~निश्चल श्रेष्ठ~
सिङ्गडामा आलु हुन्छ म:म: भित्र मासु
छोरी चै लाटी रैछ चलाख रैछ सासू
(रेलिमाई)X3
कपाल भित्र चायाँ हुन्छ मान्छे पछी छायाँ
ब्युटी केटी देखे पछी लाग्छ उस्कै माया
(रेलिमाई)X3
हिजो राती सपनीमा लभ पर्यो झन्डै
गाँडी स्वास्नी पोईल आको म सँग पो झन्डै
(रेलिमाई)X3
शिरमा लाउने शिरबन्दी त कानमा लाउने यारलिङ्
बिउटी केटीहरु जती सबै मेरा डार्लिङ
डार्लिङ भेट्न जाँदा खेरी आयो मेरो बाउको वार्निङ
(रेलिमाई)X3
तिँ बजारको तल तिर रातो रातो भाले
मेरी केटी ब्युटी रैछे म परेछु काले
काले भएपनी मलाई छोरी दिन थाले
(रेलिमाई)X3
हेर्दा राम्रो खाँदा मिठो चाउचाउ वाइ-वाइ
मेरो गीत सकिएछ सबैलाई छ बाइ-बाइ
(रेलिमाई)X3
शब्द / सङ्गित : निश्चल श्रेष्ठ