~अनिल नेम्बाङ~
पछ्याउँदै
तन्नेरी लौरोलाई
पुग्छु फेदमा
लालुपातेको।
पन्छाउँछु लौरो
अनी बिसाउँछु
छेवैमा आफुलाई।
टिप्छु
एक अंजुली
ओईलाएको लालुपाते
बिछ्याउँछु हत्केलामा
अनी
हेर्छु आफ्नो बिम्ब।
आत्तिन्छु!
फु∫∫∫∫∫∫ उँडाएर
हत्केलाका अनुहारहरु
हेर्छु रेखाहरुको लम्बाई।
निस्सासिन्छु!
कोतर्छु हत्तपत्त
थप्छु रेखाहरु
दुवै हत्केलामा।
बटुल्छु फेरी
असरल्ल लालुपाते
ओछ्याउंछु
हत्केलाभरी।
अनी,
अनी खोजीबस्छु
मुन्टो मिलाई मिलाई
उँडिसकेका
हरियो वैँशहरु
त्यो हरियो दिन नै
पहेँलो भईन्जेल
खोजीबस्छु खोजीबस्छु।।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)