संस्मरण : छुट्दै गरेका भक्कानाहरू

~उर्मिला श्रेष्ठ ‘भोजपुरे’~urmila-shrestha-bhojpure

आज २०६० साल भदौको २ गते कृष्णाष्टमी । अड्डा बिदा छ । यो अड्डाको सिलसिलाले ६१ वर्षो जन्मदिन मनाइसकेपछि पनि छोडेन । जागिर खानुपर्ने अवधि अझ पाँच वर्षपूरा छ । कति खाने जागिर पनि ! कहिलेकाहीँ त दिक्क लाग्छ तर दिक्क मानेर के गर्नु ! के खाने जागिर नखाएर – एक्लै बसेर सधैँ ‘दिक्क’ खाएर बसिरहने – त्यसै पनि त ‘ड्रि्रेसन’ ले आजभोलि मलाई राक्षसले गाँजेजस्तो गाँज्न थालेको छ । मलाई अचम्म लाग्छ । आफूलाई म निकै ‘बोल्ड’ छु जस्तो लाग्थ्यो तर यो पापी रोगले के गर्‍यो के ! यसले मलाई न बाँच्न दियो, न मर्न । यसले मलाई हाँस्न त दिएन-दिएन, रुन पनि एकान्त चाहिने । मेरो ‘रुन्चे’ उहाँलाई र अरू आफन्तलाई र्सला भन्ने डर ! आज म कोठामा एक्लै छु ।

भोजपुरेजी माथि छतको कोठामा गितारको तार कस्तै हुनुहुन्छ । उहाँले गितार नछुनुभएको पनि कम्तीमा पाँच वर्षभयो होला । आज केको जङ चल्यो उहाँलाई कुन्नि ! मलाई केही लेख्ने धुन चलेजस्तै । लेख्न खोज्दा म अलि-अलि लेख्न नसक्ने होइन । २०२६ सालमै प्रज्ञाप्रतिष्ठानको कविता-महोत्सव प्रतियोगितामा म दोस्रो भएकी थिएँ । ‘अधिकार र कर्तव्य’ शर्ीष्ाकको कविगोष्ठीमा शरदकुमार भट्टर्राई प्रथम भएका थिए भने कालीप्रसाद रिजाल र क्षेत्रप्रसाद अधिकारीजस्ता कविहरू तेस्रो भएजस्तो लाग्छ । त्यस्ता घाघ कविहरूलाई प्रतियोगितामा मैले उछिनेकी थिइँ । पछि जागिरमा म यति बढी भिजेँ कि लेखनमा आज-भोलि नौलो बनेँ । अहिले यो उमेरमा आएर साहित्यकार बन्छु भन्ने मलाई छैन तर मेरा बितेका दिनहरूका सम्झाउनी-बिर्सर्ााी लेख्ने पहिल्यैदेखिको मेरो धोको हो र त्यसैको प्रारम्भ आजको शुभ-मुहर्ूतमा गर्ने जमर्को गर्दै छु । मलाई लाग्थ्यो, लेख्नुपर्दा आफ्नो बारेमा लेख्नु सबैभन्दा नजिकको लेखाइ हो र त्यसमा जस्तो ‘फ्लो’ अन्य लेखाइमा हुँदैन तर यति बेला आएर म झल्याँस्स भएकी छु ।

