कविता : तिमी

~पौल भाट~Paul Bhat

मेरो स्वप्निल बगैचा को सुन्दर फुल तिमी ,
मेरो गहिराईको संतृप्त सन्तुस्टी तिमी ,
मेरा मिथक सपनाको साकार तिमी ,
मेरो सानो मन-राज्यको रानी तिमी ,

तिम्रो रिसमा पनि माया पाउछु ,
तिम्रो छुवाई मा सम्पूर्णता ,
तिम्रो स्पर्समा प्रेमको चरमता पाउछु,
तिम्रो साथमा जगको सम्पन्नता !

जुग भुलाउने माया गर्न देउ मलाई ,
म आफैलाई मेटाउने प्यार गर्न देउ ,
युग बिलाउने समपर्ण पोख्न देउ मलाई ,
मलाई तिमी भित्रै जिउन देउ !

-कैलाली, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.