~कार्तिकेय घिमिरे~
आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो ।
खै ! यमुना मिस त अझै आउनु भएन नि । मनीषाले भित्तामा टाङ्गएिको घडी हेर्दै भनिन् । भर्खर दस त बज्यो । साढे दस बजे भन्नुभएको होइन ? बाटोमा आउदै हुनुहुन्छ होला – बिसुले सबैलाई नाइकेको भाषामा सम्झाउदै भन्यो । सबै केटाकेटीहरू यमुना दिदीको बाटो हेर्दै बालगृहको आगनमा आएर टोलाइरहे ।
एक्कासि सुमन चिच्यायो – साथी हो, यमुना दिदी आउनु भो ! अब धरहरा घुम्न जान पाइने भो ।
यमुना दिदी मुसुमुसु हास्दै बालगृहको आगनमा आइपुगिन् । उनीसागै सरिता दिदी पनि आएकी थिइन् । दुवै दिदीहरू बालगृहका धाईआमा थिए ।
आउनेबित्तिकै सरिता दिदीले बालगृहका सबै केटाकेटीलाई एकै ठाउामा जम्मा पार्दै भन्नुभयो – ल सुन बाबु नानी हो, आज धरहरा घुम्न जाने हाम्रो टोली दुईवटा हुनेछ । एउटा टोली बिसु दाइको हुनेछ र अर्को टोली मनीषा दिदीको हुनेछ । ल नौ वर्षभन्दा मुनिका भाइबहिनी बिसु दाइको टोलीमा जाने । त्यस्तै १० वर्षको उमेरभन्दा ठूला भाइबहिनी मनीषा दिदीको टोलीमा जाने ।
सबै केटाकेटीहरू मिलेर आ-आˆनो उमेर मिल्ने टोलीमा बसी धरहरा घुम्न जान २० जनाको टोली दुई समूहमा गरी दस-दस जनाको टोली बन्यो ।
ल अब जाऔा, टोली नेता मनीषा र बिसुले एकै स्वरमा भने । मनीषाको टोलीका दसजना लाइन लागेर उनको पछि लागे । अनि बिसुको टोलीका दसजना पनि लाइन लागेर बिसुको पछि लागे ।
यमुना र सरिता दिदी पनि दुवै लाइनको पछि पछि हिाड्नुभयो । कीर्तिपुर बसपार्कमा पुगेपछि सबैजना मिनीबसमा चढे । मनीषाले बस वरिपरि हेरेर दङ्ग पर्दै भनिन् – ला बस त हामी सबैजना चढ्दा नै भरियो । सुवासले बाठो हुादै भन्यो – किन नभरियोस् त, यो मिनीबसमा ड्राइभरको सिटसमेत गरेर जम्मा २३ वटा सिट मात्र हुन्छ ।
मनीषाले केही बुझेझैा गरी टाउको हल्लाइन् । केही बोलिनन् । बस टिंटिं गर्दै दौडियो । कीर्तिपुरबाट बल्खु, कालिमाटी, त्रिपुरेश्वर हुादै बस सुन्धारामा आएर रोकियो ।
सबैले एकै स्वरमा कराए – ऊ धरहरा आयो । ऊ त्यहाा धरहरा हेर त कत्ति अग्लो Û मनीषाले बसबाट ओर्लेर धरहरा हेरिन् । उनले टाउको आकाशतिर पूरै फर्काएर हेर्दा मात्र बल्ल धरहराको टुप्पो देखिन् । सबै साथीहरूले खुसी हुादै मनीषालाई बोलाए – मनीषा के हेरेको ? जाऔा अब धरहरा चढौा ।
यमुना मिसले सबको टिकट काट्नुभयो । बिसुले टिकट हेर्दै भन्यो – आम्मै Û धरहरा चढ्न एकजनाको ५१ रुपियाा चाहिने हो मिस । मिसले हो भनेर टाउको हल्लाउनु भयो । बिसुले मनमनै सोच्यो – हामीजस्ता बालबालिकाले त धरहरा पैसा तिरेर चढ्न नस्कने रहेछौा बा Û कस्तो महागो, हामीलाई कन्सेसन पनि रहेनछ ?
ल ल लाइन लाग, अब धरहरा चढ्न गेटभित्र छिर्ने, सरिता मिसले भन्नुभयो – गेटभित्र छिर्नासाथ पाले दाइले सबैको झोला त्यही राख्न लगाए । उनले साचो, घडी, मोबाइल त्यही छोड्न भने । उनले क्यामेरा पनि लान पाइन्न भनेर सुवासको क्यामेरा पनि खोसेर लिए । विचरा सुवास क्वारक्वारती पाले दाइलाई हेरिरहृयो । पाले दाइले शान्त हुदै भने – के गर्छौ बाबु, यहाको नियम नै यस्तै छ । धरहरा चढेर फर्केर आऊ अनि तिम्राो क्यामेरा दिउला ।
आफूसाग भएको सामान राखिसकेपछि सरिता मिसले एउटा नम्बर भएको टोकन लिनुभयो । त्यो टोकनको अर्को त्यस्तै टोकन हाम्रो समानको थुप्रो माथि पाले दाइले राखे । त्यसपछि हामी लाइन लागेर धरहरा चढ्ने ढोकातर्फ लाग्यौ । त्यहा दुईजना पुलिस दाइ दिदी रहेछन् । दिदीले मनीषालाई र यमुना दिदी अनि सरिता दिदीलाई जिउ छामेर चेक गरे । दाइले बिसु र अरू सबै केटाहरूलाई चेक गरे ।
हामी धरहराको बाहिरको सिढी उक्लिदै थियौ, बिसुले जान्ने पल्टिदै भन्यो – थाहा छ साथी हो, धरहराको बाहिर यो चढ्ने ठाउमा २५ वटा सिढी रहेको छ । सबैले बुझे भन्दै टाउको हल्लाए । धरहराभित्र छिर्नै आट्दा यमुना मिसले एकछिन हामी सबैलाई पर्खन भन्नुभयो । अनि उहाले भन्नुभयो- थाहा छ आज तिमीहरू कहा आएको ? सबै साथीहरूले कराउदै भने – धरहरामा मिस !
