~शोभा आधिकारि~
छन्द : झ्याउरे
के देखनु पर्यो आज यो मैले ,सुनसान ठौँउमा
देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा
घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका
नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका
देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई
दक्षिण तर्फ पालायन् भए ,जागिर खानलाई
बिदेशमा गई पुरुष ले ठोक्छन ,मालिकलाई सलामी
गाउँमा पुरुष नहुँदा महिला ,जादैछन मलामी
गाउँको कथा ब्यथामा मात्र , सिमित नपारौं
जागरुक् बनी स्वदेशमै बसी ,देशलाई सपारौं
सुन्दर देशको गरीब बन्दै ,नहोउ दुर्नामी
घरमा कोही नहुँदा नारी ,जादैछन मलामी
घरमा सासु ससुरा कहिले , बिरामी पर्दा हुन्
मुग्लाने पती सम्झिदै कती ,बिरामी कुर्दा हुन्
नहुँदा साथ संकटको बेला ,आउदो हो सुनामी
साहाश बोकी खपेर नारी ,जादैछन मलामी
गाउँमा कृषि बिकास छैन ,उब्जाउ हुँदैन
बर्षको खेती तिन् महिना पनि ,खानलाई पुग्दैन
देशका युबा जमात बिदेश ,पलायन भएनी
बोकेर लाश सहेर नारी ,जादैछन मलामी
मुना मदन को लयमा
November 10, 2008
(स्रोत : माइ संसार डट कम)