ओहो, आफ्नाबारेमा लेख्नुभनेको सबैभन्दा गाह्रो लेखनीको पाटो रहेछ । सोच्थेँ, आफूले भोगेका सिनेमाजस्ता सललल्ल बग्ने दृश्यावलीहरूलाई शब्दमा समेट्न कति नै आइतबार बार्नुपर्ला र ! तर होइन रहेछ । आफ्नो कथनीलाई कहाँबाट, कसरी, कुन शब्द र सामर्थ्यका साथ अभिव्यक्त गर्ने भन्ने कुराले अहिले समात्दै छ नराम्ररी । कुराको बबन्डरभित्र कुराको मेसो नै बस्न सकिरहेको छैन । मेरा अगाडि ‘एक्जिक्युटिभ डायरी, १९९६’ छ । त्यसलाई पल्टाउँछु । पल्टिएको पातो जुनको २९ तारिखमा पर्छ । दिन ‘मनडे’ । बिहान ११ः३० बजे, अपरान्ह ३ः३० ‘वीन को-अपरेटिभ’ वाषिर्क साधारणसभाको प्रमुख अतिथि भएको त्यसपछि र्सार्क टेक्निकल कमिटी मिटिङ अर्कोपट्ट ि३० तारिख, मङ्गलबार ( प्रस्तावित विभिन्न ‘प्रोजेक्ट प्रोपोजल’ हरूका सम्बन्धमा उपसचिव अनन्त रिजालसित छलफल । ( आई० एल० ओ० मा पठाउनुपर्ने रिपोर्टहरूबारे सम्बन्धित स्टाफहरूसित छलफल । ( र्सार्क टेक्निकल कमिटी मिटिङ । म डायरी बन्द गर्छर्ुु यस्तै-यस्तै डायरी पल्टाउँदै जाने हो भने डोकाका डोका कुराहरू निक्लेलान् । तर आफ्नो वृत्तान्त बोल्न यी कोरा सामग्री मात्र हुन् । यिनले मनका सबै संवेदनाहरू समेट्न सक्तैनन् । म त यहाँ र्झझर बर्खा बर्सिन चाहन्छु । र, मेरो डायरीका पानाहरूलाई पनि आफ्ना प्रेरक प्रसङ्ग भने अवश्य पार्ने छु । तर अहिले यहाँ म निर्दोष पाराले पोखिन खोज्दै छु ।

आज भदौको १४ गते आइतबार । भदौ २ गतेपछि एकैचोटि आज कलम समात्दै छु । ‘म निर्दोष पाराले पोखिन्छु’ भन्दाभन्दै त्यो दिन मलाई कस्तो निर्दोष निरहले निरीह-निःसहाय बनायो र कस्तो पिरलोले पोल्यो, केही बोल्दै नबोली कलम बन्द गरेछु अनि जुन भूमिमा त्यतिखेर पोखिन खोज्दैथेँ, बिर्सिएँ र आज अर्कै प्रारम्भ बोकेर पग्रिन खोज्दै छु । विक्रम संवत् २०५८ साल असार १४ गतेदेखि म सरकारी सेवाबाट निवृत्त भएँ । हर्ेदाहर्ेर्दै मैले जागिरे मात्र भएर झन्डै-झन्डै चार दसकको फेरो मारेछु । सबै सरकारी जागिरेहरूको अन्तिम अभीष्ट सचिव हुनुहुन्छ । म त्यो बिन्दुमा पुगेर पनि ‘झर्र्रो’ सचिव बनेर सबै कसीबाट निर्बिघ्न निक्लिएँ । मैले मेरा क्षमताहरू, मेरा अनुभवहरू, मेरा परिश्रम र पसिनाहरू आफू निर्झर बन्दै सरकारी सेवामा पोखेँ, मुलुकले ममा गरेको लगानीको केही हिस्सा भए पनि मुलुकको सेवामा र्समर्पण गरेँ भन्ने गर्वबोधका साथ म गद्गद् बन्दै सेवानिवृत्त भएँ । जागिरे जीवनप्रति कुनै रिक्तता र तिक्तता रहेन । खाली कहिलेकाहीँ ‘मैले धेरै गर्न बाँकी थियो ….. यो पनि गर्नु थियो, त्यो पनि गर्नु थियो …..’ भन्ने पिरलाहरूले मात्र बेलाबेलामा पोल्थे र पोलिरहन्छन् तर, निरन्तरता दिने नयाँ पुस्ताहरूको जाँगर, जोस र उत्साहले भने मलार्इर्र्आत्मसन्तुष्टि दिन्थ्यो र दिन्छ । भन्न त भनेँ मैले आफूलाई ‘झर्र्रो’ र ‘निर्झर’ जागिरे भनेर तर कति त्यस्ता आँखा र भाखाहरू पनि थिए र होलान्, जसले मलाई प्रश्ाासकका तिक्तरूपमा पनि हर्ेदथे । पछि प्रसङ्ग चल्दा सविस्तार त्यसको बयान गर्ने नै छु । म सेवानिवृत्त भएँ । सेवानिवृत्त हुने समयको सङ्घारतिर मलाई मप्रति अनुराग र संवेदना बोक्ने साथीभाइ, इष्टमित्र, समकक्षी-सहायक, समवयी-कमवयी सबैले निवृत्तिपछिको इतिवृत्त खोल्दै कसैले ‘जिन्दगीभर दुःख गर्‍यौ, अब आनन्दले आत्मसन्तुष्टि जेबाट हुन्छ त्यसै गरेर हिँड्ने’ भन्थे । कसैले फेरि गीत-सङ्गीतको साधनामा रहन सल्लाह दिन्थे ।

