~दीप हाँडिगाउँले~
अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो। “घर जान ला?” संगै काम गर्नेले औपचारिकता पुर्याउँदै सोध्यो। “अँ” भन्न त भन्यो प्रकासले तर आफैलाई सोध्यो फेरी “कस्को घर?”
बाउले उ त्रि-चन्द्रमा हल्लिदै गर्दा उस्लाई र दाईलाई छुट्टाईदिएका थिए। बस्न त सबै त्यति बेला एउटै घरमा बस्थे तर उस्को र उस्को दाईको छुट्टा छुट्टै घर थियो। दुईटै घरहरु भाडामा दिएको थियो। त्यसबाट आउने भाडा पनि दाजु भाईकै जिम्मा लगाईदिएका थिए बाउले।
“आखिरी ढिलो चाँडो यो दिन आईहाल्छ –” भन्दै बाउले त्यति छिट्टै किन अंशबण्डा गर्देको होला भन्ने जिज्ञासुहरुको टिप्पणीलाई सम्बोधन गरेका थिए।
त्यो भागबण्डाले प्रकासलाई मात्रै हैन घर परिवारमा कसैलाइ केही असर परेको थिएन। अंशबण्डा कागजी रुपमा भएको थियो। त्यत्ति हो।
केही महिना पछि उस्को दाजु, किरण, राजशाही कलेज पुगेको थियो। प्रकास अझै त्रि-चन्द्रमै हल्लिदै थ्यो। प्रकासले जिन्दगीलाई सायद बेग्लै हिसाबले बुझेको थ्यो। उ महत्वाकांक्षी पटक्कै थिएन। उ एउटा आदर्श मान्छे बन्न चाहन्थ्यो — कसैले औला उठाउन नसक्ने चरीत्रलाई उस्ले जिवन्त गर्न चाह्न्थ्यो। त्यत्ति हो। त्यो बाहेक जिन्दगीमा यस्तो गर्छु भन्ने सोचाई थिएन उस्को। भोलीको लक्ष्य भनेर पनि केही थिएन। भाडामा आएको पैसा ब्यान्ङ्कमा जम्मा हुन्थ्यो। त्यो पैसा चलाउने उस्लाई आबश्यकता पनि थिएन। बाउ-आमाले दिएको पैसा नै उस्लाई पर्याप्त थ्यो।
बिग्रीएका बाटाहरुमा उ जान चाहेको भए सबै बाटाहरुमा उस्ले स्वागत द्वार देखेको थियो तर उस्ले ति बाटाहरुमा आफुलाई कहिल्यै लगेन। उस्का साथिहरु पनि खासै कोही थिएनन।
बाउले आर्की आईमाईलाई बालाजुमा भब्य घर बनाएर राख्नु अघि देखि नै आमाको आँखामा लागेको बादल र बेला बेला पर्ने ती झरीहरुले उस्को मनमा गहिरो छाप छोडेका थिए। उस्ले आफै सँग बाचा गरेको थियो “म मेरी श्रीमतीलाई कहिल्यै दु:खी बनाउँदिन — मेरा छोरा छोरीले उनीहरुको आमाको आँखामा उर्लिने बाढीहरु मैले जस्तो कहिल्यै देख्नु पर्ने छैन।”
प्रकासलाई बिदेस जाने रहर कहिल्यै भएन। उ घरमै बस्न चाहन्थ्यो। बाउ बाहिर भनेर बेला बेला बालाजु तिर हराउँथे। त्यस्ता बेलाहरुमा उस्ले आमालाई दु:खी हुन नदिन सधैं कोशिश गर्थ्यो।
किरण पढाइसकेर आयो। उस्को भब्य बिहे भयो। बालाजुकि आईमाई पनि आईन। बिहे पछि किरण चाबेलको घर सर्यो। प्रकास बाउ आमा संगै थ्यो। अचेल उ जागिरे थियो बिदेशी ब्याङ्कमा।
“प्रकास सोझो छ। सोझो पनि अत्ति नै। अचेलको जमानामा त्यस्तो मान्छ्या काम छैन। बाउले घर देकै छन, गाँठ टन्नै छ, तोर्पे लक्कि त लक्कि हो। पर्कासे ठीस त सन्किनलाएछ नी था पाईस? हामी दुईटैले यत्ति तरुनी देख्छम न दिनमा मन ठेगानमा न रातमा, त्यो ट्याबेको चार चार वटा आँखा छन अनि कुस्त गाँठ उस्तै झन कसरी मन थामेको होला— ” यस्तै यस्तै कुराहरु हुन्थे उस्को बारेमा।
उस्को आँखा सानै देखी कमजोर। चस्मा तिन कक्षा पढ्दै देखि लाउँथ्यो। चार-आँखे दर्जा पाएको पनि त्यै बेला देखि उ उस्ले। अचेल त झन पावर बढेर बिना चस्मा सबै धमिलो देख्थ्यो। एक दिन लन्चमा यसो बैंकका सहकर्मीहरु सँग दरबारमार्गमा लन्च खाएर फर्किदै थ्यो कताबाट हो एक्कासी आएको आक्रोसित जुलुसाँ परेर चस्मा खस्यो। खस्नु के थ्यो टुक्रा टुक्रा भैगो। धन्न सहकर्मीहरु साथै थिए। मौकाको कुरा त्यै बेला टोलको एउटा सोमले हात हल्लाउँदै अभिबादन गरेछ पर्कासेलाई। उस्ले देख्या हैन। सोमले अनि प्रकासे बौलाउन लागेछ क्यारे भन्ने निष्कर्ष निकालेछ र उस्को निष्कर्ष अरु साथिभाईहरु सँग बाँडेछ। साथिभाईहरुले पनि त्यस्मा आ-आफ्नै बिश्लेषण थपेर समाचारलाई अलि मनोरन्जनात्मक बनाए। यसै क्रममा अब प्रकासे आज हो कि भोली मैलो च्यात्या लुगामा जमल हुँदी ढुङ्गा टिप्दै बर्बराउँदै ट्याम्पु र ट्याक्सी लखेटदै गर्या देखिने ठोकुबा गर्न थाल्या थे मान्छेहरु।
घरमा प्रकासको बिहे छिट्टै गर्दिने कुराले अचेल निक्कै गति लिएको थियो। किरण सात समुद्र पार जाने करिब करिब पक्का भएको थ्यो। प्रकासलाई घराँ “तेरो कोई छ भने भन” भनेको सुनेर उ छक्क पर्या थ्यो। को हुनु उस्को? उस्लाई मन परेकाहरु उस्लाई देखेर झस्किन्थे, उस्लाइ मन नपर्नेहरु भने उ देखेर मस्किन्थे।
आखिर प्रकासेकी फुपुकी जेठीसासुले भनेकै सँग बिहेको कुरा अगाडी बढ्यो। उनीहरुकै जस्तो राम्रो आर्थिक स्थिती भएको परिबार, केटी स्वदेस र बिदेसमा पढेकी तर असाध्यै घरेलु रे भन्थे — सबै राम्रो रे भन्ने कुरा भो। नामै सुकिर्ती बानी पनि किर्ति नै राख्ली जस्तो छ भन्थिन फुपुकि जेठी सासु।
प्रकासलाई “अब एक चोटी भेट केटीलाई” भन्दा अलि असजिलो मानेर “पर्दैन” भन्यो उस्ले। त्यै पनि भेटाउने भए फुपुको घरमा। सुकिर्ति भेटने अघिल्लो रात देखिनै उस्लाई उकुस मुकुस भयो।
सुकिर्तिको सुन्दरतामा प्रकास पहिलो हेराईमै पराजित भयो। कौसीमा उस्लाई र सुकिर्तीलाई छोडेर अरु तल ओर्लिए। प्रकासले धेरै बोलेन। सुकिर्तीले धेरै कुरा गरी। सबै राम्रा कुरा। प्रकासले जे जति भन्यो, सुकिर्तीले ति सबै कुराहरु, उस्का सबै आदर्सबाणीहरुको मुक्तकण्ठले प्रसंसा गरी। उस्ले सोचे जस्तै, कल्पना गरे जस्तै पाई रे उस्ले प्रकासलाई भनी। उ मन्त्रमुग्ध झैं भयो।
बिहे हुने भो।
प्रकासको बिहे सकियो। किरण गयो परदेश।
बिहे पछि पनि प्रकास घरमै बस्यो। उस्लाई बाउले दिएको घरमा सरेन उ। “किरण यहीँ भए सम्म त यसो बेला बेला आउँथ्यो अब त उ पनि छैन यता –म पनि भईन भने आमालाई कति सुन्य होला?” प्रकास आफैले आफैलाई सोधथ्यो। उस्को जबाफ उ त्यही घरमा बस्ने निर्णय नै थ्यो।
सुकिर्तीको र उस्को बानीमा धेरै अन्तर थ्यो। प्रकास हतपत बोल्दैनथ्यो। सुकिर्ती हतपत रोकिन्न थिई। प्रकास घरमै बस्न रमाउँथ्यो। सुकिर्तीलाई घर बन्देज लाग्थ्यो। प्रकासका साथिहरु को हुन? सोध्नु पर्थ्यो। सुकिर्तीका को होईनन त्यो सोध्नु पर्थ्यो। प्रकास एक बारको जिन्दगी हो यसलाई प्रसंसाको उदाहरण बनाउनु पर्छ भन्थ्यो, सुकिर्ती उदाहरण भनेको सबैले राख्ने हैन — सबैले राखे के उदाहरण? एक बारको जुनी हो रहर पुर्याउने हो भन्थि। प्रकास अल्लमल्ल पर्थ्यो।
“म त तिमीलाई धेरै माया गर्छु, तिमी नी?” सुकिर्ती यसो भनी रहन्थी। प्रकास पनि सम्झेर कत्ति चोटी त “माया गर्छु म तिमीलाई” भन्थ्यो। फेरी एक् दुई दिनमा भन्न बिर्सिन्थ्यो। सम्झेको बेला अपठ्यारो लागेरै भए पनि फुल ल्याउँथ्यो दिन्थ्यो सुकिर्तीलाई। सुकिर्तीको अंगालोमा बाधिन्थ्यो। प्रकासलाई तर देखाबटी, बोलाबटी मायामा बिश्वास थिएन। माया भनेको मनले गर्ने हो–ओठ्ले त भडकाउने हो भन्थ्यो उ। बोलीमा हैन माया ब्यबहारमा हुनु पर्छ भन्ने उ सुकिर्तीलाई आफु भन्दा धेरै माया गर्थ्यो। “तिमीले त मलाई मायै गर्दैनउ” सुकिर्ती गुनासो गर्थी उ रनभुल्लमा पर्थ्यो।
कतै जाँदा सुकिर्ती उस्को हात समाउँथी, प्रकासका गाला राता हुन्थे। उ हात छुटाउन खोज्थ्यो। “म तिम्री श्रीमती हुँ, प्रकास” सुकिर्ती रिसाउँथी। “मैले हैन त भनेको छैन नी — हाम्रो माया अरुहरुलाई किन देखाउनु पर्यो?” प्रकास सोध्न चाहन्थ्यो तर खाली मुसुक्क हाँसेर उ सुकिर्ती तिर हेर्दिन्थ्यो। उ झर्केर अन्तै हेर्थी। पछी पनि त्यो हात छोडेको कुरा उठाउँथी। “तिमीलाई लाज लाग्छ हो मेरो हात समाउन?” उ सोध्थी। “हैन” उ टाउको हल्लाउँदै सानो स्वरमा जबाफ दिन्थ्यो। “त्यस्तो सानो कुरा पनि –” उ मनमनै भन्थ्यो।
सुकिर्तीको मामाको छोरीको बिहे थ्यो जाबलाखेलमा हाल सालै। बिहे पछिको पहिलो जमघट थ्यो अनि पछि नाच गानको कार्यक्रम थ्यो। प्रकास नाँच्न आउँदैन भनेर छुट्टै बस्यो। सुकिर्तीले कत्ति तानी, प्रकास मानेन। साँच्चै उस्लाई नाँच्नै आउँदैन थ्यो। काठका जस्ता खुट्टा हुन्थे उस्का, जिउ रड जस्तो नाच्न भने पछि। “म सिकाउँछु नी तिमीलाई” सुकिर्ती भनेर थाकि तर प्रकासले मानेन। सुकिर्ती नाचेको उस्ले एक टकले हेरी रह्यो र आफैलाई भन्यो “कस्तो राम्रो नाचेकी”। “म पनि सिक्छु अब घरमै सुकिर्ती सँग — अर्को चोटी त नाँच्ने हो सँगै” प्रकासले आफैलाई प्रोत्साहन दियो।
नृत्यको क्रम संगै पेय पदार्थ आए। एउटा कालो झोल कोक होला भनेर एक घुट्की के लाथ्यो प्रकासले झण्डै घाँटिमा अड्क्यो। उस्ले सोधीकन अर्को कोकको गिलास माग्यो। सुकिर्तीहरुले सोध्नु परेन। “कसरी चिनेका नी कुन के के हो भनेर?” प्रकास छक्क पर्यो। को नातेदार हुन को होईनन प्रकासले चिनेन। सबै नाँचमा मग्न। सुकिर्तीले राम्रो नाची भनेर धेरैको वाह वाह पाई। कत्तिले त उ सँग नाचेर रहर पनि पुर्याए।
“राती धेरै भईसक्यो सुकिर्ती, घर जाने हैन अब?” नाँच हेरेर थाकेको प्रकासले सोध्यो। “भरखर त नाँच सुरु हुँदैछ — बरु आउन तिमी पनि” सुकिर्तीले उस्लाई तानी, प्रकासले हात छुटायो। “के भो?” सुकिर्तीकि अर्को चैइ मामाकि हो कि फुपुकी हो छोरीले सोधी। “घर जानी रे” सुकिर्तीले हाँस्दै भनी।
“ह्या भिनाजु पनि, साँझैमा पनि कोई घर जान्छ?” आधा राताँ सुकिर्तीकी त्यो मामाकि हो कि फुपुकी छोरीले भनी। अनि प्रकासको नजिकै आएर हात समात्दै भनी “भिनाजुले ननाचेर बोर भा हो के — ल त्यो कजरा रे भन्ने लाओ त — ” ।
“भिनाजुलाई नाच्न आउँदैन रे” धेरैले एकै स्वरमा भने। उस्ले भनी “नाँच्न आउँदैन रे? उसो भए अमिताभ बच्चनको रोल दिम न त भिनाजुलाई — ढिकि कुट्या जस्तो गर्न त आउँछ होला नी?” उस्ले सोधी। प्रकास हात छुटाउन खोज्दैथ्यो। गीत घन्कियो।
“घर पुग्दा त निक्कै ढिलो हुने भो —आमालाई फोन गरेर भन्दिनु पर्यो अब” प्रकास अलि शान्त कोठाबाट फोन गर्ने धुनमा त्यो नृत्यकक्ष्य बाट निस्कियो। सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी। …….
सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी …….”कस्तो निरस मान्छे होला –” उस्को मनमा यही सोच ओर्लियो तर गीत र नृत्यको झंकारमा त्यो सोच धेरै टिक्न भने सकेन उ फेरी नाँचमा मग्न भई।
प्रकासले घरमा आमालाई आउन अलि ढिलो हुने कुरा सुनायो। उ घर भित्र नआई आमालाई निन्द्रा लाग्दैन भन्ने थाह् थ्यो उस्लाई।
“यत्ति राती भैसक्यो बाबु –धेरै राती राती हिन्नु हुन्न –समय ठिक छैन” आमाले चिन्ता ब्यक्त गरीन अनि सोधिन “तिमीहरु के गर्दैछौ अझै? भोज सकिएन र? खै त सुकिर्ती?”
खै किन हो उस्ले “सुकिर्ती नाँच्दै छे” भन्न सकेन बरु उ “कुरा गर्दै छे –अब हामी एक छिनमा हिन्ने” भन्दै कुरा सक्यो। आमा चै ढिलो नगर्न भन्दै थिईन।
प्रकासलाई त्यो नाँचेको ठाउँमा फर्केर जान मन लागेन। “बिनसित्तिको झ्याँउ झ्याँउ” उ यसै झर्कियो। तर नगएर पनि कता जानु?
उनीहरु त्यहाँबाट निस्किदा राती १:३० भै सक्या थ्यो। सुकिर्तीलाई अहिले नाँचको नशा ओर्लेर अघिका गिलासका नसा चढेका थिए। त्यो अघि लाकि हिल जुत्ता प्रकासलाई बोक्न देकी थिई। सुकिर्तीका तिनै श्वास हुन जस्ले प्रकासलाई बेचैन बनाउँथे अहिले क्रुद्ध बनाउँदै थिए। बाउको रक्सी खाने बानीलाई उस्ले सधैं घृणा गर्यो। सुकिर्ती भने उस्को सहारामा पुरै भर परेर “आई लभ यु भन्दै थिई — प्रकासले होस भनेर एक दुई चोटी “अँ अँ म पनि” त भन्यो तर पछि भन्न छोड्यो। सुकिर्ती भने अंङ्ग्रेजीमा धेरै नेपालीमा थोरै बोल्दै थिई।
“यस्लाई यो हालतमा आमाले देख्नु भो भने?” प्रकास त्यै चिन्तामा पिरोलिएको थ्यो। सुकिर्ती तिर हेरेर उस्ले मनमनै भन्यो “कस्ती जड्याँ स्वास्नी”।
सुकिर्तीको मामाको छोराले पजेरोमा पुर्याईदिने भो दिदी भिनाजुलाई घर। मोटरसाईकलमा श्रीमतीलाई लाने आँट प्रकासको भएन –सुकिर्ती भने “हुन्छ म सक्छु” भन्दै थिई।
बाटा भरी प्रकासले श्रीमतीलाई चुप गराउन खोज्यो तर सकेन। “तिमी कहिलेई ड्रिङ्क गर्दैनउ?” सुकिर्तीले सोधी। “गर्छु कहिले काहीँ” प्रकासलाई त्यो रक्सीको कुरा गर्या मन परेको थिएन। उस्ले गर्ने ड्रिङ्क पानी अनि जुस जस्ता सादा हुन्थे तर नशालु रंगीन हुन्न थे। त्यो उस्ले भनेन।
” अनि अघि मामाघरमा किन नगर्या त? तिमीले बेज्जत गरेउ था छ? सबैले तिमीलाई बाजे भिनाजु भने — हा हा हा तिमी बाजे भिनाजु हो?” सुकिर्ती बोल्दै गै। प्रकासले केही भनेन। कति बेला घर पुग्ने हो। आमाले देखे के भन्ने हो भन्दै घोरीँदैथ्यो।
“हो भन्या?” सुकिर्तीले उ सँग अरु ढेस्सीदै सोधी।
“के?” प्रकासले पनि सोध्यो।
“तिमी बाजे भिनाजु हो भन्या?”
मामाको छोराले पनि गिलास त रित्याएकै हो क्यार तर गाडी चलाउँदै थ्यो। उस्ले “ह्या सुकिर्ती दिज्जुलाई अलिकति खानु हुन्न लाग्छ फेरी नखाई पनि हुन्न–खाए पछि सधै यस्तै हो — बोल्या छ बोल्या छ।”
घरको ढोकामा पुर्याएर मामाको छोरा फर्कियो।
“तिम्रो घर त कस्तो टाढा बुझेउ –अहिले आउला नी छैन भरे आउला नी छैन” सुकिर्तीले घरको मुल ढोका तिर लाग्दै भनी। उस्ले आफ्ना दुबै हातले प्रकासलाई अंगालेकी थिइ। प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम।
प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम। …
जे को डर थ्यो त्यही भयो। भर्याङ चढ्दा चढ्दै आमा सँग भेट भो। प्रकास चै त्यहीँ किला ठोक्या जस्तै भो। सुकिर्तीलाई त्यसरी समाएर ल्याएको देखेर आमाले सोधीन “किन के भो सुकिर्तीलाई?”
“के हुनु नी रमाईलो भयो” सुकिर्ती आफैले जबाफ दिई। प्रकासले मौका पाएन केही भन्ने –हुन त पाएको भए पनि भन्ने केही थिएन। “ल हेर मैले भनेको हैन ढिला भा छैन भनेर –आमा त अझै सुत्नु भा छैन रे छ — यस्सै अघि देखि ढिलो ढिलो भनेर –कति बज्यो–११?” सुकिर्तीले प्रकासलाई सोधी।
चिन्तीत र किम्कर्तब्यमूढ आमालाई देखेको नदेखे झै गरी प्रकास श्रीमती थाम्दै कोठा तिर लाग्यो। उस्लाई आत्मग्लानी भयो आज। सुकिर्ती तर निक्कै रसरंग धुनमा थिई। केही बेर पछि कोठामा त्यो रसरंग भने प्रकासलाई मन पर्यो।
भोली पल्ट उस्ले आमालाई सम्झायो। सुकिर्तीले उठाएको तरङ्गलाई शान्त पार्न खोज्यो।
केही दिन बिते। शुक्रबारको दिन थ्यो — प्रकास अफिसमा ब्यस्त। सुकिर्तीको फोन आयो। “आज तिमि छिट्टै आउन है?”
“क्लोजिङगको बेला छ काँ छिटो आउनु नी — बरु झन ढिलो होला जस्तो छ– तर किन?” उस्ले सोध्यो।
“मलाई पनि तिम्रो अफिसमा काम खोज्देउ न — तिमी र म सङ्गै क्लोजिङग गर्ने नी।” उस्ले भनी।
हुन त सुकिर्ती जिस्केकी हो, प्रकासलाई थाह थ्यो तर पनि उ डरायो। यसो अफिसका मान्छेहरु सम्झियो। तर्सियो। यस्ता ब्वाँसाहरु भा ठाममा पनि स्वास्नीलाई काममा लगाउन हुन्थ्यो? फेरी आफ्नी स्वास्नीलाई सम्झियो — उस्लाई को संग के बोल्ने को सँग नबोल्ने केही थाह् छैन। खाली बोल्न पाए पुग्थ्यो। अफिसमा सुकिर्ती सँग सुबास, मल्ल सर, नारनकाजी, देबे, डेनी सबै झुम्मेका देख्यो। प्रकासले “म एक छिनमा फोन गर्छु” भनेर फोन राख्यो।
एक छिन पछि फेरी सुकिर्तीको फोन आयो। “काम खोज्देको हो मलाई?”
प्रकासलाई हिसाब नमिलेर चिट चिट भै रा बेलाँ। “कत्ति फोन गरी रा?” प्रकास अलिकति झर्कियो।
“ल हेर आफु चै एक चोटी फोन गर्नु छैन कहिलै। ब्या गर्यो बिर्स्यो। झन मैले फोन गर्दा पनि उल्टो रिसाउने” सुकिर्तीले गुनासो गरी।
प्रकासले नरम भएर सोध्यो यस पटक “हैन काममा अल्झेको थिएँ क्या–त्यसैले –सरी– के भन्नलाई फोन गर्या?”
सुकिर्ती एक छिन बोलीन। प्रकासले स्वर अझ नरम पार्यो। बल्ल सुकिर्ती बोली “आज सुधीरदाई कहाँ बोलाको हैन?”
