~रामचन्द्र खतिवडा~
छोरो काठमाडौँ उपत्यकामा घरजम गरेर बसेको सुन्दा बुवा खूब खुसी हुनुभएको थियो । उहाँ छोराको घर पनि हेर्नुप¥यो, काठमाडौँ सहर पनि घुम्नु प¥यो भनेर काठमाडौँ आउनुभयो ।
यहाँको उकुसमुकुस वातावरणले गर्दा बुबा छटपटिनु भयो । कहिले पशुपति, कहिले गोकर्ण घुमेर बुबा दिन बिताउँदै हुनुहुन्थ्यो । वागमती नदीको प्रदूषण देख्दा बुबाको मन साह्रै दुखेछ ।
उहाँले भन्नुहुन्थ्यो– “हामी त खोलानालामा फोहोर गर्दा पाप लाग्छ भनेर खोलानालालाई पूजा गथ्र्यौं, यहाँका मान्छे कति पापी रहेछन् ।”
घरमा दिनहुँ नुहाउने बुबाले हप्ता दिन नुहाउन नपाएपछि दिक्क भएर छोरालाई भन्नुभयो– “हैन छोरा ¤ जीउ गनाएर खपिनसक्नु भयो, फराकिलो आँगनमा घुम्न नपाएर खुट्टा बाउँडी सके ।”
जबाफमा छोराले भने– “बुबा यो गाउँ होइन, यो त काठमाडौँ हो ।”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)