~भीष्म उप्रेती~
जीवन त साह्रै सुन्दर रहेछ ।
सिङ्गै उमेर
तँछाडमछाडमै बित्यो
खेदो खनेर अर्कालाई
गाली गरेर अर्कालाई
काटेर रुखहरू
नासेर मूलहरू
अहंको कालोले
धमिल्याएर प्रेमको निर्मल पोखरी
सिङ्गै जीवन त
रिस, राग र ईष्र्यामै बित्यो ।
अहिले
यो डाँडामाथिबाट
पछाडि फर्केर हेरेको त
कत्ति राम्रो रहेछ सबै
प्रकृति, रङहरू, घामजून, चराहरू, छायाँ
फूल, मान्छे र सपनाहरू
सबै कत्ति राम्रा ।
यही डाँडामाथिबाट हेर्छु
पानीजस्तै बगेर गएको आˆनो उमेर……।
थकथक मात्र लाग्छ
निभ्ने बेलामा बल्ल थाहा भो
जीवन त साह्रै सुन्दर रहेछ ।
(स्रोत : मधुपर्क २०६५ माघ)