कोही भने भगवत्भक्तिमा लीन हुने आत्मनिवेदन गर्थे भने धेरैजसोले ‘त्यत्रो अनुभव भएको मान्छेले अब लेखपढ र आफ्नो आत्मवृत्तान्त लेखेर समयको सदुपयोग गर्नुपर्छ’ भन्ने सल्लाह दिन्थे । ‘भावी पुस्तालाई आफ्नो त्यत्रो लामो यात्रा-अनुभवको चास्नी चाख्न दिनर्ुपर्छ’ भनेर मलाई लेखनमै संलग्न रहन उत्पे्ररित गर्ने पनि धेरै थिए । मेरो पनि वास्तवमा अन्तर-राय थियो । आफ्ना इतिवृत्त लेखिछाड्छु, आत्मसन्तुष्टिका लागि भए पनि’ भन्ने तर केही समयसम्म भने म केही सोच्न चाहन्नथेँ । केही दिन निरूद्देश्य, नितान्त एकाकीपनमा रहने मेरो भित्री लोभ थियो । तर त्यसो भनेर कहाँ हुँदो रै’छ र ! जागिरपछि त म झन् साह्रो व्यस्त भएँ । भोजपुरेजी र अरू लेकालीहरू ‘लेकालीको सङ्गीतयात्रा’ निकाल्न लग्गु भएर लागेका थिए । त्यसका विभिन्न प्रसङ्गमा मेरो संलग्नता पनि आवश्यक छँदै थियो । त्यसबाहेक, नेपाली गायिकाहरूको ‘प्रोफाइल’ निकाल्ने मेरो धेरै अघिदेखिको सपना थियो । अब फर्ुसदी भएँ भनेर त्यसको सम्पादनको काममा डटेर लाग्न थालेँ । त्यतिले मात्र चित्त बुझेन । म सचिव हुँदादेखिको एउटा इच्छा पलाएको थियो मनमा तर ‘श्रीमान् सचिव’ जीको व्यस्तताले त्यसको कार्यान्वयन गर्न सकिरहेकी थिइन । अब भने ‘नारी स्वरहरू’ को सम्पादनका साथसाथै ‘विमन प्रोफेसनल्स’ को ‘प्रोफाइल’ बनाउने काममा पनि व्यस्त रहन थालेँ । यसरी म झन् बढी बेफर्ुसदी बनेँ र समयसित दौडेको दौडेकै भएँ । ‘लेकालीको सङ्गीतयात्रा’ प्रकाशित भयो । त्यसको र्सार्वजनिकीकरण भयो । ‘नारी स्वरहरू’ निक्लियो । ‘विमन प्रोफेसनल्स अफ नेपाल’ को सम्पादन सकियो, प्रकाशित भयो र तिनीहरूको र्सार्वजनिकीकरण गर्न भ्याएँ । त्यसपछि ‘अब त अलि फर्ुसद भयो, आफ्नो जीवनवृत्तबारे बोल्ने बेला भयो’ भनेर कलमसम्म चोप्न पाएकी थिइनँ, भोजपुरेजीलाई र्’हर्टएट्याक’ भयो । उहाँ ड्ङग्रङ्ग लड्नुभयो । हामी अप्रत्याशित पीडाको पहिरोमा पर्‍यौँ ।