हो त — प्रकासले सम्झियो। टेबलमा छरीएका कागज पत्र हेर्यो। काम त निक्कै छ। हुन त त्यो भेटघाटमा उस्लाई त्यति जान मन लाग्दैनथ्यो — अहिले जान्न भने सुकिर्ती रिसाउने पक्का थ्यो। त्यसैले उस्ले सके सम्म मिठो स्वरमा भन्यो –“हेर न बिर्सेछु मैले त—काम टन्नै छ—तिमी जाँदै गर म उही आउँछु। “
“जान्न म एक्लै–मलाई तिमीसँग जान मन लाग्छ” सुकिर्ती मानीन।
प्रकासले संझायो। म टाक टुक सकेर आईहाल्छु। एकै छिन त हो।
बल्ल बल्ल सुकिर्ती मानी। प्रकासलाई राहत भो। उ धमाधम काम सकाउने तिर लाग्यो।
बल्ल बल्ल सुकिर्ती मानी। प्रकासलाई राहत भो। उ धमाधम काम सकाउने तिर लाग्यो। —–
प्रकासले जति जति छिटो काम सकाउन खोज्यो उति उति उ ढिलो हुन थाल्यो। पहिल्यै देखि रुजु नभएका हिसाबमा बेरुजु अरु थपिए। त्यसमाथि मल्ल सरले बेला बेला यो र त्यो भनेर झन अलमलाए। हेर्दा हेर्दै आठ बज्यो। प्रकासको काम सकिएन। केही लागेन उस्को। अब यति बेला सुकिर्तीलाई आउन सकिन भनेर फोन गर्न मन लागेन उस्लाई। प्रकासलाई त्यो भोज भन्दा पनि सुकिर्ती सँग साथै हुने अवसरको बढ्ता महत्व थियो।
आखिर उ मल्ल सर कहाँ पुग्यो अनि उ भोली बिहानै आएर काम सकाउने तर अहिलेलाई जाने अनुमति माग्यो। मल्ल सरका आँखिभौ खुम्चिए। सुकिर्तीको फोन आयो त्यै बेला। के भन्ने? उस्ले कुरा गरेन। जति छिटो सक्यो सुधिरदाई कहाँ पुग्न पाए कुरा सम्हाल्थ्यो भन्ने धुनमा थियो उ। मल्ल सर सँग कारण र स्पष्टीकरणमा अरु केही समय बाटो लागे।
उ अफिसबाट हतार हतार निस्कियो र बत्तियो मोटरसाईकलमा सुधिरदाईको घर तिर। जमघट पातलीईसक्या हो वा पातलै जमघट हो उस्ले बुझेन। उस्लाई त्यस्को खासै मतलब पनि थिएन। उ त सुकिर्तीलाई खोज्दै थियो। उस्लाई कुन बेला आफ्नी श्रीमतीलाई भेटेर क्षमा याचना गरम जस्तै भएको थियो। औपचारीकताका केही शब्दहरु साट्दै उ सबै तिर पुग्यो। सुकिर्तीलाई देखेन। उस्ले सोध्यो दुई चार जनालाई, कसैले “भरखरै यहीँ थिई” भने कसैले “एक छिन भयो देख्या छैन” भने। कसैले चै “किन तिमीहरु सँगै आ हैन?” भनेर उल्टो सोधे। “ब्या गर्या दुई दिन भा छैन छुट्टा छुट्टै आउन थाली सके” सुस्तरी यस्तो भन्नेहरु पनि नी सुनीए।
सुकिर्ती त गै सकिछ। सुधिरदाईकि बैनीले त्यसै भनी। प्रकासको मन गर्हौ भयो। उस्लाई पनि त्यहाँ बस्न मन लागेन। सुकिर्तीलाई फोन गर्यो। सम्पर्क भएन। फेरी गर्दैथ्यो बिक्रम “के भो स्वास्नी हराई कि के हो?” भन्दै आईपुग्यो। प्रकास फिस्स हाँस्यो मात्रै। उस्लाई कसै सँग भलाकुसारी गर्ने मन थिएन।
बाहिर बाटामा निस्केर घरमा फोन गर्यो। आमाले उल्टो सुकिर्ती त सुधिर कहाँ जान्छु भनेर अघि नै गै सकि– तँ पनि उहीँ आउने रे भन्थी उ त — काँ छस तँ?” उस्ले जबाफको लागि फोन गरेको थ्यो प्रस्नहरुको फेला पर्यो। “म पनि सुधिरदाई कहाँ नै छु — उस्लाई देखीन अनि घर फर्किसकीछ कि फोन गर्या। यतै होली उसो भए — ल म हेर्छु” भनेर फोन राख्यो। “घरमा फोन गर्न नहुने” उस्ले आफैलाई भन्यो। आमाको बानी उस्लाई थाह थ्यो। सानो कुरा पाउनु पर्थ्यो पीर गर्न खप्पीस।
फेरी सुकिर्तीलाई फोन गर्यो। उही ताल। सम्पर्क भएन। बिक्रमले भन्या जस्तै साँच्चै उस्की स्वास्नी हराई। अब कस्लाई भन्ने के भन्ने? प्रकासको मन डुब्न थाल्यो। सुकिर्तीको माईत तिर फोन गर्ने आँट उस्को आएन। “के भन्ने?” उ त्यहाँ गएकी रहिनछ भने? हल्ला मात्रै बढ्छ। उ अब आफै सँग रिसाउन थालेको थ्यो। सुकिर्ती सँग पनि रिसाउन थाल्यो। कसैलाई केही नभनी उ त्यो जमघट बाट निस्कियो। मोटरसाईकल त कुदायो तर कता जाने हो उसैलाई थाह भएन।
एकछिन मोटरसाईकल यता र उता पुर्यायो। आमाको दुई चोटी फोन आए पछि उठायो। “सुकिर्ती आई” भन्ने सुन्न उ तयार थियो “सुकिर्ती भेटीस?” सुन्यो। मनमा उस्को चलेको आँधि रोकिएन। “रिसमा मोटरसाईकल चलाउन हुन्न” उस्ले आफैलाई भन्यो र फर्केर सुधिरदाई कहाँ गयो यसो यता उता कतै रिसाएरै गएकि भए पनि सुकिर्ती फर्कि कि भन्ने सानो त्यान्द्रे आश सँगै।
उ भेटीईन बरु “काँ गा यस्सै नखाईकन? अनि खै त सुकिर्ती भेटिई?” भन्ने एक हुल भेटीए। हेर्दा हेर्दै जमघटको शिर्षक नै “सुधीरदाइको भोज–सुकिर्तीको खोज” होला जस्तो भयो। मान्छेहरुले आ-आफ्ना अनुहारमा ल्याएका नक्कली चिन्तालाई प्रकासले सजिलै चिनेको थ्यो। ति सबै मान्छेलाई मुन्ट्याईदिम जस्तो लाग्न थाल्यो उस्लाई।
सुधीरदाईकि बैनी नै हो जस्ले उस्लाई “सुकिर्ती गै सकि” भनेकी थिई अघि। त्यही भएर फेरी उस्ले त्यै बैनीलाई सोध्यो “सुकिर्ती कति बेला गै? को सँग गै? कहाँ गै? के भनेर गै?, किन गै? —?” बैनीको अनुहारमा ति प्रश्नहरु चिन्ता बनेर छरिएको प्रकासले देख्यो।
जमघटमा गाईगुई चल्दै थ्यो। प्रकास घर तिर हुईँकियो। उस्को मन भित्र त्यो चलेको आँधिले फिलुङ्गो खोज्दैथ्यो। उ भने आँधिको बाटो बदल्न खोज्दै।
“झन कहिले देखि भनेको आज सुधिरदाई कहाँ जाने भनेर — अहिले यति बेला आएर एक्लै जाउ रे –” सुकिर्तीलाई प्रकासको कुरा मन परेन। तर पनि उ मन लागि नलागि आफुलाई तयार गर्न ऐना अघि उभिई। उस्को सुन्दरताको बयान सुनेर त उ धेरै अघि थाकिसकेकी थिई। अहिले त्यही सुन्दरतालाई एक छिन नियाली उ आफैले। मान्छेहरु मेरो एक पलको हेराईमा जिन्दगी बिताउन सक्छु भन्छन तर जस्लाई आफुले जिन्दगी दिएकी छु उस्लाई एक पल मलाई दिन साईत आउनु पर्छ। मन भित्र सुकिर्तीको एउटा अनि तरङ्ग उठ्यो, त्यसले अरु तरङ्गहरु उठायो अनि मिलेर ति तरङ्गहरु निकै बेर उस्को मनमा बरालिईरहे।
उस्ले फोन उठाई, कुरा गरी अनि राखेर सजिन थाली। सुकिर्तीले आज बिशेष श्रींगार गरी। आफ्नो सुन्दरतामा उ आफै आज धेरै पछि अवाक भै। आफ्नो सुन्दरतामा उस्को बिश्वास गर्मीमा तापक्रम झैं बढ्दै गयो। उस्लाई अझै पनि कता कता तर सुधीरदाई कहाँ एक्लै जान भने मन थिएन।
सुधीरदाईकहाँ सुकिर्ती पुग्दा जमघट सुरु भैसकेको थ्यो। उ सँग त्यहाँ भलाकुसारी गर्ने मान्छेहरु हुन वा सामान्य औपचारीकता पुरा गर्ने प्राय: दुबै थरीले एकै किसिमका प्रतिकृयाले उस्को स्वागत गरेका थिए – उस्को सुन्दरताको प्रसंसा अनि “खै त प्रकास?” को प्रस्न।
सुन्दरताको प्रसम्सा उस्लाई मन परेको भए पनि “खै प्रकास?” को प्रस्नले उस्लाई झर्को लागेको थ्यो। प्रकास उ सँगै नआईदिएर उस्ले आफ्नो प्रसंसा माथि अन्याय गरेको सुकिर्तीलाई लाग्यो।
कसै कसैले त “खै प्रकास?” एक चोटी भन्दा धेरै नै सोधे, कसैले फेरी “आईपुग्या छैन प्रकास?” “कि आउँदैन आज?” “के काम गरीरा रे? “कस्तो क्लोजिङ्गको पिर हो?” “हैन त्यो प्रकासले काम गर्ने ठाममा मान्छे माग्या छैन रे?” “कामलाई दिन सक्छ प्रकासले?” यस्ता प्रस्नहरु पनि सुकिर्ती अगाडी उभ्याए। सुकिर्तीलाई रिस उठन थाल्यो अब।
उ रमाउन खोज्थी, रमाउँथी पनि केही छिन तर फेरी प्रकास आयो कि भन्थी। देख्दैन थी। निक्कै बेर भैसक्या थ्यो। उ बेचैन हुँदै थिई। प्रकास आईदिई हाले हुन्थ्यो भन्ने थ्यो उस्लाई। उस्ले गरेको केही उ मेटाउन चाहन्थी जुन प्रकासको आगमनले मेटाउने थ्यो। तर उ आएन।
सुकिर्तीले फोन गरी। प्रकासले फोन उठाएन। सुकिर्ती अब भने क्षुब्ध भै।
तल थ्यो जमघट तर उ सबै बाट टाढा हुन कौसीमा गै। अनि एक्लै उभिई त्यहाँ। उस्ले प्रकासलाई सम्झि। एकदम निरस, उराठ लाग्दो मान्छे। केही पनि कुराहरुमा रुची नै छैन। केही कुरा त नभनम –उस्ले आफैलाई सच्चाई अनि त्यो सच्चाईले उस्मा अहिले घृणा चै भाव उठायो–त्यस्तो मान्छेले किन बिहे गर्या होला? भाडामा लिए पनि हुन्थ्यो नी। सुकिर्तीले प्रकासलाई उस्को अनुपस्थितीमा सम्बन्ध र चरीत्रको अदालतमा उभ्याई। उस्ले वकालत गरी, प्रकासको बोली निस्केन।
“खुब आदर्शको कुरा गर्छ।” सुकिर्तीको मन झर्कियो। उस्ले प्रकासले गर्ने कुराहरु सम्झि। प्रकासका प्रायस: कुराहरु सुकिर्तीलाई मन पर्थे। खाली उस्का धेरै बानीहरु प्रति उ सहमत थिईन।
सुकिर्तीले सोची प्रकास ब्यबाहारिक पटक्कै छैन। प्रकास त्यहाँ आउँछु भनेर नआएकोलाई उस्ले आफ्नो अपमान ठानी। आउन मिलेन, काम छोड्नै मिलेन भने पनि एक चोटी फोन गरेर “म आउन मिलेन” किन भन्न सकेन? उस्ले आफैंलाई सोधी। उस्को फोन मुर्झाईसकेको पट्टी उस्को ध्यान गएन। उस्ले फेरी प्रकासको बिरुद्ध् वकालत सुरु गरी। अब उ न्यायधिसको कुर्सीमा बस्नै जान आँटेकी थिई। कौसीमा कोही आए जस्तो लाग्यो उस्लाई।
“यस्तो जमघटमा पनि एक्लै कौसीमा?”
सुधीरदाईको बैनी संगै कौसीमा आउँदै स्वर्णीमले उही पुरानो बाण झै मुस्कानले सुकिर्तीको अभिबादन गर्यो।
“ए! स्वर्णीम? ल हेर काँ बाट नी तिमी?” सुकिर्तीले अचम्म परेको स्वरमा सोधी। उस्का गाला सूर्यास्तको पस्चिम आकास झै भए।
स्वर्णिमको आँखामा एउटा चमक आयो। त्यो सुकिर्तीले पनि देखी। सुधीरदाईकि बैनीले सुकिर्तीलाई हेर्दै भनी “–आउ न तल –यसो केही लिउ न” अनि स्वर्णीम तिर पनि हेर्दै थपि–“तिमी पनि।”
“प्रीती!” तल बाट ऋचादिज्जुले बोलाएको सुनेर सुधीरदाईकी बैनी स्वर्णीम र सुकिर्ती तिर अलमलिएको दृष्टी दिंदै ओर्ली तल।
“के हो तिम्रो सुन्दरता त अचेल झन आँखै तिर्मिराउने भएछ–हामी जस्तालाई त जिउँदै मार्दिनी बिचार छ कि के हो?” स्वर्णीमले सुकिर्तीको अलि नजिक आउँदै सोध्यो।
सुकिर्तीका अधरमा मन्द मुस्कान ओर्लिए। “तिमी अघि आउँछु भनेर भर्खर आएको?” उस्ले सोधी।
“अब आफ्नो त यता आज आउने बिचारै थिएन। साथीहरु सँग अर्कै कार्यक्रम थ्यो, त्यसकै लागि तयार हुँदै थिएँ। अब मेरो निम्ता त तिमीले च्यातिहालेउ– तर तिम्रो त म के सक्थें? साथिहरुलाई भाको नभाको कुरामा अलमलाउन एक छिन त लागि हाल्यो नी। म त हिनेँ सुकिर्ती भेटन, तिमिहरुको मतलब छैन मलाई भन्न भएन।” उस्ले बयान दियो।
सुकिर्तीका अधरमा ओर्लेका मुस्कान अरु चन्चल भए। “खै त भाग्गेमानी प्रकास?” स्वर्णीमले सोध्नु के थियो सुकिर्तीका मुस्कान अलप भए।
“तिमी प्रकासको कुरा गर्न आएको यहाँ?” उस्ले रुखो स्वरमा सोधी।
भर्याङ्गबाट कोही माथि आए जस्तो सुनियो। “उ आयो तिम्रो प्रकास –बधाई छ” सुकिर्तीले स्वर्णीमका आँखामा हेर्दै किला ठोके जसरी भनी र अलि पर गै।
प्रिती आएकी रहीछ फेरी।
“तिमीहरु अझै यहीँ?” प्रितीले अलि चिसो आवाजमा सोधी। उस्को हेराई सुकिर्ती तिर भन्दा पनि स्वर्णीम तिर बढी थ्यो। स्वर्णीमले भने प्रिती माथि आफ्ना हेराईलाई टिक्न दिएन।
“ल ल जाउँ तल –” स्वर्णिम आफै बाटो लाग्यो। प्रिती पछि लागी। अनि सुकिर्ती पनि।
तल आ-आफ्नै धुनमा सबै मस्त।
सुकिर्तीको मनमा बिस्तारै एउटा लहर उठ्यो। “प्रकास आईदिई हाले हुन्थ्यो” उस्को एक मनले भन्यो। आईपुगी हाल्ने हो कि भन्ने डरमा अर्को मन पर्यो।
उ अरुहरु सँग औपचारीकता पनि पुर्याउँदै थिई। जमघटमा आएकाहरु सँग भलाकुसारी गर्दै गरेको स्वर्णीमलाई उस्ले एक छिन एक टक हेरी। “कत्ति रमाईलो छ स्वर्णीम–प्रकासलाई भने कसैसँग बोल्नु पर्यो भने —” उस्लाई प्रकासलाई सम्झिन मन लागेन। उ खानेकुरा लिन थाली।
फेरी “खै प्रकास?” , “प्रकास अझै आ छैन?” जस्ता प्रश्नले सुकिर्तीलाई छोडेनन। उस्लाई ति प्रस्नहरुसँग बितृष्णा भै सकेको थ्यो।
खानेकुराको औपचारीकता पुरा गरे पछि उ फेरी कौसीमा गै। रात परीसकेको थ्यो। स्वर्णीम पनि आयो। सुकृतीको मन बेचैन हुन थाल्यो। उस्ले स्वर्णीमलाई एक्कासी सोधी “मलाई घर पुर्याईदिन सक्छौ?”
