~रवि प्राञ्जल~
पानी भित्र ढुङ्गा राखी पकाएको मात्र रैछ ।
पिँध मुनि चिसो आगो लगाएको मात्र रैछ ।
झरेको त्यो फूलमाथि पोखिएछ शीत भन्थेँ,
फूल सम्झी काँढाले आँसु बगाएको मात्र रैछ ।
जस्लाई सम्झे फूल हाँस्छ जस्लाइ बिर्से जून रुन्छ,
उसकै नाममा एक प्याला चढाएको मात्र रैछ ।
डाँडापारि उज्यालो त्यो घाम हेर्नू अनि भन्नू,
”निदाएको हैन ‘रवि’, झकाएको मात्र रैछ” ।
रवि प्राञ्जल
७/६/२०७० ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)