~भिम बहादुर थापा~
हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा
भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा
**
कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो
सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा
**
कहिले बैरी, कहिले साथी, समय यो जुर्दै आयो
गुम्सि’राको कथा भरी, गोप्य आज फुन्छ्यौ के थाहा।
** **
२०६६ तीजका अवसरमा–
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