“कस्को घर? मेरो भए लैजान्छु अरुको त अरुलाई नै भन न” स्वर्णीमले जिस्केझै गरी भन्यो।
सुकिर्तीले स्वर्णीमको हात च्याप्प समातेर भनी “मलाई घर पुर्याईदेउ”।
स्वर्णीम छक्क पर्यो। सुकिर्तीको स्पर्शमा उ पुरै घाईते भयो।
सुकिर्तीले आफुले समातेको स्वर्णीमको हातलाई अलि जोड सँग थिची एक चोटी अनि छोडीदिई। स्वर्णीम खम्बा जस्तै चुपचाप उभिएकै थ्यो सुकिर्ती ओर्ली। एकै छिन पछि उ पनि ओर्लियो।
उस्ले तल सुकिर्तीलाई देखेन। कसैलाई सोध्न पनि उस्लाई खै किन हो ठिक लागेन। उ बाहीर निस्कियो। सुकिर्ती त्यही रहीछ। उस्ले मोटरसाईकल ठिक पार्यो। सुकिर्ती बसी। मोटरसाईकल बाटो लाग्यो। प्रितीको आँखामा फैलिएको घृणाले कसैले देखेन।
प्रकास घरमा आईपुग्दा उस्को हालत जुवामा ऋण लिएको पैसा हारेको खेलाडीको जस्तो थ्यो। उस्को मनमा अनेक भावहरु एकसाथ उठीरहेका थिए। उ क्रुद्ध त थियो नै, अपमानित पनि उ निक्कै भएको अनुभव गरीरहेको थ्यो।
घरमा आमाले उस्लाई र सुकिर्तीलाई पर्खेर बस्ने निश्चित थ्यो। “आमालाई के भन्ने?” यो प्रस्न पनि अहिले उस्को रिसको आगोमा घ्यू थप्दै थ्यो।
नभन्दै आमा सँग भेट भो। बैठक कोठामा पर्खीरहेकी रहीछन। “नसुतेर किन नी तपाईँ यति बेला सम्म?” प्रकासले आफ्नो स्वरलाई सकेसम्म नरम पार्दा पार्दै पनि कटुता छचल्किहाल्यो। कुरा बिगार्नुमा आमाको पनि हात भएको जस्तो लाग्यो उस्लाई। खुरुक्क बेलैमा सुतेको भए अहिले उस्ले आमाका प्रस्नहरुको जबाफ दिईरहनु पर्ने थिएन नी। उस्ले सोच्यो।
“खै त सुकिर्ती?” नभन्दै आमाको प्रस्न आयो।
“जङ्गीएर जबाफ दिन मन थियो प्रकासलाई तर उस्ले आफुलाई नियन्त्रण गर्दै भन्यो “मामाघर गै –“
आमा अलमल्ल परीन । मामाघर जाने त कुरै थिएन। कुरा होस पनि कसरी?
“अघि त केहि भनिन मलाई मामाघर जाने बारेमा –मलाई भनेको भए पनि के हुन्थ्यो र? म नजाउ त भन्दिन थिएँ नी –” आमाले गुनासो गरीन।
प्रकासलाई लामो कुरा गर्नु थिएन। उ फटाफट आफ्नो कोठा तिर लाग्यो।
“यस्तो राति भै सक्यो—अनि आज आउँछे कि आउन्न त?” आमाले सोधीन।
“खै? ” भन्यो। प्रकासलाई पनि के था बिचरा!
“तँ गएर लिएर आईज न त बाबु” आमाले भनीन।
काँ गएर ल्याओस प्रकासले?
“उनीहरु सँग मोटर छदै छ नी — कि अहिले ल्याईदिन्छन नभए भोली आउँछे नी- – तपाईँलाई के को पिर? ल जानुस सुत्नुस?” प्रकास आफ्नो कोठा भित्र छिर्यो। बत्ति बाल्यो।
कोठामा ठुलो पारेर राखेको उस्को बिहेको फोटोमा उस्का आँखा ठोक्किए। उस्ले सुकिर्तीलाई निकै बेर हेरीरह्यो। फोटो नजिक गयो। फेरी सुकिर्तीलाई एक टक हेर्यो। अनायसै उस्का आँखा भिजे।
ढोकामा आमा उभिएकी उस्ले देखेन।
बाउ लर्खराउँदै आएको सुनियो। आमा गर्हो मनले गईन। बाउ लर्खराउँदै आएकोमा प्रकासको अघि अल्झेको रिस अरु बल्झियो। ढोका लगायो प्रकासले। बत्ति निभायो अनि ओछ्यानमा उ लड्यो तर आँखामा निन्द्रा हैन आँसुको आधिपत्य थ्यो। निकै बेर उस्ले आफ्नो मनलाई बग्न दिईरह्यो। कोठामा अध्यारो भए पनि उस्ले धेरै कुराहरु देख्यो।
उस्को मनमा त रिस थ्यो आँखा किन भिजे उस्ले बुझेन। “कुनै ठुलो कुरा हैन” उ आफ्नो मनलाई पनि सम्झाउँदै थ्यो। जस्लाई उस्ले आफ्नो बिश्वासको संरक्षक सम्झेको थ्यो उसैले उस्को बिश्वास लत्याएझैं लाग्यो उस्लाई। दु:ख आफ्नो बिस्वास लत्यीएकोमा थियो वा संरक्षकको ब्यबहारमा अथबा आफ्नो समर्पणमा उस्ले किटेर भन्न सकेन। सायद ति बगेका आँशुहरुमा सबै मिसिएका थिए।
स्वर्णीमले मोटरसाईकल सुकिर्तीको घर तिर लगेन। सुकिर्तीले त्यो बुझे पनि केही भनीन। सोची “हेरम न कहाँ लिएर जाँदो रहेछ”।
आफ्नो घर अघि केही छिन पछि स्वर्णीमले मोटरसाईकल रोक्यो।
“किन यहाँ आ?” सुकिर्तीले सोधी।
“यो पनि त घरै हो — कि मेरो घरमा खुट्टा नहाल्ने तिम्रो बाचा छ?” उस्ले सोध्यो।
“किन र? म तिम्रो घरमा आएको छैन र पहिला?” सुकिर्तीले सोधी।
“पहिलाको कुरा गरेको हैन मैले।” उस्ले मोटरसाईकल बन्द गर्यो।
“मलाई अहिले कसै सँग कुरा गर्न मन छैन, स्वर्णीम। मलाई घर पुर्याईदेउ–मलाई निन्द्रा लागि सक्यो।” सुकिर्तीले भनी।
स्वर्णीम मोटरसाईकलबाट ओर्लियो–सुकिर्ती त ओर्लीसकेकी थिई।
“घरमा को छ र तिमीलाई कुरा गर्न? बुवाहरु आउंदा आधारात हुन्छ। म तिमीलाई त्यो भन्दा अघि नै पुर्याईदिई हाल्छु नी।” उस्ले भन्यो।
सुकिर्तीका नयन स्वर्णीमकामा प्रतिबिम्बित हुँदा त्यहाँ उस्ले आफैलाई पहिला देखी।
“तिमीलाई असजिलो लागेको छ भने म चैं अहिले नै पुर्याइदिन्छु ” सुकुर्ती अघि नबढेको देखेर स्वर्णीमले भन्यो अनि फेरी मोटरसाईकल तर्फ बढ्यो।
“भैगो–हिन भित्र” सुकिर्तीले भनी। “घरमा गएर पनि के नै गर्नु छ र? प्रकास आईसकेको भए सायद बाझ्नु पर्ने होला नआएको भए अरु रिसाउनु पर्ने अनि त्यसमाथि आमा चै सँग सार मिलाउनु पर्ने –त्यो भन्दा त एक छिन पछि गएकै ठिक छ –यसै कुरा बिग्रियो आज उसै।” उस्ले सोची र घरको ढोका तिर बढी।
घर र प्रकासलाई सम्झिने बित्तिकै उस्लाई फेरी रिस उठ्यो। “अहिले सम्म एक चोटी पनि फोन गरेको छैन त्यो प्रकास भन्नेले। उस्लाई मेरो मतलब छैन भने मलाई पनि उस्को छैन।” सुकिर्तीको मन भडकियो।
प्रकास अघि देखि सुकिर्तीलाई सम्झेर आक्रोसित मात्रै हैन त्रसित र चिन्तित पनि थ्यो। आक्रोसित उ सुकिर्ती प्रति थ्यो, त्रसित आफैँ प्रति, अनि चिन्तित उ आक्रोसित नहुँदाकी सुकिर्ती प्रति।
प्रकासले सुकिर्तीलाई फोन गर्न नचाहेको हैन। चाहेको थ्यो। तर उसैले पहिले सायद नचिनेको उस्को आफ्नै अहंकार रहेछ कतै उसै सँग जस्ले उस्लाई फोन गर्न दिएन। त्यो अहंकारले बरु सुकिर्ती तिर औला देखाईरह्यो जस्लाई उसैले बेईमानीको ओढ्ने ओढाईदिएको थ्यो। अहंकार र आक्रोसको आगोमा प्रकास जलेको थ्यो। आफु प्रतिको त्रास र सुकिर्ती प्रतिको चिन्ता त्यही आगोमा डढदै थिए।
सुकिर्ती संगै आफ्नो घर भित्र पस्दै स्वर्णीमले भान्छामा काम गर्ने दिदीलाई आबाज दियो। “उमा दिदी, ल हामी त यहीँ खाने भईम। भोजको कुरा चै नसोध्नुस है” स्वर्णीमले अलमलिएकी उमा दिदी तिर हेर्दै मुस्कुराउँदै भन्यो। “मलाई केही खान मन छैन” सुकिर्तीले भनेको स्वर्णीमले सुने पनि केही प्रतिकृया गरेन। उमा दिदीले त सायद सुनिनन पनि होला।
सुकिर्ती त्यो स्वर्णीमको घरमा पहिला पनि केही पटक आएकी हो। यस पटक घर झन सजिएको, भब्य, अनि न्यानो लाग्यो उस्लाई। सायद उस्को मन दु:खाउने प्रकास त्यहाँ नभएर पनि होला।
ठुलो कौसी भएको माथ्लो तलाको बिशेष बैठकमा स्वर्णीमले उस्लाई अगुवाई गर्यो। सुकिर्तीको मनमा अनेकौ बिचारहरु आईरहेका थिए। उ प्रकासलाई पनि सम्झिदै थिई। स्वर्णीमलाई पनि हेर्दै थिई। यसरी उ घर नगएर ठिक गरीरहेकी छैन भन्ने पनि सोच्दै थिई। उस्ले केही गलत गरेकी छैन भन्नेमा पनि उ दृढ थिई। प्रकासले एक चोटी फोन गरेर बोलाए उ तुरुन्तै जान तयार थिई। फोन बज्छ कि भन्ने आश उस्मा हावी थियो। तर फोन बजेन।
स्वर्णीमले के कस्ता कुराहरु गर्छ, के कस्ता कुराहरु प्रति ईंगित गर्छ त्यस प्रति सुकिर्ती सचेत थिई। स्वर्णीमको ब्यबहार एकदम सौहार्द थ्यो। स्वर्णीमको बानी सुकिर्तीलाई आज जस्तो राम्रो कहिले लागेको थिएन सायद। उ प्रभावित भैइ। उस्ले मन मनै भनी “स्वर्णीम प्रकास भैदिएको भए?” उस्को मन केही पलको लागि खुसी भयो।
धेरै कुराहरु भए। रेड वाईनका केही चुस्कीहरु ईतिहासमा पुगे। प्रकासले फोन नगरेर सुकिर्तीलाई गहिरो चोट पुर्याएकै थियो। त्यस्को मल्हम सुकिर्तीले त्यहाँ स्वर्णीमको घरमा पाएकि थिई।
“अब धेरै ढिलो हुन लाग्यो, हिन म तिमीलाई पुर्याईदिन्छु।” स्वर्णीमले आखिर भन्नु थ्यो अनि भन्यो पनि। “खै प्रकासले त एक चोटी पनि तिमीलाई फोन गरेन।” यतिबेला आएर उस्ले थप्यो। पहिले उस्ले जानेरै सोधेको थिएन। सुकिर्तीले त्यो बुझेकै थिई।
सुकिर्तीले घडी हेरी। हो निक्कै ढिलो भैसकेछ। प्रकासलाई उस्लाई न कुनै बयान दिन मन थियो, न नै उस्को बयान लिन। घर जान उस्लाई हतार थिएन। स्वर्णीम हतारिएको थ्यो, उस्लाई पुर्याउन बरु।
“प्रकास अफिसको हैन कतै अर्की सुन्दरी सँग हिसाब किताब क्लोजिङ्ग गर्दै थियो कि?” स्वर्णीमले अर्को ब्यङ्ग कस्यो मोटरसाईकलमा बस्दा बस्दै।
“भएकी स्वास्नीको त हात समात्ने हिम्मत छैन उस्को —” सुकिर्तीले यति मात्र भनी।
मोटरसाईकलमा धेरै कुरा गर्दै स्वर्णीमलाई बाँधेर उ बसेकी थिई। सुकिर्तीका धेरै कुराहरु स्वर्णीमले सुनेन तर।
सुकिर्ती घर भित्र गए पछि स्वर्णीम फर्कियो “प्रकासलाई मैले सोधेको छ भन्देउ है” भन्दै।
सुकिर्तिका पाईलाहरु अनायसै धेरै गर्हौ भए। आमालाई भेट होला भन्ने थियो, भेट भएन। तर आमाले कोठै बाट सुनीन अनि देखिन पनि बुहारी आएको। उनको मन लावा खाएको चङ्गा झै भयो।
सुकिर्ती सरासर आफ्नो कोठामा गई। एउटा अनौठो अनुभव भयो उस्लाई त्यहाँ। उ अरु कसैको घरमा आए झै लाग्यो उस्लाई। यस्तो लाग्यो मानौ त्यो कोठा उस्को हैन।
प्रकास निदाएको त थिएन तर निदाएझै गर्दो थ्यो। सुकिर्तीले बालेको त्यो कुनामा राखेको मध्यम बत्तिमा उस्ले सुकिर्तीलाई हेर्यो उ निदाएकै छ कि झै भान पारी। सुकिर्तीको पहिरन र सौन्दर्यमा जगमगाएकी उस्लाई प्रकासले धेरै बेर हेर्न सकेन। मनमा आँधि आयो। साँच्ची नै, प्रकासले सधै झैं आफैंलाई मात्रै भन्ने गरेको कुरा अहिले पनि भन्यो “सुकिर्ती जस्ती राम्री उस्ले अरु कोही देखेको पनि छैन”। सुकिर्ती आफ्ना श्रींगार र पहिरन ओराल्दै थिई। प्रकासले आफ्नै कोठामा आफ्नै श्रीमतीलाई ओढ्नेको आडमा पर्दा लाएझै परेलीहरुबाट लुकेर हेर्यो। हेरी रह्यो।
सुकिर्ती आफ्ना श्रींगार र पहिरन ओराल्दै थिई। प्रकासले आफ्नै कोठामा आफ्नै श्रीमतीलाई ओढ्नेको आडमा पर्दा लाएझै परेलीहरुबाट लुकेर हेर्यो। हेरी रह्यो। ….
भरखर सम्म अहंकार र आगोमा जलेको प्रकास अहिले सुकिर्तीको सुन्दरतामा भिज्दो थ्यो।
“कहिले देखि भनेको थ्यो सुधिरदाई कहाँ जाने कुरा — उस्ले त संगै जान फोन गरेकै हो –नसकेको मैले –उस्ले फोन गर्दा नउठाउने पनि म –मलाई पर्खेर बसेकी उ — फोनमा एक दुई चोटीमै सम्पर्क भएन रे भन्दैमा फेरी फोन नगर्ने पनि म —” प्रकास गुन्दै पनि गयो अनि सुकिर्तीलाई अघि झै लुकेर हेर्दै पनि।
“उस्ले पनि एक चोटी त फोन गर्न सक्थि नी –” आफैले तर्क गर्यो। “सक्न त मैले पनि सक्थें नी — खै त फेरी गरीन –” आफ्नो तर्कलाई आफ्नै उदाहरणले हिर्कायो।
“तर अहिले सम्म कहाँ गएर आई त?” प्रस्न गर्यो आफैलाइ प्रकासले। जबाफ उ सँग छैन थाह थ्यो र पनि।
“अब जहाँ गएर आए पनि घर त आई कि–” उ आफैलाई सम्झाउँदै पनि थ्यो “अब आधाराताँ हो-हल्ला गर्दै म किन नआको उ किन काँ गा? भन्दै कुरा सुरु गर्ने हो भने बाउको पालाको रडाको फेरी मच्चीने निश्चित छ–त्यो सम्पर्क नभएको कुराले फेरी ढाँटेको जस्तो संकेत दिए अरु कुरा बिग्रिने पक्का थ्यो। कुरा उठाएर के काम? जे हुनु भयो अब।” उ भन्दै थ्यो। मन मानी चै रा थे न तै पनि उस्को मन भित्र आगो त करिब करिब निभिसकेको थ्यो तर धुवाँ थ्यो अझै रङमङ्गिदै।
पहिरन बदलेर सुकिर्ती ओछ्यानमा आई। प्रकासको धडकन बढ्न थाल्यो। अब केही नभएको जस्तो चुपचाप बस्न पनि त भएन। उ के भन्ने कसरी भन्नेमा अल्झिदै गयो। एउटै ओढ्ने अब दुईटैको माथि थ्यो।
“भरखर सबारी भयो?” प्रकासले तालमेल मिलाउँदा मिलाउँदै भन्यो।
“तिम्रो सवारी नै भएन अनि के त?” सुकिर्तीले सहजै भनी। प्रकास निदाएको छैन भन्ने उस्ले बुझेकी थिई।
सुकिर्तीको आबाजमा कुनै रिस प्रकासले भेटेन।
प्रकासको परिस्थिती अहिले सुकिर्ती आउनु अघिको भन्दा धेरै बदलिईसकेको थ्यो। उ आफै आर्को मान्छे भएको थ्यो।
“म आउँदा तिमी गै सकीछौ” प्रकासले भन्यो। उस्ले यसरी भन्यो मानौ त्यो जाने मान्छे उस्की स्वास्नी थिईन।
“एक चोटी फोन गरेर आउँदै छु मात्रै भनेको भए त पर्खिन्थें नी–हामी सँग त कसैलाई बोल्नै हुन्न” सुकिर्तीले प्रकासको मनोभाव बुझिसकेकी थिई। त्यसैले त्यसमै प्रहार गरी।
“हो त, फोन चै मैले गर्दै गर्नु पर्ने — यो सबै बबाल मैले गरेर हो–अरुलाई के भन्नु?” सुकिर्तीको रापमा पग्लिदो प्रकासले जम्मै दोष आफैलाई लायो।
“छिट् छिटो आउने टेन्सनमा फोन गर्न त्यस्तै उस्तै भयो” उस्ले भन्यो। सुकिर्ती घर आओस मात्रै घुँडा टेकाउँछु भन्दै आफै सँग जंगिने प्रकासको हालत अहिले हेर्न लाएक थ्यो।
सुकिर्तीको मनमा अघि स्वर्णीमको घरमा बिताएका केही समय देखिनै मडारिएका डर, आशंका, अवमुल्यन, अनि प्रतिरक्षात्मक बिजयका बादलहरुमा अहिले केबल प्रतिरक्षात्मक बिजयका बादलहरु मात्रै बाँकि थिए।
सुकिर्तीका गुनासाहरु बढ्दै गए। उस्ले प्रकासलाई कत्ति धेरै माया गर्छे अनि कसरी प्रकासले उस्का ति सबै मायाहरुको अवमुल्यन गर्छ भनेर सुनाई। प्रकासले स्वर्णीमको बारेमा एक शब्द सोधेन। बरु सुकिर्तीका गुनासाहरुमा लालमोहर लगाईरह्यो सुकिर्तीका स्पर्शहरुमा। गरेका र नगरेका गल्तीहरु सबैको माफि माग्यो प्रकासले मन लागि नलागि भए पनि। त्यति बेला उस्ले सुकिर्तीलाइ मन नपर्ने केही भन्नु आफु ताप्दो आगोमा पानी खन्याउनु हो भन्ने बुझेको थ्यो। सुकिर्तीको छद्म जालमा प्रकास अल्झियो, बल्झियो र केही छिनमा पन्छियो पनि। त्यो रात प्रकासले सुकिर्तीलाई ठुलो शिक्षा दियो आफ्नो कमजोरीको बारेमा। सुकिर्तीलाई उस्ले त्यस्तो हतियारको जानकारी दियो जस्को उ सँग कुनै बचाव थिएन।
त्यो रात प्रकासले सुकिर्तीलाई ठुलो शिक्षा दियो आफ्नो कमजोरीको बारेमा। सुकिर्तीलाई उस्ले त्यस्तो हतियारको जानकारी दियो जस्को उ सँग कुनै बचाव थिएन। ..
प्रकासको कमजोरी सुकिर्तीको आत्मबल बन्न पुग्यो।
बिहान अफिस जानु अघि प्रकासले स्वर्णीमको बारेमा सुकिर्तीलाई सोध्यो। सुकिर्तीका जवाफहरु सुरुमा उदासिन भए पनि बिस्तारै रक्षात्मक हुँदै गएको प्रकासले अनुभव गर्यो। स्वास्नीको नियत र चरीत्र माथि गस्ती गर्न थाल्ने हो भने त्यसैलाई सुकिर्तीले चुनौतीको रुपमा लिन बेर छैन भन्ने सोचमा प्रकासले हिँजोका कुराहरुलाई आज अरु नबोलाउने बिचार गर्यो। अबिश्वास चिन्ताको मार्गदर्शक हो भन्दै आफैलाई सम्झायो र गयो अफिस।
सुकिर्तीले कतै काम सुरु गरी सकेकी त थिईन तर त्यो धुनमा भने थिई। उस्लाई घरमा बसीरहन पटक्कै मन थिएन। बिशेष गरेर उसलाई न त आमाको हाजीरी जवाफ मन पर्थ्यो न नै उ प्रतिको जिज्ञासा।
आफ्नै कोठामा सुकिर्ती भोजन पछिको बिश्राममा ढल्केकी थिई। उस्ले थाहै नपाई कतिबेला उ त हिजो स्वर्णीमकहाँ बिताएका क्षणहरुमा पुगीसकीछ। यथार्थलाई उस्ले झन कल्पनाका प्वाँखहरु पनि दिई। त्यो यथार्थ-कल्पना उडदै थ्यो आमा आईन।
त्यस्तो रमाईलो उडानलाई आमाको आबागमनमा उस्ले ओराल्नु परेको सुकिर्तीलाई मन परेन।
आमाले पनि कुरा हिंजैको झिकिन। सुकिर्ती लाई झन मन परेन।
जब आमाले “हिंजो मामाघरमा के थियो?” भनेर सोधिन। सुकिर्ती अलमलिई।
“खै था छैन मलाई, किन के थियो र?” सुकिर्तीले उल्टो सोधी।
आमाको अनुहारमा अलमलको भन्दा चिन्ताका रेखाहरु देखिए।
“तिमी त सुधिरकहाँ बाट मामाघर गयौ रे भन्थ्यो त प्रकास –” आमाले मामाघरको रहस्य बताईन।
सुकिर्ती एकै छिन सोचमा परी। अब हो भनम कि हैन? होईन भने झन काँ गा भन्ने होला — बरु होस भन्दै “अँ, हो मामाघर पनि गा थेँ” भनी।
एक्कै छिन अघि “के थ्यो र मामाघरमा?” भनेर आफैंले सोधेको सम्झी अनि कुरा सच्च्याई। हिजो तर म कुपण्डोलको सुबोध मामाकहाँ गा थेँ। सुबोधमामा सुकिर्तीका बाउका चैं मामा थिए।
“भोजबाट प्रकास एक्लै आयो–” आमाले भनीन।
“अँ म चै कुर्दा कुर्दा गरें–फोन पनि गरें उठाको हैन–अनि एक्लै के बसीरहनु भनेर सुबोध मामा कहाँ गएँ।
“ए!” आमाले यति मात्रै भनीन।
एक छिन अरु कुरा भए। सुकिर्तीलाई लागेको असजिलो अरु बढ्यो।
“मलाई त कस्तो निन्द्रा लागि रा छ” सुकिर्तीले आमालाई बिदा दिने सुरमा भनी।
आमाले बुझिन क्यारे। गईन। जाँदा जाँदै समय ठिक छैन रात बिरात छोरी बुहारी मान्छे हिन्ने गर्नु हुन्न भन्दै आमाले आफ्ना सुझाबहरु पोखिन। आमाका सुझाबहरुलाई उस्ले आदेश बुझी। ति आदेश पालना गर्ने उस्मा कुनै बिचार नै आएनन।
प्रकासले गरेर आफुले झुटो बोल्नु परेको सुकिर्तीलाई मन परेन। “झुटो बोल्ने उ बेहोर्नु पर्ने मैले” सुकिर्तीले आफै संग भनी।
सुकिर्ती बिहे गरेर आएको केही दिन सम्म त कतै जानु परे आमालाई भनेर जान्थी। सोध्ने त उस्ले गरेकी थिईन तर भनेर चै जान्थी। अचेल त्यो चलन हराईसकेको थ्यो। उ दिनभरी बाहीर गए पनि प्रकास आउने बेला घरमै आईपुग्थी। कति चोटी त प्रकास आईपुग्नु अघि उ भान्छमा पनि पुग्थी। चिया बनाईदिन्थी प्रकासको लागि। प्रकास आफुलाई धन्य ठान्थ्यो।
सुकिर्ती अब आफु मात्रै बाहिर जाने हैन उस्का साथी सहेलीहरु पनि उस्काँ आउन थालेका थिए। स्वर्णीम पनि केही पटक आईसकेको थ्यो। तर उ एक्लै भने आएको थिएन। आजै पनि आएको थ्यो उ अनुजा सँग। आमालाई न त सुकिर्ती बाहीर मन लागि जाने मन पर्थ्यो न नै मन लागि मान्छे उस्लाई भेटन आउने। सुकिर्ती घरमा आमाको उपस्थिती देखेर पनि देख्तिन थी। प्रकासलाई आमाले केही भने उस्ले “जमाना कहाँबाट काँ पुगीसक्यो आमा –” भन्थ्यो।
एउटा साँझ प्रकास अफिसबाट आएर चिया पिउँदै थ्यो कौसीमा। सुकिर्ती उ सँगै उभिएकी थिई। उस्ले क्षितीज तिर हेरेर अनयासै भनी “मैले एम् बि ए गर्न स्टेट्स जाने बिचार गरेँ”। प्रकास त सुनेको सुनै भयो।
किन एक्कासी यु एस जाने बिचार आयो भन्ने प्रकासको प्रस्नमा सुकिर्तीले एम् बि ए मात्रै हैन पि एच डी गर्ने रहर उस्को सानै देखि थियो पनि भनी। उस्ले जबाफमा उस्को बिचार एक्कासीको हैन क्रमिकताको रुप हो भन्ने सम्झाई। प्रकास रनभुल्लमा पर्यो।
“तिमीलाई मेरो सफलतामा डर लाग्छ हो?” सुकिर्तीले निक्कै कठोर स्वरमा सोधी जब प्रकासले आफ्नो अस्विकृती शब्दका जालहरुमा बुनेर फ्याक्यो।
डर उस्लाई सुकिर्तीको सफलताको थिएन। त्यस्मा त उस्ले गौरब गर्ने थ्यो। सुकिर्तीको ध्येय र बयानमा प्रकासले जुन अन्तर अनुभव गरेको थ्यो। डर उस्लाई त्यस्को थ्यो।
“तिमी पनि हिन न बरु। हामी सँगै जाम। यहाँ के छ र तिम्रो? त्यही एउटा जागिर त हो। त्यस्तो जागिरमा अल्झेर किन जिन्दगी खेर फाल्नु? उता गएर पढ्यो उतै जागिर खायो। जिन्दगी भर यो जागिरमा तिमीले कमाउने उता तिमीले दुई चार बर्षमै कमाउँछौ। फेरी म पनि हुन्छु। यो बिग्रेको ढल, दिन दिनको चक्का जाम, नबल्ने बत्ति केहीको पिर गर्नु पर्दैन। —” सुकिर्ती बोल्दै गै।
प्रकास जागिरको लागि नेपालमा बसेको थिएन। जागिर त उस्ले नखाए पनि गुजारा हुन्थ्यो। उ परिबारको लागि बसेको थ्यो। उस्लाई घर छोडेर बिदेस जाने रहर कहिल्यै भएन। दाईले उस्लाई पनि उतै आउन धेरै पटक नभनेका हैनन् तर उस्ले ति बिदेसका कुराहरुलाई सुनेन।
म जागिरको लागि बसेको हैन यहाँ। म त परिबारको लागि बसेको। जागिरले अल्झेको भए सायद जान्थें पनि होला। बाध्यताले अडकेको भए पनि जान्थें होला तर म रहरले बसेको छु यहाँ। प्रकासले चन्द्रागिरी र आकास मिलेझैं देखिने लहरमा हेर्दै भन्यो।
“के मेरो परिबार छैन र? मैले परिबार सँग नाता तोडेर जाने त भनेको हैन नी” सुकिर्तीले भनी।
प्रकासले बुझ्यो उस्को र सुकिर्तीको सोचाईमा अन्तर छ। त्यो अन्तर अहिले शब्दले पूर्न सक्दैनन। साँझ पर्यो। उस्को मनमा पनि।
घरमा सुकिर्तीका साथि सहेलीहरु आउने क्रम बढ्दै गयो। आमा र सुकिर्तीको झडपहरु पनि सँग सँगै बढे। प्रकासलाई अचेल घर आउने बेला मन गर्हौ हुन्थ्यो। घरमा पुग्नु भन्नु नै उजुरीहरु सुन्नु हुन्थ्यो। एउटा असजिलो खेमामा उ बाँधिए जस्तो हुन्थ्यो। अस्ति त बा ले गर्जेर “तेरो स्वास्नी लिएर कता जाने हो जा” सम्म भने। आमाको आँखामा भत्केको कुलेसोमा उ बगेको थ्यो। त्यस्ता कुराहरु थिए जुन सुकिर्तीलाई सामान्य लाग्थे तर आमालाई काँडा झै बिझाउँथे, अनि त्यस्ता पनि कुराहरु थिए जुन आमालाई सामान्य लाग्थे तर सुकिर्तीको सोचाईलाई चिरेर जान्थे।
उस्ले सम्झाउँथ्यो तर उस्का शब्दहरु प्रभावहिन हुँदै गएका थिए। आमाको हेराईमा उ सायद सुकिर्तीको छाँयामा थियो, सुकिर्तीको हेराईमा उ आमाको मायामा। प्रकासले आफु अबिस्वासको दायरामा पर्दै गएको देख्यो। उ आहत भयो तर मन उस्को त्यस्मै बानी पर्दै थ्यो।
प्रकासले सुकिर्तीलाई पनि धेरै नै माया गर्थ्यो। उस्लाई कतै जान दिने उस्को मन थिएन। आमालाई पनि छोडेर उ कतै जान नसक्ने थ्यो। सुकिर्तीलाई उस्ले बल्ल बल्ल सम्झायो। उ अहिलेलाई यु एस नजाने भै तर त्यो घरमा पनि उ नबस्ने भै। बाउले प्रकासलाई बनाई दिएको त्यो घरमा यदि सर्ने भए सुकिर्ती उ सँगै हुने भैइ। “हेर यहाँ सँगै बसेर नराम्रो हुनु भन्दा अलि पर बसेर राम्रो हुन्छ भने त्यो किन नगर्ने?” सुकिर्तीले भनी।
प्रकासले घुमाउरो हिसाबले त्यो कुरा बाउ आमालाई सुनायो। बाउले त तत्कालै हुन्छ भने। आमाले भनेका कुराहरु प्रकासलाई नराम्रो बिझे। त्यै पनि आमाले रोकिनन उस्लाई।
सुकिर्ती खुसी भै। “हामी सँगै नबसे पनि हाम्रो परिबार यही हो। म पनि कोसिस गर्छु यो परिबार राम्रो होस भनेर। बाहिर बस्दा त्यो कोसिस गर्न मलाई सजिलो हुन्छ। पछि तयार भएछु म भने फेरी हामी यही आउँला, यही घरमा।” सुकिर्तीले उत्साहित भएर सुनाई। त्यो साँझ देखि बिहान सम्मै सुकिर्तीले प्रकासलाई उस्को खुसीमा नुहाईदिईरही।
तर उस्को घर त भाडामा दिएको थ्यो। श्रीमान श्रीमती बस्थे क्यारे दाङ्ग तिरका। प्रकासले उनीहरुलाई एक् दुई चोटी भेटेको त थ्यो तर त्यो भन्दा बढी चिनेको थिएन। सबै कुरा बाउले हेर्थे। उस्लाई कहिल्यै वास्ता लागेन। उस्ले आफ्नै घर नदेखेको पनि कत्ति भै सकेको थ्यो। त्यो घर भित्र नगएको त झन कत्ति भयो कत्ति।
“म बुबालाई भन्छु त भाडामा बसेका मान्छेहरु सँग कुरा गर्न।” उस्ले सुकिर्तीलाई सुनायो।
“किन भन्नु पर्यो बुबालाई? तिमी आफै केही गर्न सक्दैनौ?” सुकिर्ती झर्किई। उ आफै जाने भयो।
अफिसबाट हिन्दा हिन्दै उस्ले सुकिर्तीलाई आफु उता भाडामा बसेका मान्छेहरु सँग कुरा गरेर आउने सुनायो। सुकिर्तीको आबाजमा खुसी चिन्यो उस्ले। अचेल घर सर्ने कुरा भए देखी सुकिर्तीका मित्र मण्डलीहरु पनि कमै मात्र आउन थालेका थिए। घरमा तनाब घटेको थ्यो। खाली आमाका उदासीहरु बढेका थिए तर ति उदासीहरुलाई उस्ले बिस्तारै हटाउन सक्छ भन्ने प्रकासलाई थाह थ्यो।
अफिसबाट त्यो दिन प्रकास उस्को भाडामा दिएको घरमा पुग्दा साँझ परिसक्या थ्यो। श्रीमती चै रहीछिन घरमा। कमला रे उनको नाम। प्रकास त्यहाँ पुग्दा उनी सारी र श्रींगारमा मा सजिएकि थिइन।
“भरखर बाहिर गएर आउनु भएको हो कि?” प्रकासले भित्र पस्दा पस्दै सोध्यो।
“हैन, किन र?” उनले सोधिन अनि अघि लागिन। आफ्नै घरमा प्रकास पल्याक पुलुक हेर्दै थ्यो।
“यसै–” मात्रै भन्यो उस्ले। उनले बैठक कोठामा प्रकासलाई पुर्याउँदै भनीन “बस्नुस –” अनि फेरी मुस्कुराउँदै थपिन “आफ्नै घर हो”।
प्रकास पनि हाँस्यो। उ बसेको मात्रै के थ्यो कमला “म चिया लिएर आउँछु” भनेर गईन।
उस्ले कोठा सबै तिर हेर्यो। एक दम सफा अनि सजाएको थ्यो। उ उठेर यता उता हेर्न थाल्यो। बिहेको ठुलो पारेर राखेको फोटोमा उस्ले लाज माने झै देखिने कमला र भरखरै पदक जिते झैं देखिने उन्को श्रीमानलाई हेर्दै थ्यो कमला आईन।
उस्ले उनको श्रीमान प्रति ईँगित गर्दै सोध्यो “खै त उहाँ?”
“उहाँ त हुनुहुन्न” उनले चिया र बिस्कुट राख्दै भनीन।
“काँ जानु भा?” प्रकासले सोध्यो।
“बाहिर” उनले भनीन। बाहिर त घरमा घर भित्र नभए पछि उस्ले पनि बुझेकै थ्यो। भित्रै भएको भए त भेट भै हाल्थ्यो नी।
“ए–” प्रकासले भन्यो र सोफा तिर फर्कियो।
चियाको चुस्की लिंदै सोध्यो “कहिले फर्किनु हुन्छ त?”
“खै?” उनले त्यति मात्रै भनीन।
झण्डै झण्डै सुकिर्ती जस्तै लाग्यो प्रकासलाई कमला पनि।
निक्कै बेर बस्यो प्रकास। कमलाका श्रीमान आएनन। कमलाको बोली चाली ब्यबहार उस्लाई एकदम राम्रो लाग्यो। खाली हाँसेर बोल्ने उन्को बानी प्रकासलाई धेरै राम्रो लाग्यो। लोग्ने चाई त भाग्गेमानी हुन। उस्ले मनमनै भन्यो।
“म खाना बनाउँछु है” उनले भनीन।
“हैन काँ खाना बनाउनी? म जान्छु अब — खै उहाँ पनि आउनु भएन” प्रकासले भन्यो।
“उहाँ त अहिले काँ आउनु हुन्छ त?” उनले भनीन।
“किन र?” प्रकासले सोध्यो।
उनले हाँस्दै भनीन “क्यानाडाबाट पनि छिन छिनमा आउन सकिन्छ कि क्या हो?”
“ए! म त अघि बाहिर भन्दा —” प्रकासले भनीसक्न भ्याएन उनले थपिन “अब क्यानाडा भित्र हो त?”
प्रकास अलमलियो।
“कहिले जानु भा त बाहिर क्यानाडा?” प्रकासले “बाहिर”मा अलि जोड दिएर सोध्यो।
“अस्ति आईतबार” उनले सजिलै भनीन।
“कहिले आउने त?” प्रकासले सोध्यो।
“३ महिनाको ट्रेनिङ्गलाई जानु भा हो क्यारे अफिसबाट” उनले भनीन।
प्रकास उठ्यो। कमलाले सुकिर्ती, आमा, र बुबाको बारेमा सोधिन।
“के काम थ्यो मलाई भनेर हुने भए भन्नुस न” उनले भनीन।
“खास केही होईन” भन्दै उस्ले बिदा लिने सुर कस्यो।
घर तिर फर्किदै गर्दा उस्ले स्वर्णीमलाई एउटा पसल बाहीर चुरोट तान्दै गर्या जस्तो देख्यो। मोटरसाईकल अलि पर रोकेर हेर्यो अनि भन्यो “हैन रे छ क्यारे–यत्तिकै”। त्यो स्वर्णीमको भुतले उस्लाई बेला बेला तर्साउँथ्यो। “धन्न अमेरीका बत्तियो पातकी” मन मनै भन्दै प्रकास घर तिर लाग्यो।
घरमा बेलुका भोजन पछि सुकिर्तीले सोधी घरको बारेमा।
“लोग्ने चै रैनछ –तिन मैना पछि आउँछ रे –अब स्वास्नीलाई के भन्ने?” प्रकासले भन्यो।
सुकिर्तीको अनुहारमा अघिको उत्साह हराएर अहिले क्रोधका बादलहरु उठ्दै गरेको प्रकासले देख्यो।
“अनि? अब के लोग्ने चै नआए सम्म चुपचाप बस्ने बिचार?” सुकिर्तीले सोधी।
“के गर्ने त?” प्रकासले सोध्यो।
“तिमी त केही गर्न सक्दैनौ। मै गएर कुरा गर्छु।” उ झर्कि।
“भैगो म फेरी जाउँला– तिमी जानु पर्दैन। म खाली गराउँछु।” प्रकासले बल्ल बल्ल सम्झायो।
“आजैको भोली त के जानु” भन्दै एक दुई दिन टार्यो प्रकासले। तर सुकिर्ती झर्केर पुग्ली भन्ने डर बेग्लै थ्यो। आज उस्ले जाने बिचार गर्यो कुरा गर्न कमला सँग। फोन गर्यो र कमलालाई आफु केही कुरा गर्न अफिसबाट आउने कुरा सुनायो।
“के भन्ने कसरी भन्ने” प्रकासको मनमा कुराहरु आईरहे। भन्ने बित्तिकै काँ हुन्छ?सर्न पनि त समय चाहिन्छ नी। उ भन्दै थ्यो आफैलाई।
उ कमला कहाँ पुग्दा चिया तयार थ्यो। एक छिन औपचारीकता पछि कमलाले के काम हो सोधिन। उस्ले एउटा सानो तिनो भुमिका बाँधेर कुरा भन्यो। कमलाको अनुहारमा चिन्ता उस्ले प्रस्टै देख्यो।
“अनि हामी कहाँ जाने? उहाँ पनि हुनुहुन्न।” उनले भनीन।
प्रकास सँग जवाफ थिएन। “म कुरा गर्छु नी सुकिर्ती सँग।” कमलाले भनीन।
प्रकासले सुकिर्तीको बानी सँग कमलालाई परिचित गराउँदै के प्रस्ट पार्यो भने सुकिर्ती सँग कुरा गरेर केही फाईदा छैन।
“उसो भए बुबा सँग कुरा गर्छु त — आखिर बुबासँग कुरा गरेर बसेको हो हामी” उनले आफ्नो कुरा गरीन।
“प्रकासले त्यस्तो नगर्न अनुरोध गर्यो। त्यसो गरेर बुबाले सुकिर्तीको पक्षमा फैसला नगरे कुरा बिग्रिन्थ्यो। सुकिर्तीलाई फेरी अमेरीकाको भुत चढ्ने थ्यो। सुकिर्ती “स्वर्णीमको अमेरीका” जाने कुरा प्रकासको लागि मर्मभेदी बाण थ्यो।
तपाई पनि कोसीस गर्नुस। म पनि कोसिस गरम्ला एउटा राम्रो घर खोज्न। प्रकासले सम्झायो।
एक्कै छिन उदासी अरु मडारिईरह्यो। प्रकास र कमलाका आँखामा बिबसता बन्दी भैरहे।
बाहिर आकास गर्जियो। कमला तर्सिईन। त्यही तर्साईले हाँसो ल्यायो। पानी पर्न थाल्यो।
सुकिर्तीको फोन आयो। प्रकासले आफु भर्खरै आईपुगेको –कुरा गरेर यो पानी पर्न रोकिए पछि हिन्ने कुरा सुनायो।
कमलाले कता कता शब्दले बाँधेर सुकिर्तीको सोचाईको अप्रतक्षरुपमा बिरोध गरीन। खै किन हो प्रकासलाई त्यो मन पर्यो। उनले आमाको सोचाईको सम्मान गरीन। प्रकासलाई त्यो झन मन् पर्यो।
“अब खाना खाएर जानुस” कमलाले भनीन।
“हैन पर्दैन दु:ख नगर्नुस” प्रकासले तुरुन्तै भन्यो।
“के को दु:ख? कसै कसैलाई एक्ली आईमाईलाई घरबाट निकाल्न त दु:ख लागेन –” उनले भनीन। प्रकासले सुन्यो मात्रै। सुकिर्तीलाई घोचेको होला। उस्ले ठान्यो।
“यो पानीमा म तपाईलाई जान दिन्न। मोटरसाईकलमा जानु छ —केही भयो भने? म त आफुलाई कहिलै माफ गर्न सक्दिन — पानी रोकिन्छ अनि जानु होला — एक्कै छिनमा बनाईहाल्छु म –तपाईँ टि भि हेर्दै गर्नुस” उनले भन्दै टि भि खोलिन।
प्रकास चुप चाप टि भि हेर्न थाल्यो। भरखर कमलाले “यो पानीमा म तपाईलाई जान दिन्न” भनेको उस्ले सम्झियो। त्यो भनाईमा रहेको अधिकारलाई उस्ले प्रस्न गर्यो तर जबाफ उस्लाई चाहिएन।
आखिर उस्ले खाना नखाई हिन्न पाएन। खाना बनुनन्जेल पनि कमला बैठकमा आउँदै कुरा गर्दै गरी। एक चोटी त प्रकासले पनि आँट गरेर “म पनि केही सघाउन आउँ?” भनेर सोध्यो। “घरमै श्रीमतीलाई सघाउनु” कमलाले हाँस्दै भनी। उस्ले कमलालाई सुकिर्ती सँग दाँजी रह्यो। पानी रोकिईसकेको थ्यो। तर उस्लाई घर जान मन थिएन अहिले। खाना पछिको चियामा उ अल्झेको थियो।
“पानी पनि रोकीएछ अहिले त” कमलाले भनी।
“जा भनेकी त होला नी” प्रकासले सोच्दै उठ्यो चिया पछिको कप टेबलमा राख्दै।
“अँ रोकियो — अरु दर्केको भए हुन्थ्यो नी” उस्ले बिस्तारै भन्यो। उस्ले भनेको कमलाले सुने हुन्थ्यो भन्ने पनि थ्यो सुन्ली भन्ने पनि थ्यो।
कमलाको अनुहारमा मन्द मुस्कान थ्यो। त्यो उस्को कुरा सुनेर हो वा हैन प्रकासले यसै भन्न सकेन। उस्ले याद गरेको थ्यो कमलाको अनुहार मुस्कानको फुलबारी थ्यो।
बिदा भएर प्रकास घर लाग्यो। सुकिर्तीले “किन ढिलो?” भन्दा उस्ले त्यो प्रस्नलाई घर खाली गर्न भनी सकेको र त्यसमै कुरा मिलाउँदै गरेको खबरले किच्न खोज्यो। घर खाली हुने कुरा प्रकास किन ढिलो आयो भन्ने भन्दा अरु महत्वको भएकोले सुकिर्ती खुसी भै। प्रकास पनि कता कता खुसी भयो। फेरी आफ्नो ताल देखेर छक्क पनि।
एक् दुइ दिन पछि प्रकास अफिसमै थियो, फोन आयो।
कमलाको रहेछ।
“घर भेट्टाउनु भयो त?” प्रकास त एक छिन अलमलियो। कताको घर? कस्को घर? कस्लाई घर?
“बिर्सिनु भयो कि के हो?” कमलाले फेरी सोधी।
यतिन्जेल सम्म त प्रकासले सम्झि सकेको थ्यो। उस्ले त कहाँ घर खोजेको थ्यो र?
“काँ बिर्सिनु?” प्रकासले स्वरलाई सकेसम्म स्वभाबिक पारेर भन्यो।
“अनि?” उस्ले सोध्ने क्रम रोकिन।
“भेट्या छैन, अब जुन पायो त्यै घर भएन। राम्रो चाहियो। हेर्दै छु।”
“काँ बाट फोन नम्बर पाईछ” प्रकासले सोच्यो। तर फोन आएको उस्लाई राम्रै लाग्यो। अचेल त सुकिर्तीको पनि त्यस्तो फोन आउन्न थ्यो। उस्लाई पनि फोन गरेर सुकिर्तीलाई भन्ने केही थिएन। घरमा ढिलो चाँडो भेट भैहाल्थ्यो।
हुन त उ कुन अफिसमा काम गर्ने हो कमलालाई थाहै थ्यो। त्यति थाह भए पछि सकिईहाल्यो नी। उस्ले तर्क गर्यो।
“तपाईँले भेट्टाउनु भयो त?” प्रकासले सोध्यो।
“मैले भेट्या भए त तपाईलाई किन सोध्नु पर्थ्यो र?” उस्ले भनी।
प्रकास काममा एकदम ब्यस्त भएको बेला आएको थ्यो फोन। एक छिन अघि मात्रै हाकिमले जरुरी छ यो तुरुन्तै हेरेर के भा रे छ मलाई खबर गर्नोस त भनेर एउटा काम जिम्मा लाथ्यो। झन फोन तिर लाग्या देखेर होला हाकिमले प्रकासलाई नियाल्दै थ्यो। प्रकासलाई असजिलो लाग्यो। छेउ बाट आर्को ब्वाँसो पनि कुरा सुन्दै झै गर्दै थ्यो।
“सुन्नस न — म घर फर्किदा त्यतै भएर जान्छु आज — अनि कुरा गरम्ला नी है –अहिले –” प्रकासले कुरा सकाउन पाएन कमलाले सोधी “खाना खाएर जाने हो?”
“किन र? भरे पनि पानी पर्छ रे?” प्रकासले हांसोमा सोध्यो।
उस्को भन्दा उन्मुक्त हाँसो उस्ले कमलाको सुन्यो।
“मस्कि मस्कि को सँग हो, गुरु?” ब्वाँसोले सोधि हाल्यो।
“दिमागमा अरु केही कुरा आउँदैन?” प्रकासले झर्के झैं गरी सोध्यो।
पटक पटक ध्यान कमला तिर जान थाल्यो। “यो राम्रो कुरा होईन” उस्ले भन्यो उसैलाई।
काम सकाएर कमला कहाँ पुग्यो उ। यत्तिकै मन उस्को रोमान्चित भयो। “एक जनाको लोग्ने म, एक जना को स्वास्नी उ– बिनिसित्ती मन किन असला झै हुने होला?” सोच्दै उ छिर्यो घर भित्र।
अस्ति झै आज पनि कमला सजिएकी रहीछ। अनुहारमा आज पनि मुस्कानका फुलहरु फुलेकै थिए।
फेरी चिया आयो। गफहरु भए। काम सकेर उस्ले फोनमै कुरा गरेको भए पनि हुन्थ्यो तर उ रहरैले आएको थियो। हतार थिएन।
“घर भेटाउनु भएन त उसो भए?” कुरा त घरकै गर्नु पर्यो।
“अहँ! फेरी म कता जानु घर खोज्दै। कस्ता कस्ता मान्छे हुन्छन। बाटामा यसै हिन्दा त जिउ नै सिरिङ्ग हुने गरी हेर्छन।”
“सबै कुरा उहाँले नै हेर्नु हुन्थ्यो?” प्रकासले आँखाको ईसाराले फोटोमा भएका श्रीमानलाई देखाउँदै सोध्यो।
“हो सबै”। कमलाले भनी। तर जुन भावले उस्ले “सबै” भनी त्यो प्रकासले अलि बुझेन।
“त्यसरी सबै भन्या चै के नी?” उस्ले सोध्यो।
“कसरी भन्नु पर्ने त?” उस्ले सोधी।
त्यो सबै ले के के समेटछ त? प्रकासले सोध्यो।
“सबैले सबै समेटछ नी — घर परिबार श्रीमती — श्रीमतीहरु –” उस्ले भनी।
उस्ले श्रीमती लाई श्रीमतीहरु पारेको प्रति प्रकासको ध्यान बिशेष गयो।
“श्रीमतीहरु भनेको चै के नी?” उस्ले सोध्यो।
“भन्या एउटी उतै दाँङ्ग तिर छिन म यता छु भन्या अरु के –” यस पटक कमलाको अनुहारमा फुल मुर्झाए।
“तपाईँ कान्छी?” प्रकासले ह्वात्तै सोध्यो। त्यो प्रस्नलाई यसरी सोध्ने उस्को बिचार थिएन।
“अहिले सम्मलाई” कमलाले भनी।
प्रकासले के भन्ने हो बुझेन। त्यो जेठी कान्छीको कुरा आउनु पर्ने स्थिती बनेको थियो जस्तो उस्लाई लागेको थिएन। तर कुरा उठ्यो। यो जेठी कान्छीको कुरा –एउटालाई एकातिर अर्कीलाई अर्को तिर राख्ने कुरामा उस्ले आफ्नो बाउलाई सम्झियो। मनमा घृणा, सहानुभुती, स्नेह, बिद्रोह जस्ता थुप्रै भाबहरु उठे।
“अब क्यानाडामा को फेला परी सकी होली” कमलाले लामो सास छोडदै भनी।
“त्यस्तो थाह पाएर किन बे गरेको त?” प्रकासले प्रतिकृया जनायो।
“थाह पाएको भए त —” लौ कता को कुरा कता पुगेछ।
“सुन्नुस न मलाई त यो घरको कुराले एकदम पिर भयो। म त अब माईत फर्किन्छु। सबै सामान लिएर। आफ्नो कोही मान्छे पनि छैनन् यता” उस्ले भनी।
“म कोशीस गर्छु, तपाई पिर नगर्नुस।” प्रकासले भन्यो। उस्लाई जान त मन थिएन तै पनि अब जान्छु भनेर उठ्यो।
“खाना बनाईसकें मैले” उस्ले भनी “तपाई आउनु अघि नै बनाईसकेकी”। उस्को मुहारमा फेरी फुल फुले।
“काँ खाना खानी?” प्रकासले भन्नलाई भन्यो।
“काँ नी अब? यहीँ नी — यो पनि तपाईँकै घर त हो नी — कि हैन?” उस्ले मुस्कान छर्दै भनी। प्रकासले ति मुस्कान टिप्यो मात्रै केही भनेन। “घर त आफ्नै हो मान्छे चैं –” बहकिदो मनलाई उस्ले लगाम कस्यो।
प्रकासले खुसुक्क मोबाईल बन्द गर्यो।
पछिल्लो पटकको भन्दा यस पटक कुरा अलि बेग्लै भए। त्यस्ता कुराहरु पहिले न त उस्ले कसै सँग गरेको थ्यो न त कसैले उ सँग। आश, त्रास, नैतिकता, आस्था, मुल्याङ्कन, सहि, गलत यस्ता थुप्रै लहरहरु उठे यस पटक मनमा।
कमला सँग जसरी उन्मुक्त भएर उ कुरा गर्थ्यो त्यसरी सुकिर्ती सँग गर्न सक्दैनथ्यो। सुकिर्ती सँगको कुरामा उ साबधान धेरै हुन्थ्यो। उ नभडकियोस भन्ने धुनमा हुन्थ्यो उ। सुकिर्तीले उस्लाई धेरै दोष लाउँथी उस्को कमजोरीहरु सम्झाउँथी। कमलाले उस्को प्रसम्सा गर्थी। उस्ले कमजोरीका कुराहरु गर्दैन थी तर प्रसंसामै उ कमजोर हुन्थ्यो। तर उ एक बिबाहित थियो अनि कमला पनि। त्यो उस्ले बिर्सिनु हुन्न भन्दै आफैलाई सम्झाउँथ्यो। आह्वानमा बिदा लिएर उ निस्कियो।
उस्ले पनि यता उता घर खोज्न थाल्यो। जति साटसुट गरे नी काममा कुरो चुहिई हाल्यो। कामका ब्वाँसोहरु “के हो गुरु पैला पैला त सोझो जस्तो लाग्थ्यो –अब त हुँदा हुँदै घराँ स्वास्नी राखेर बाहिर अर्कैकी स्वास्नीलाई राख्न डेरा खोज्दीन थाल्या भन्या? लौ नसकिने भो” भन्न थाली सक्या थिए।
घराँ सुकिर्ती घर कैले सर्नी भन्थी अर्को घराँ कमला। घरले प्रकासलाई पनि निक्कै पिरोल्न थाल्या थ्यो। कमलाको फोन अफिसमा आउँदा ब्वाँसाहरु जमजमाउने हुँदा उस्को मोबाईलको नम्बर दिएको थ्यो। अचेल कमला दुईटैमा गर्थी एउटामा भेट भएन भने।
एक दिन बाउले सोधे प्रकासलाई “तेरो घर सर्ने के भो?”
उस्ले अहिलेका डेराबाल् सर्न घर हेर्दै छन। लोग्ने चै क्यानाडा गा रेछन। प्रकासले सुनायो।
“दाईको घराँ बस्छन कि म बुझम्ला” बाउले भने।
“किन र दाईको घराँ मान्छे छैनन र?” प्रकासले सोध्यो।
“उनीहरुको घर रेडी भै सक्यो रे — आफ्नो घराँ सर्छन अब –” बाउले भने।
“मै कुरा गरी रा छु डेरावाल सँग — आजै गएर भन्दिन्छु म।” प्रकासले भन्यो। उ भित्र भित्रै दंग पर्यो।
सुकिर्ती माईती गएकी थिई। उस्का माईती र मामाघरकाहरुका “योङ्ग जेनेरेशन” मिलेर जोमसोम जाने भएका थिए। उस्लाई पनि भनेकी हो सुकिर्तीले तर उस्ले नमिल्ने बताएको थियो। घरको पनि तालमेल मिलाउनु छ। उस्ले घरको पनि दुहाई देको थियो। फेरी सुकिर्तीले पनि कर गरीन। ति सुकिर्तीका हुलले उस्लाई परम्परागत प्राचिन समयमा हराएको भिनाजु झैं गर्थे। उनीहरुको तमासा हुन उस्लाई जान मन थिएन।
सुकिर्तीले उ फर्केर आउँदा घरको कुरा अझै तह लागेको रहेनछ भने उस्ले तह लाउने बद्धता प्रकट गरेकी थिई। प्रकासलाई त्यस्ले चिन्तित गराएको थ्यो। बाउको कुराले उस्को उद्धार हुने छाँट देख्यो उस्ले।
कमला काँ बत्तेर पुग्या थ्यो उ फोन पनि नगरी सर्प्राईज दिन रे भनेर आफै सर्प्राईज भयो। उ रहिनछ घरमा। मोबाईल् नम्बर त थियो उ सँग तर फोन गरेन बरु पाखामा परेको माछा झै भै रह्यो।
यता गयो उता गयो। उस्ले खबर फोनमा दिने बिचार गरेन। मोटरसाईकल लिएर रिङ्ग रोड एक चक्कर लायो।
फर्केर जाँदा कमला आईसकिछ। उस्लाई देखेर उ खुसी भै। प्रकास पनि खुसी भयो।
“म अघि पनि आ थें — ” उस्ले भन्यो।
“ल हेर — फोन किन नगरेको त मलाई?” उस्ले सोधी।
प्रकास मुस्काईरह्यो। केही भनेन।
“गरेको भए म आईहाल्थे नी” उस्ले थपी।
“मैले घर भेटें” प्रकासले भन्यो।
कमलाको अनुहारमा उदासी र प्रस्न एकै चोटी उदाए।
“दाईको घरमा जाने — त्यो घर खाली हुँदै रहेछ” उस्ले सुनायो।
“कति तिर्नु पर्ने हो?” कमलाले सोधी।
“त्यस्को किन पिर?” प्रकासले भन्यो।
“किन र तिर्नु पर्दैन?” उस्ले सोधी।
कुरा घर र भाडावाट सुरु भयो। कमलाका अनुहारमा पहिले जस्तो फुल फुलेका थिएनन अहिले। प्रकास मलजल गर्दै थियो। कुरा अहिले डेरा र भाडामा थिएनन। अन्तै पुगीसकेका थिए। बाटो चिप्लो थियो, दुईटै चिप्लिदै थिए र पनि फर्किने सुरमा दुईटै थिएनन। जति बेला बिश्राम गरे अनि अनुभब भयो यात्रा कति डरलाग्दो गरेछन।
अर्को दिन प्रकास बिहानै दक्षिणकाली पुग्यो। भाले किनीकन चढायो। दिन भरी नै मुक्त बन्दी झै भयो। मोबाईल बन्द गर्यो। समय उल्टाउने निरर्थक उपायमा बल्झियो। साँझ पर्दै आउँदा सिक्रि छिनाएर फुकेको भोटे कुकुर जस्तो भयो उ फेरी। फेरी कमला कहाँ पुग्यो।
समय एकै छिन स्थिर भयो त्यहाँ फेरी यति छिटो चल्न थाल्यो कि दुबैले हेक्का राख्न छोडीदिए।
भोली सुकिर्ती फर्किने कुरा प्रकासले सुनायो। कमला उदास भै। प्रकास रोमान्चित र त्रसित दुईटै भयो। उस्लाई के हुन थालेको थ्यो उसैले बुझेको थिएन। उस्का हरेक कृयाकलापलाई उ एउटा न एउटा निउँमा रुजु गराउन थालेको थ्यो। आफ्नो चालचलनमा आएको फरकको दोष सुकिर्तीलाई जिम्मा लगाउँथ्यो। मनमा लागेको डढेलोलाई उस्ले तर निभाउन सकेको थिएन। जहाँ निभ्यो भन्ने सोच्थ्यो त्यहा भुतभुते बाँकि नै हुन्थ्यो। हाबाको सानो लहर चाहिन्थ्यो, आगो सल्किन्थ्यो।
सुकिर्ती पनि दंग थिई जब उ फर्केर आई। जोमसोममा एकदम रमाईलो भयो भनी। “तिमी नभएर मलाई चै सार्है सुन्ने भो” प्रकासले भन्यो। “तिमीलाई पनि हिन त भनेकै हो” सुकिर्तीले भनी। “अब अर्को चोटी त जान्छु” उस्ले भन्यो।
डेरावाल दाईको घरमा सर्ने कुरा सुनायो। सुकिर्ती खुसी भै घर सर्ने कुरामा। त्यो खुसी प्रकासले साँझ छिप्पिदै जाँदा भजाउने सुर मनमा कस्यो।
काममा थ्यो कमलाको फोन आयो। “भरे चिया खान आउनुस है” उस्ले निम्ता दिई। “चिया!” प्रकास दंग पर्यो।
कमलाकहाँ जाँदै गर्दा उस्ले आफैले आफैलाई सोध्यो “आखिर मैले गर्न खोज्या के?” त्यस्को जबाफ भरे भरे दिने बिचार गर्यो र पुग्यो चियाको निम्ता आएको घरमा। साँच्चिनै त्यो घर त आखिर उसैको त हो।
त्यसरी चियाको बन्दोबस्त उस्ले या त निम्तामा नभए अनुनयमा भए पनि उस्ले गरीरह्यो।
एक दिन जोमसोमका फोटोहरु हेर्दा उस्ले स्वर्णीमलाई पनि देख्यो। मनमा भुँईचालो गयो। “को बिदेस कहिले गयो, कहिले आयो त्यो मलाई था हुन्छ? स्वर्णीमलाई मैले मात्रै चिनेको हो र? मेरो मामाघरमा उ आउने गरेको अहिले देखि हो? उस्ले पनि जान्छु भनेछ आयो। के ठुलो कुरा भयो?” सुकिर्ती उल्टो उ सँग रिसाई उस्ले स्वर्णीमको कुरा झिक्दा।
“अनि किन त मलाई कहिल्यै नभन्या उ पनि जोमसोम गा कुरा?”
प्रकासलाई चित्त बुझेन।
“तिमीले सोध्या थ्यो र? त्यहा को को गा थे सबैको बारेमा मैले तिमीलाई भन्या थें त?” यस्तो संकिर्ण बिचार भएको मान्छे मलाई मन पर्दैन। स्वर्णीम मेरो साथि हो तिमी लोग्ने। त्यस्को फरक तिमीलाई थाह छैन भने तिमी लोग्ने हुन लाएक छैनौ।” सुकिर्ती एकदम रिसाई।
प्रकासले आफैलाई हेर्यो र अरु केही भनेन। तर मन उस्को बिरक्तियो। उस्ले बोकेको तरबारमा जता पट्टी धार थ्यो त्यो सुकिर्ती तिर थ्यो धार नभए पट्टी उस्ले आफुलाई राखेको त थ्यो तर त्यो नदेखिने अर्को तरबारको धार आफु तिर फर्केको अनुभबमा होला सायद “धारमा पर्यो जिन्दगी” भन्दै गुनासो गर्थ्यो।
अब सुकिर्तीलाई आफुले प्रस्न गरे पछि उस्ले पनि प्रस्न नगर्ली भन्ने छैन। गर्ने त अधिकार पनि हो उस्को। सुकिर्तीले केही गल्ती गरेकी छ कि छैन त्यस्को एकिन उ सँग छैन तर उस्ले जे गरेको छ त्यस्को एकिन छ। दोषि को? यस्मा बिबाद थिएन। “को को?” मा सायद थियो पनि तर उस्को हदमा थिएन। उस्ले बुझेको थ्यो। तर बुझाई अस्थाई थियो। त्यो अस्थाई बुझाईले समस्याको डढेलोमा बतास बोलाई बोलाई ल्याउँथ्यो।
“अब उहाँ फर्किने रे” एक दिनमा लन्चमा उ कमलाकहाँ पुगेको बेला उस्ले भनी।
“तिन महिना भन्या हैन त?” प्रकासले सोध्यो।
“त्यस्तै भन्या जस्तो लाग्छ, हैन रे” उस्ले भनी।
“अनि अब के हुन्छ?” प्रकासले सोध्यो।
“कस्तो के?” उस्ले सोधी।
प्रकास यति बेला भ्रमित जस्तो भयो।
“उहाँ उहाँ, तपाई तपाई मैले के गर्न सक्छु?” उस्ले उदास भएर भनी।
यसो गर्ने भन्ने प्रस्ताब त प्रकास सँग पनि थिएन।
साँझ घर उही उदासीमा प्रकास पुग्यो। पुग्ना साथ सुकिर्तीले ढोका लगाएर सोधी “तिम्रो त्यो घरमा निक्कै आवत जावत छ रे नी?”
“कुन घर?” बिना बादल चट्याङ्ग पर्या जस्तो भो उस्लाई।
“कुन घर अब? तिम्रै घर! के को आबज जाबत हो?” सुकिर्तीको आबाज कठोर थ्यो।
“कस्ले भन्यो जे पायो त्यो?” प्रकासले आफुलाई सकेसम्म नियन्त्रण गर्यो।
“कस्ले भन्यो सँग के मतलब? ” सुकिर्तीले सोधी।
“तिमीले नै त्यो घर खाली गराउ भन्या हैन? अनि त्यहाँ नगै आफै खालि हुन्छ? तात्तोनछारो सँग अर्कालाई दोष यत्तिकै” उस्ले पनि स्वर बढाएर भन्यो। दबेको स्वरले पराजय संकेत गर्न सक्थ्यो।
“को को छ त्यो घराँ?” सुकिर्तीले प्रकासको आँखामा हेरेर सोधी।
“भन्या हैन अस्ति नै — लोग्ने स्वास्नी बस्ने –लोग्ने चै बाहिर गा छ भनेर –अब आउने बेला भयो रे” प्रकासले सुनायो। मन बेतोडले उफ्रिदैथ्यो उस्को।
सुकिर्तीले बाण जस्ता हेराईले उस्लाई वार पार गरी तर अरु केही भनीन र एउटा फुँकार सँगै बाहिर निस्की।
प्रकासलाई केही राहत त भयो तर त्यो राहत निरिह थ्यो। सुकिर्ती उ सँग राम्रो सँग बोलेकी थिईन उस्ले पनि जिस्काएन।
भोली पल्ट अफिस जाँदा जाँदै कमलालाई उस्ले हिँजो सुकिर्ती रिसाएकी कुरा सुनायो। कमलाले तर उस्लाई घरमा आउन निम्ता दिई। उस्ले आउन नसक्ने बतायो। कमलाले अनुरोध दोहोर्याई।
दिन भरी दिमाग उस्को घुमी रह्यो। प्रकासले के गर्ने के नगर्नेको आगोमा आफुलाई पाईरह्यो।
“के भो गुरु? हनिमुन सकियो?” एउटा ब्वाँसोले सोध्यो।
प्रकासलाई आज कसै सँग बोल्न मन थिएन। “उस्ले के गर्यो?” उ यसैमा अल्झेको थ्यो। उस्ले आफ्नो बाउलाई सम्झियो। बालाजुकि आईमाईलाई पनि। घरमा आमालाई पनि सम्झियो। सुकिर्तीलाई सम्झियो, कमलालाई पनि।
काम सकिए पनि आज उस्लाई कतै जान मन थिएन। काम नसकिए हुन्थ्यो –साँझ नपरे हुन्थ्यो। प्रकास गुन्दै थियो। तर एक्लै अफिसमा बसीरहने कुरा थिएन। अफिसबाट सबै निस्किन थाले। प्रकास पनि उठ्यो। मनमा के के गुन्दै कुर्सीमा अड्काएको ज्याकेट लगायो।
02-27-08 10:34 AM
(स्रोत : साझा डट कम)