साकार?
सुनसान रात तिम्रो छ याद
जीवन भरिनै आउनेछ याद
घनश्याम प्याकुरेल
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )