~मकुनी निरौला~
मुर्कुट्टाहरूको बस्तीमा
खप्पर र हड्डी मात्र हुँदारहेछन्
यिनै खप्पर र हड्डीमा राजनीतिको
जोड-घटाउको खेल हुँदोरहेछ ।
कात्रो र कफनको व्यापारमा
मालिङ्गो बाँसको ब्याड बनाई
शक्तिहीन मर्ुदामाथि
वषर्ात्को भेल बगाउँदोरहेछ
किचकन्याको नृत्यमा लठ्ठइिर्
सोमरसको चियर्स गर्ने मर्ुदाहरू
औंसीको रातमा धनाढ्य बनी
लोकको अननतितर्फबढ्दा रहेछन्
कर्ुकट्टाको जमर्को भएका बेला
पुराणका मन्त्रोच्चारण गर्नेहरू
कुश र तिलको अभिषेक गरी
मर्ुकट्टाको कुकृत्यलाई चोख्याउँदा रहेछन् ।
पिचासको चिहान उदिनेर
समाज र गाउँमा तुफान ल्याउन
कम्मर कसेका मुर्कुट्टाहरू
सबैतिर आर्यघाट बनाउन लागिरहेछन्
यी मसानको न चिनारी छ
यी मुर्कुट्टाको न परिचय पाइन्छ
गाउँबस्तीलाई घाट बनाई
सदैव राज गर्ने जाल बुनिरहेछन्
मृतआत्माको रजाइँ भएकोमा
शंखघोषको चित्कार फुकिरहेछन्
वायुपंखी घोडामा चढी यिनीहरू
पर्ूवा पर्ुखाको रुमालमा हिङ खोजिरहेछन्
राँकेभूत बनी शान्त बस्तीमा
ड्रायगनको तुफानी ज्वाला फ्याँकी
विजयको सुस्केरा सुसेली
पिण्डदानको टपरी बुनिरहेछन् ।
त्रिशूलधारी मर्ुकट्टाहरू
ब्रह्मनालको तकिया बनाई
अपभं्रश र दिग्विजयको माला जपी
काँचो वायुको हाँसो हाँसिरहेछन्
खबरदारीको पर्खाल
उचाली नीलकाँडाले बाटो छेकी
आगोको कोइलामा धूप दिएर
उठौं जागौं आफ्ना बस्तीका
मुर्कुट्टाहरू निस्तेज पारी लघारौं
– जोरपाटी
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)