कविता : ट्युब स्टेशनमा एक साँझ  

~रवि प्राञ्जल~Ravi Pranjal

एउटा अधुनातन गाइने
विरहको धूनमा
आफ्ना निपूण चलायमान औंला हरुले
छेड्दैछ गितारका तारहरु
यो खुल्ला आकाश विहीन
भूमिगत स्थलमा
यो के हुदैछ मलाइ ?
उड्दैछु म आकाशमा
यो स्टेशन माथिको आकाश भन्दा पर
धेरै पर
जहाँ म देखिरहेछु
मेरै गाउँको चौतारी र बर पीपल
जहाँ
पुछ्दै टोपीले पसिना
गाउदै छ  एउटा सुकुमार गन्धर्ब
हृदय विदारक गीत –
‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन् नि ‘
आह !
एक्कासी खस्छु म
यो श्रुतिमधुर फ्युजनसँगै
त्यो नीलो समुन्द्रमा
जहाँ डुब्दै छ  बिशाल ‘टाइटनिक’
र बजिरहेछ बिरही भाकामा-
‘माई हार्ट ……’

-२२ डिसेम्बर २०१०,लण्डन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.