पीडाको पहिरो पन्छाउँदा-पन्छाउँदै, आफूलाई रुवाउँदा-रुवाउँदै, नर्भिक अस्पताल धाउँदा-धाउँदै अनि उहाँको स्याहारसुसार र घरधन्दा भ्याउँदा-भ्याउँदै एक वर्षमिलिक्क गरेर बितेछ । भोजपुरेजी औषधिमै हुनुहुन्छ तर उहाँ राम्ररी नै तङ्ग्रिसक्नुभएको छ । अब फेरि आफ्ना बारेमा कलम समात्ने विचारमा थिइँ । २०५९ साल कात्तिक २३ गते । तिहारपछिको पहिलो शनिबार भोजपुरेजी भन्दै हुनुहुन्थ्यो ( ‘आजको दिन मेरो जिन्दगीको सबैभन्दा उन्मुक्तिको दिन ।’ हिजो र अस्ति पनि उहाँले अफिस जानुपरेन, पाकेको बाँकी बिदा लिएर । आजदेखि भने उहाँलाई सधैँका लागि बिदा ! अबदेखि अफिस धाउनु नपर्ने बिदा ! उहाँले सरकारी सेवाबाट उमेरको हदका कारण अनिवार्य अवकाश पाउनुभएको बिदा ! त्यो ‘बिदा’ देखि उहाँ अत्यन्त उत्फुल्ल हुनुहुन्थ्यो । जागिरमा मेरा आफ्नै उकाली-ओरालीहरू थिए, मेरा आफ्नै सम्झाउनी-बिर्सर्ााीहरू छन् । जागिरको उत्तर्रार्धमा आएर उहाँले अनपेक्षित अधिकृतका रूपमा आफ्नो जागिरे जीवनहरू बिताउनुभएको स्मरण मलाई छ । नत्र त उहाँ सफल जागिरे, जागिरको जिन्दगीभरि हाकिमको आँखामा । जागिरमा उहाँका लागि मैले आफ्ना प्रभावलाई कहिल्यै महìव दिइनँ, न उहाँले नै कहिल्यै आफ्ना जागिरको बढोत्तरीका लागि कसैसित आत्मनिवेदन गर्नुभयो । हो, ठाउँठाउँमा उहाँ सरुवा हुनका लागि भने उहाँ आफैँले आफ्ना लागि आफ्ना अनुरोध उराल्नुभयो । उम्लेको अनुरोधलाई अरूले कसरी लिए, मलाई थाहा छैन तर प्रबुद्ध र प्रसिद्ध प्रशासक मङ्गलकृष्ण श्रेष्ठले भने भोजपुरेजीलाई उहाँको इच्छामुताबिक विभिन्न विभाग र मन्त्रालयमा विचरण गर्न खुला आकाश दिनुभयो, उर्बर भूमि दिनुभयो । विष्णुप्रसाद खनाल र मङ्गलकृष्ण श्रेष्ठपछि भोजपुरेजीलाई सिर्जनशील अधिकृतका रूपमा बुझ्ने पहिलो व्यक्ति मै हुँ भन्ने गर्व ममा छ । त्यसैले त म कर्ुर्सर्ीी बस्ता र नबस्ता पनि भन्ने गर्दथेँ ( ‘एक-दर्ुइ जना उहाँ -भोजपुरे) जस्ता भाषामा ‘कमान्ड’ भएका व्यक्ति जुनसुकै विभाग, कार्यालय र मन्त्रालयका लागि खाँचो छ ।’ हुन पनि उहाँको अङ्गे्रजी सरकारी भाषा सम्पे्रषणयोग्य छ र नेपालीको त कुरै भएन । प्रशासनमा पनि उहाँ खारिएका, सैद्धान्तिक र व्यावहारिक हिसाबले पनि । उहाँले तालिम त कति लिनुभयो कति ! अँ त, वि० सं० २०५९ साल कात्तिक २३ गते शनिबार । बिहान म हडबडाउँदै उठेँ, उहाँ बर्बराउँदै उठ्नुभयो । आज छोरी सितु र ज्वाइँ प्रसन्न अमेरिका उड्ने । उनीहरू आज उडेर उता जाने ! उडेर यता कति बेला र्फकने हुन्, टुङ्गो छैन । यसरी फर्किने टुङ्गो नहुनुको हातहल्लाइमा पाइने पीडाबोध ममा एकदमै बढी छ । छोरो शिरीष र साने अघिल्लो वर्षएकैसाथ आमा-बाबु, आफन्त र आफ्ना मुलुकलाई भेट्न मनभरि मोहक बर्खा बोकेर अमेरिकाबाट नेपाल भित्रिएका थिए । उनीहरू आए, हामीसित हल्लिएर हाँस्तै-हाँस्तै हाम्रै गीत हामीसँगै गाए । र केही दिनपछि हतास हाँसो बोकेर हात हल्लाउँदै गए । यो वर्षपनि सानो छोरा साने आमा-बाका लागि एउटा अर्कै सङ्गीतको मधुरता बोकेर दसैँअघि हाँस्तै-हाँस्तै घर आयो र ऊ तिहारको बीचमै आँखाभरिभरि आँसु बोकेर हात हल्लाउँदै उता गयो, अमेरिकातिर । तिहार सकियो ।

