~भिम बहादुर थापा~
चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ
विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ
**
अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा
के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ
**
अच्चानकको अनौठो यो, खालिभित्र गाली पस्दा
भर माथि डर लाग्छ, ब्यर्थै जाँगर् थपी आएँ।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)