कविता : नैतिक उपचार

~पुरुशोत्तम सुबेदी ~Purushotam Subedi

मानिसको दुस्मन त रोग हो – सकेसम्म यसको उपचार गर ।
बरु अन्धबिश्वासी त तिमी हौ-अरुलाई विश्वाश दिने काम गर ।।

भन्छौ तिमी अरुहरुलाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै ।
शान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी गृहयुद्धको तिमीले नै ।।

तिम्रो जङ्गको उपचार बेलैमा-नगर्नाले रेविज लाग्यो आज देशलाई ।
बिरामी चेतनले हुन्न जनसेवा -गर उपचार तिम्रो ट्युमर केसलाई ।।

नराख बाजी मेटासिटको तिमीले – जित्ने छौ सहज् झुटको खेती ।
राख सर्त अमृत बुटी संजिवनिको – नैतिकता तिमीमा छके कती ।।

स्वास्थ्य मन्त्री छौ रोगी ग्यांस्ट्रिकका-मिठो चोखो खानै नहुने रोग ।
सांच्चिकै पररास्ट्र मन्त्री हौभने तिमी -बिरामी सुस्तालाई औषधी शोध ।।

कैंची समात्न नजान्नेले किन यहाँ – खोल्दछौ हायरकट सैलुनको पसल ।
राज्यको बागडोर समाल्न नसक्नेले अब-किनरा लाग्दा हुनेछ देशलाई असल ।।

ताजा रगतको खोजिमा छौ तिमी – खुब गर्जिन्छौ राष्ट्र सेवक हुँ भनी ।
सिकायौ भिक्षुलाई चान्डाल हुन तिमीले-लास चपाउदैछन बाबा अघोरी पनि ।।

आफु बलियो हुने रहरले त्यस दिन – चढायौ थाप्लोमा अज्ञानी ति मुर्खलाई ।
मुर्खकै राजले ज्वरो आयो सिटामोल खाने-ढलाउछौ कुन सैयामा आज शेसलाई ।।

एक्काइसौं सताब्दिका जनताको आज -सोहृौ सताब्दिको जस्तो आदिम चाल भयो ।
न रह्यो बाँस न बज्यो बांसुरी-मुर्ती बुटी सबै सकिए स्वर्ग जस्तो देश कंगाल भयो ।।

अझै गर्छौ विश्वाश तिमी गाउँ घरमा – दोबाटो चौबाटोमा पात्लो हलोको कुरा ।
बोलेका छौ खुब मिठा मिजासिला तिमी – मनका छौ राक्षसजस्ता महिसासुर ।।

-बेल्जियम

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.