तिहार सकिएपछि दर्ुइ दिन बिदा परे र्सार्वजनिक, शनि र आइतबारको । शनिबार छोरी र ज्वाइँ पनि उडे अमेरिका । उनीहरू उड्न हामीसित छुट्टनिे बेला आँखामा कुनै भाव थिएन । मनमा भने भावहरूको बबन्डर उठेझैँ गरी अनुहार कहिले उज्यालोले उठ्थ्यो र कहिले अँध्यारोले निभ्थ्यो । मनमनमा म मरूँलाजस्ती हुन्थेँ, र त म उनीहरूको अनुहार आमा भएर पनि ठाडो आँखाले हर्ेन सकिरहेकी थिइनँ । भोजपुरेजी भने मेरो आँखाको आँसुलाई ‘इस्यु’ बनाएर मलाई बढी रुवाउन खोजिरहनुहुन्थ्यो छोरीहरू नछुट्टएिसम्म । छोरी-ज्वाइँ उडे । म निकै बेर रोएँ भी० आई० पी० लन्जमै बसेर । मलाई रुन झन्-झन् उक्साइरहने भोजपुरेजी मौन हुनुभयो मेरो निर्बन्ध रुवाइ देखेर । उहाँ आत्तिनुभएको भान परेर ‘म रुन छाड्छु’ भनेँ तर त्यो मनको रोदन थियो आँखाको होइन, र मैले आँखाका आँसु-दानाहरू रोक्न सकिनँ । आँसुहरूमा रित्तिन खोज्दैथेँ म, रित्तिएँ पनि । अनि उठेँ भी० आई० पी० लन्जबाट तल झरेँ, मोटरमा बसेँ र घर फिरेँ । आज आमा ‘एयरपोर्ट’ आउनुभएन । नत्र त सितु लामो समयसम्मका लागि विदेश जाने, आमा पुर्‍याउन नआउने – असम्भव ! खासमा आमा र सितुबीच आन्द्रा गाँसिएको छ भने पनि हुन्छ । मैले त छोरीलाई जन्म मात्र दिएँ । तरुनी हुँदासम्म सम्पर्ूण्ा लालन-पालन, बढाइ-हर्ुकाइ उहाँले नै गर्नुभयो । त्यसैले त आजसम्म छोरीले मलाई ‘दिदी’ नै भन्छे र त्यसका लागि म ‘दिदी’ मात्र हुँ पनि । हुन पनि ६ महिनाको उमेरमा नाबालिका छोरीलाई छोडेर मैले तालिम लिन क्यानाडा जानुपर्ने भयो १ वर्षा लागि । म गएँ र फर्किएँ पनि ।

