~चण्डी सुवेदी~
महाकवि देवकोटा
लक्ष्मी पूजामा जन्मेर पनि
लक्ष्मीले कहिल्यै साथ दिइनन्।
कवि बनेर ज्यान पाल्नु
देवकोटालाई एकादेशको कथा भयो।
यहाँ कलम को कदर कहाँ छ र?
मरिसकेपछि शालिक बन्छ,
सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्।
तर बाच्दा कवि नै कवि हुन्छ,
न त कविताले ऊ कार चढ्न सक्छ,
न त कविताले ऊ घर किन्न सक्छ,
किनकि कवि केवल कवि नै त हो,
जो जिन्दगी नै देश र समाजलाई
आफ्नो कलमरूपी डोजरले
सभ्यता र संस्कृतिको,
भाषा र मौलिकताको,
गोरेटो कोरेर पनि ,
उसको लगन
केवल एउटा शालिकले
पूर्णविराम पाउँछ,
छिनभरको ताली पाउँछ,
तर, बाचुन्जेल,
अभाव र विषमता,
अन्यौल र विपन्नताकोलागि
परिवार, समाजबाट
पल पल गाली पाउँछ।
सास्ती पाउँछ,
तर नआत्निनु होस् नि
समाजको यस्तै यस्तै कटु
यथार्थतालाई कलमले कोर्न
ऊ कवि हुन रमाउँछ।
-चण्डी सुवेदी
टोकियो