~रामचन्द्र कार्की~
क्यारी हेरुँ जिन्दगीलाई, माकुराको जालो जस्तो,
टन्न रक्सी धोके पछि, निस्किएको राल जस्तो ।
हात रोकेँ खुट्टा बढ्छ, खुट्टा रोकेँ टाउको
चैतमास आँधिसग,ै उडिजाने पाल जस्तो ।
क्षणिक छ कि दिर्घकालीन, सागरको छाल जस्तो,
ढुङ्गो कुटि सरापिने, तुच्छ तुच्छ गाल जस्तो ।
खोली खोच डाँडाकाडा, नचाहेरै डुलिसकेँ ,
कहिले चौका कहिले छक्का जुवाडेको खाल जस्तो ।
चील सरी उडुँ भन्यो, कछुवाको चाल जस्तो ,
नुन सगै खुर्सानीको, पोको दाल जस्तो ।
हाँसी खुशी उमङ्गगमा, बाँच्ने रहर कस्लाई हुन्न,
हरपल देख्छु सपनी लामखु ट्टेको काल जस्तो ।
सधै बने बर्षे भेल, कल्पना चाहि ताल जस्तो,
कुकर सरी चिल्लाईर,हे सोचाई चाहि थाल जस्तो ।
सवको सामु बन्छु भन्थे, मगमगाउने फूल,
तर आज गन्हाईदियो, सडिसक्या साल जस्तो ।
December 7, 2011
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)