~भिम बहादुर थापा~
ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती
देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती
**
लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो
खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती
**
अचाक्लीले अन्धो जस्तो, बाध्य भा’छ बाँच्न जन यहाँ
न सपार्छन्, न स्याहार्छन्, गर्नु गरे यीनले भाँती
**
सानालाई ऐन ठूलालाई चैन, दीर्घरोगी देश यो भइगो
ढुकुटीमा ढलीमली, राम्रा ठाउँमा यीनकै ताँती।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)