पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~book-cover-ujjwal-gc-niriha-samay-mathi-geet

नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, समय मखमली फूल पनि हो, ज्युँदा मूर्तिहरु लगायत विभिन्न शीर्षकका ३८ वटा कविताहरु समावेश गरिएका छन् । निरीह समयमाथि कविता सङ्ग्रह कवि उज्ज्वलको एघारौं कृति हो । तीन दशक अघिदेखि कविता लेख्न थालनी गरेका उज्ज्वलका कविताहरुले हामी सबैको देश नेपाल हो भन्ने भावनालाई ज्यूँदो राख्दै अतीत र वर्तमानमा हामीहरुले अनुभूत गर्नुपरेका विविध विकृति, विसङ्गति र पीडाहरुलाई सरल शब्दमा अभिव्यक्त गरेको छ ।

शान्तिसुरक्षाका काला आवरणभित्र खुँडा, खुकुरी, तरबार, बम, बारुद र गोलीहरु अझैँ जनाज्ञा सल्काउदै नाच्न छोडेका छैनन् भनेर कवि उज्ज्वलको यस सङ्ग्रहभित्रको पहिलो कविता खै, के कविता लेखूँ कविज्यू १ ले Arun Bahadur Khatri 'Nadi'भनेको छ । सबैजसो कवितामा राष्ट्रप्रतिको चिन्ता र कर्तव्यबोध प्रबल रहेको छ भने स्वतन्त्र गद्यलयको मीठास पनि पाइन्छ । राष्ट्रप्रेम राष्ट्रिय अखण्डता र स्वाधीनताका स्वरहरु यत्रतत्र र्सवत्र पाउन सकिन्छ । उनका कवितामा देशभक्तिको भावना छ भने देश दुखेको पीडा पनि छ । उनका कविताहरु सामाजिक जीवनसित निकै सरोकार राख्छन् कविको एक दायित्वको रुपमा । देशलाई ठाउँ ठाउँमा सम्बोधन गरेका छन् कविले । प्रस्तुत कविता सङ्ग्रहका सबैजसो रचनामा अत्यन्त सरल, सहज र भावपूर्ण भाषाशैलीय विन्यास पाइन्छ । उनका कविताहरु सबैले बुझने र आस्वादन गर्नसक्ने ढङ्गले प्रस्तुत गरिनु यस सङ्ग्रहभित्रका कविताको भाषाशैलीय विन्यासगत वैशिष्ट्य हो ।

मेरो यात्रा
ठोकियो अनायास
कपटका चट्टानहरुमा
र् इष्र्याका थुम्काहरुमा ।

प्रकृत्रि्रेम, देशप्रेम विषयवस्तु भएको यस सङ्ग्रहमा राष्ट्रिय अस्मिता र विपत्ति एवं देशमा व्याप्त अशान्ति र हत्याहिंसा प्रति चिन्ता व्यक्त गर्दै आन्तरिक कलह त्यागेर एक हुने चाहना र देश जोगाउने आहृवानका साथ राष्ट्रप्रेमको भावना छताछुल्ल भएर पोखिएको छ । समय आगो हो हृवारहृवार्ती बल्छ पनि समय पानी हो सललल बग्छ पनि समयभित्र जीवन छ समय छ कविले समय मखमली फूल पनि हो शिर्षकको कवितामा लेखेका छन् । ज्यूँदा मूर्तिहरु शिर्षकको कविताले देशको समसामयिक परिस्थितीको एउटा प्रतिबिम्बन गरेको छ । कवि उज्ज्वलले निराशासँगै आशाका भावना पनि प्रस्तुत गर्ने प्रयास गरेका छन् । देश मान्छेजस्तै निरीह हुँदा आ-आफ्ना अस्तित्व रोप्न चाहने वलवान् राक्षसहरु राष्ट्रियता/अखण्डता/र्सार्वभौमसत्ता खुप्लुक्क निलेको सपनाबाट निर्लज्ज ब्यूँझदै सल्बलाउँदा रहेछन् उनको हराउने पो हुन् कि १ कविताभित्र लेखिएको छ । कवि उज्ज्वलको लेखनक्षेत्रमा ध्यान दिने हो भने उनी आफ्ना कविताको उज्यालोले राष्ट्रको अँध्यारो लखेट्ने कोशिस गरिरहेका छन् । उनले कवितामा नैर्सर्गिक उज्यालो मन पराउँछन् ।