सितु ६ महिनाको उमेरदेखि सँगै बसेकीले मेरी आमाका लागि ‘साउँभन्दा ब्याज प्यारो’ भनेझैँ भयो । र त त्यसकी बज्यै मेरी आमा झुमादेवी सितु भनेपछि हुरुक्कै हुने, अनि सितुको आत्मीयता पनि बढी उता गाँसिनु स्वाभाविकै थियो । त्यस्ती सितु अमेरिका उड्नुअघि आमा एयरपोर्ट पुर्‍याउन नआउनु अचम्मकै कुरा थियो । अँ, सितु पनि आमालाई हामीले भने जसरी ‘आमा’ नै भन्छे, मलाई मेरा भाइबहिनीले ‘दिदी’ भनेजस्तै मलाई ‘दिदी’ भन्छे । अनि ‘हिरण्य दाइ’ त मबाहेक मेरी आमा, भाइ, बहिनी र हुँदा-हँुदा छोरीका पनि हिरण्य दाइ हुँदै हुन् । नातिनीसँगको विछोड धेरै समयसम्म बाडुली बनेर ‘हिक्क-हिक्क’ भइरहला भनेर नै आमा एयरपोर्ट नआउनुभएको अड्कल लगाएर बेलुकीपख हामी कमलादी पुग्यौँ । एक त आमाले एक छिन कमलादी आउनु भनेर फोन गर्नुभएको अर्को, छोरी-ज्वाइँले छाडेर गएको शून्यजन्य पीडाबोधबाट बच्न कमलादीजस्तो निकटतम सेल्टर अरू नभएको । आमा झुमादेवी आज अरू दिनभन्दा धपक्क बल्नुभएको देखेँ । निख्खर रातो सारी-चोलो, उज्यालो-भरभराउँदो चेहराबीच निधारमा निख्खर रातो टीका र सिउँदोमा झन् निख्खर सिन्दूर । रातो आमाको कमजोरी हो । मैले होस सम्हालेदेखि आक्कलझुक्कलबाहेक उहाँलाई ‘रातो’ मात्र देखेकी छु । रातो परिधानमा उहाँको मुखमण्डलले जहिले पनि राता झल्िकाहरू फाल्थे । उहाँको नजिक बस्ता म मुग्ध बन्थेँ, धेरै मुग्ध हुन्थेँ । बैठकमा बत्ती बलेको थिएन । डाँडामा घाम डुबे न घरमा बत्ती बाल्नुपर्ने हो ! घाम डुबेको थिएन । कमलादीको घर घाम नअस्ताउँदैमा बत्ती बाल्नुपर्ने घर होइन । भोजपुरेजीलाई आमाले सगुन दिनुभयो । अनि म झल्याँस्स भएँ । उहाँले मलाई पनि सगुन दिनुभयो । अनि पो मलाई थाहा भयो ‘आज आमाको जन्मदिन हो’ भनेर । मनमा त्यो ‘थाहा’ पस्नेबित्तिकै मन एकदम उत्फुल्ल भयो र आमालाई मनैदेखि दर्ीघायुको कामना गर्दै बोलीमा नबोली मेरी ममतामयी माताका पाउमा शुभकामना चढाएँ, आँखाबाट आँसु नतर्काइ र, पछि चाहिँ थाहा भयो ( आँसु मैले साँचेकी रहिछु केही समयपछिका लागि ।

खै, अहिलेसम्म पनि पटक्कै विश्वास लाग्दैन आमा बित्नुभएको कुरा । आमा किन बित्नुभयो, कसरी बित्नुभयो, कसकसका लागि बित्नुभयो, कति समयका लागि बित्नुभयो, यी प्रश्नहरू प्रतिपल मलाई रुवाउनका लागि पर्याप्त छन् । अनि मलाई लाग्छ, मेरी आमा धर्ती हुनुहुन्छ, मेरी आमा आकाश हुनुहुन्छ र मेरी आमा मेरो जीउनुभरिकी परिवेश हुनुहुन्छ । एकै छिनअघि एकदमै प्रफुल्ल हाँसो हाँस्ने, कमलादीको आकाश र धरतीलाई आफ्नो उन्मुक्त हाँसोले आफ्नो बनाउने, आफ्नो माया र मोहले वातावरणलाई वात्सल्यमा घोल्ने अनुरागकी उत्तुङ्ग आकाश मेरी माता ! ममताकी धरणी ! तिमी कसरी सुत्न सकेकी – ओह ! यसपालि मैले आफूलाई जिन्दगीभरकी अभागिनी ठानेँ । एक वर्षघि भोजपुरेजीलाई र्’हर्टएट्याक’ भयो । ६ महिनापछि आजकै दिन बिहान छोरी सितु र ज्वाइँ प्रसन्न अमेरिका गए । कति समयका लागि हो, थाहा छैन । आजकै दिन साँझ रमाइलो वातावरणमा आमाको जन्मदिन मनाइसकेपछि घर फिरेको केही समयभित्रै ज्ञानीबाबाको फोन आयो ‘तिमी नर्भिकमा आऊ तुरुन्त’ भनेर । फेरि तत्क्षण रोशनको फोन आयो ‘तपाईं मात्र होइन, हिरण्य दाइले पनि आउनुपर्‍यो’ भनेर ।