हो आज तिमीहरू धरहरामा आएको ! तिमीहरूलाई थाहा छ धरहरा कहिले बनेको हो ? सबै साथीहरू चुपचाप लागे । मिसले नरम स्वरमा भन्नुभयो, वि.सं. १८८२ मा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको नामबाट धरहराको निर्माण गरिएको हो । मिस त्यसो भए धरहरालाई भीमसेन स्तम्भ किन भनेको नि ? बाठो सुवासले मिसलाई प्वाक्क सोधिहाल्यो ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको हुनाले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ, मिसले सबैलाई हेर्दै भन्नुभयो ।
अघिदेखि चुपो लागेर कुरा सुनिरहेकी मनीषालाई धरहरा चढ्न डर लागिरहेको थियो । उनी धरहरा कति तला होला भनेर सोचिरहेकी थिइन् । उनले आˆनो मनको कुरा मिससाग सोधिन् – मिस धरहरा कति तलाको छ नि ? धरहरा नौ तलाको छ । यसको उचाइ २ सय ३ फिट रहेको छ । धरहराभित्र २१३ वटा सिढी तिमीहरूले उक्लनुपर्छ ।
आम्मै Û २१३ वटा सिढी Û भनेपछि हामीले चढ्न र उत्रन ४२६ पाइला चाल्नु पर्यो होइन मिस ? सुवासले हिसाब गर्दै भन्यो । मिसले मुसुक्क हास्दै सुवासलाई धाप मार्नुभयो । दुवै टोलीका साथीहरूले धरहरा चढ्न सुरु गरे ।
आम्मै कस्तो ठाडो सुरुङ जस्तै रहेछ धरहरा ! मलाई त कस्तो थकाइ लाग्यो ? नौ वर्षकी सन्जुले मिसको हात तान्दै भनी । ल ल हतार नगरौ, बिस्तारै चढ्दा पनि हुन्छ, मिसले भन्नुभयो ।
गोलो ठाडो सुरुङ जस्तै धरहरामा चढ्दाचढ्दै सबैजना एक-एक गरी १८८ सिढी उक्लेर बार्दलीमा पुगे । आहा ! धरहरा माथिको बार्दलीबाट हेर्दा त काठमाडौं सहरमा घरैघर, गाडी नै गाडी देखिदो रहेछ । कति गजब पो देखिदो रहेछ ? मनीषाले कराउादै भनी । सबैजना दङ्ग पर्दै बार्दलीबाट काठमाडौ उपत्यकाको रमाइलो दृश्य हेर्न थाले । बिसु यहाा त तलको भन्दा कति धेरै चिसो हावा लाग्दो रहेछ है ? सुवासले उत्सुक हुादै भन्यो ।
उपत्यकाको रमाइलो दृश्य हेरिरहेका साथीहरूलाई त्यही छाडेर मनीषा हतारहतार माथि चढिन् । माथि टुप्पोमा शिवलिङ्ग रहेछ । उनले भगवान्लाई ढोगेर टीका लगाइन् र दङ्ग पर्दै तल झरिन् । मनीषाको निधारमा टीका देखेपछि सबैजना माथि तलाको भगवान्को मन्दिरमा जाने भन्दै माथि चढे । उनीहरू सबैले टीका लगाएर फर्किए । फर्किंदै गर्दा मनीषाको मनमा एउटा कुरा खेल्यो । उनले मनमनै सोचिन् । धरहराको टुप्पोमा चाहि के होला ? उनी हतार हतार तल झरिन् । उनले आकाशमाथि नै मुख फर्काएर धरहराको टुप्पोमा हेरिन् । त्यहा चिटिक्क परेको गजुर रहेछ । उनले मुसुक्क हास्दै भनिन् – क्या गजबको रहेछ
धरहरा ? नजिकै उभिएका जुङ्गे दाइले भने – धरहरा मन पर्यो नानी ! मनीषा केही बोलिनन् । हो मा हो लगाएर टाउको हल्लाइन् । जुङ्गे दाइ फेरि बोले, यो गजबको घर मुगल शैलीमा निर्माण गरिएको हो नानी ! यो मुगल शैली भनेको के हो नि दाइ ? मनीषाले उत्सुक हुदै सोधिन् । मुसलमान जातिको घर बनाउने पुरानो मोडल नै मुगल शैली हो नानी !
मनीषाले केही बुझें झै गरी टाउको हल्लाइन् । अरू सबै साथीहरू पनि एक एक गर्दै धरहराको आगनमा आइपुगे । सबैजनाले धरहराको आगनमा रहेको रमाइलो बगैचामा फोटो खिचे । सरिता मिसले नम्बर भएको टोकन गेटको टिकट काट्ने ठाउ छेउमै झोला राख्ने ठाउमा बस्नु भएका दाइलाई दिनुभयो । अनि दाइले सबैको झोला र सुवासको क्यामेरा पनि दिनुभयो ।
त्यसपछि आˆनो आˆनो झोला बोकी रमाउदै मनीषा र उनका सबै साथीहरू बालगृहतिर लागे ।
(स्रोत : मुना २०६६ श्रावन)