आमा १
तपाईले परार साल दशैँमा
टीका र जमराभित्र लुकाउँदै
दिनु भाथ्यो आसिक
“छोरा तँ ठूलो मानिस बनेस् ।”

लोकतन्त्रको वैशाखी टेक्दै शिर्षकको कवितमा अरुले जु भनुन्, जसरी हेरुन् मलाई फरक पर्दैन “लोकतान्त्रिक सिपाही” बन्दा खुट्टो गुमाएकोमा मलाई दुःख लाग्दैन बरु आमाको गर्भ हँसाउने “वीर छोरा” बन्न पाउँदा साह्रै गर्व छ कविले पोखेका छन् । उज्ज्वलको काव्यप्रविधि समकालीन घटना र तात्कालिक पात्रताको दस्तावेजतर्फमात्र इङ्गित छैन । शब्द, श्रृङ्गार र लयात्मकताका अनुप्रासहरु महान् घटनाकै लागि जुटाइएका हुन् ।

“नुन” खाने कुखुराहरु
झोक्रिन्छन्/लठ्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि

समसामयिक भावधाराभित्र मानवता, अखण्डता, सामाजिक-आर्थिक विषमता र राष्ट्रप्रतिको ममता समेटेका छन् । मात्रासंयोजन र वर्ण्र्ाान्यासमा केही कसर देखिए पनि विविध शब्दशैलीको प्रयोगले विषयवस्तु भाव र शिल्पपक्षका बीच सङ्गति कायम गरेको छ । कवि उज्ज्वल हतार गरेर कविता लेख्दैनन् । यसैले होला उनको कवितामा कला छ, मिठास छ, मनलाई माझने सामर्थ्य छ । यस कृतिमा कविको परिपक्कता झल्किन्छ । साथै माया शैली पनि परिमार्जित भएर खारिएको माझिएको पाइन्छ । भाव प्रयोगका आधारमा समय निरीहमाथि कवितासङ्ग्रह छत्तीस वर्ण्र्ााे साझा फूलबारीझैं लाग्छ ।

मुस्किल हुन्छ मेरो देशमा शिर्षकको कविताभित्र स्वयम्भू आकाशमा शान्ति धुमिल छ, हिंसा बलवान छ, लोकतन्त्र लुकेको छ, छाडातन्त्र फुकेको छ भनिएको छ ।

मसँग अँध्यारो स्वार्थ छ
त्यसैले तिमी
धेरै टाढा छौ मबाट ।

आफ्नो कालो जीवनचक्र शिर्षकको कविताभित्र समय निरीह भएको बेला विवशतालाई दम्भले निलेको बेला विवेकलाई अन्धकारले छोपेको बेला हो हजुर धर्ूतका मायावी शब्दजालमा यदाकदा लठ्ठिदोरहेछ जीवन भनिएको छ ।

लुम्बिनी आकाशमा
गोलाबारुदका धूँवाहरु खेलाउँदै
मृत्युले शान्ति निलेको देखेर
वोधिवृक्षको छहारीमा
ओत लागेका बथान परेवाहरु
अन्धकार त्रास घुरेर
इन्तु न चिन्तु छन् ।

कलात्मक आवरण र समसामयिक उत्कृष्ठ कविताहरू देख्नासाथ पाठकहरू मोहित हुन पुग्ने प्रस्तुत पुस्तकको छपाइमा भने कतै अति ध्यान नपुगेको हो कि भन्ने लाग्न सक्छ । त्यस बाहेक अन्य कुनै खोट लगाउने ठाउँं नदेखिएको यस कृतिको सबै क्षेत्रबाट सही मूल्याङ्कन हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.