कविता : केही त छ

~टिका भाई ~tika-bhai

यो आफ्नै रहरले बसेको बस्ती होइन
यो कुनै जादुले बनेको शहर होइन
केही त छ
ती मेहनती मान्छेका हत्केलाहरूमा
केही त छ
त्यो चाम्रिएका ठेलाहरूमा

देखेका छौँ इतिहासको गति-दुर्गती
स्वार्थका ‘ममी’ अनि बादशाहहरूका खरानी
केही त छ नि,
हेपिएर बस्न सक्नुको अनुभवमा पनि
केही पक्कै छ,
दबिएरै बाँच्न सक्नुको अभ्यासमा पनि

परिवर्तन कुनै आकस्मिकता होइन
न कि कुनै अज्ञात शक्तिको अनुग्रह
केही त पक्कै छ
निमुखाहरूको आवाजमा
केही त छ,
उजिएका हज्जार मुट्ठीहरूमा।

कालेबुङ
July 27, 2012

(स्रोत : स्पन्दन अक्षर यात्रा )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.