आमाले र्’बर्थ डे केक’ काट्ने बेला मेरो मनमा चिसो पसिसकेको थियो एक-दर्ुइ कुराले ( – आज आमा बढ्ता नै हाँस्नुहुँदैछ । – आमाले सितुको नाम बारम्बार लिइरहनुभएको थियो । – हामी सबै जम्मा भइसकेका छौँ, छोरीहरू, ज्वाइँहरू, छोरी-ज्वाइँका छोराछोरीहरू, छोराहरू, बुहारीहरू, छोरा-बुहारीका छोराछोरीहरू । हाँसो र हँस्यौलीको रेलो चलेको छ । भोजपुरेजी र हामीहरू गीत गाइरहेका छौँ । साना भुराभुरीहरू नाचिरहेका छन् । ज्ञानीबाबाकी कान्छी छोरी आकृति त्यति नै खेर नाच्न बन्द गरेर केक राखेको ठाउँमा गइन् र सबैको ध्यान आकृष्ट गर्न ठूल्ठूलो स्वरले चिच्याउन थालिन् ( “अब केक काट्ने बेला भो, अब केक काट्ने बेला भो !” केकसम्म त ठीकै थियो, तर किनकिन काट्ने शब्द मेरो मनमा बिझ्यो । सबै उतै आकृष्ट भए । ठूलै होहल्लाका बीच आमाले ‘हेप्पी बर्थ डे टु यु मा-मा’ भन्ने लेखिएको केक काट्नुभयो । केक टुक्रा-टुक्रा भयो । बत्तीहरू निभे । मलाई भने आज किन-किन आफ्ना धेरै कुराहरू टुक्रा-टुक्रा भएझैँ लाग्दैथ्यो, आफ्ना धेरै कुराहरू निभेनिभेझैँ लाग्दैथ्यो । ओहो, अर्काको संस्कृतिले पो मलाई यो अनुभूति भएको हो कि ! आकृति ठूल्ठूलो स्वरले कराउँदै थिइन् ( “त्यो ‘मा’ लेखेको केकको टुक्रोचाहिँ मलाई देऊ ।” सिर्जनाकी छोरी आज्ञा पनि कराउँदै थिइन् ( “मलाई पनि ‘मा’ चाहिन्छ ।” ‘हेप्पी बर्थ डे टु यु मा-मा’ को एउटा ‘मा’ आकृतिले लिइन्, अर्को ‘मा’ आज्ञाले लिइन् । निशा र नवीनकी छोरी निकिशाले पनि ‘मा नै चाहियो’ भनेर जिद्धी कस्न थाले तर ‘मा’ को नामोनिसान ‘मटियामेट’ भइसकेको थियो । कसले हो, ‘हेप्पी झन् राम्रो’ भनेर ‘हेप्पी’ काटेर दियो । र्’बर्थ’ शब्दचाहिँ केही नबोल्ने विचरी अनुष्काको भागमा पर्‍यो । ‘डे’ लाई चाहिँ थाहा छैन कसले कति बेला उदरस्थ गरिसकेको थियो । यसरी आज एउटा ‘हेप्पी बर्थ डे’ रमाइलो वातावरणमा बेमोजसित छ्यान्नब्यान्न हुँदै थियो । ज्ञानीबाबा र रोशनले हामीलाई लिन मोटर पठाइदिए । हतारिएर नर्भिक अस्पताल थापाथली पुग्यौँ । धेरै जना जम्मा भइसकेका रहेछन् । सबैको शोकाकुल मुद्रा र हाहाकार वातावरणले मेरो पनि आँखाको आँसु उमाल्यो । रोशनले हो क्यार अगुवाइ गरे । उनीसँगै भोजपुरेजी र म हानिएर नर्भिकको त्यो सुनसान कोठामा पस्यौँ । रातो पेटिकोट र रातै चोलो पहिरिएर आमा सुतिरहनुभएको थियो उत्तानो परेर । कोठामा हामी पसेपछि एक जना डाक्टर आए । उनले भने ( “हामीले हरसम्भव प्रयत्न गर्‍यौँ, तर केही लागेन । यहाँ आइपुग्नुभन्दा पहिले नै उहाँ बितिसक्नुभएको रहेछ ।”

“सि इज नो मोर -“( भोजपुरेजीले सोध्नुभयो । मेरो मनमा भने भक्कानो फुटेर म बोल्नै सकिनँ ।

“सि इज नो मोर !” ( डाक्टरको दृढ स्वरले आमा चिर न्रि्रामा निदाउनुभएको पुष्टि गर्‍यो । आमाको निर्जीव शरीरमा टाउको जोतेर म क्वाँ-क्वाँ रुन थालेछु, भोजपुरेजी र रोशनले मलाई बलजफ्ती तानेर बाहिर निकाल्नुभयो । त्यति बेला रातको ११ जति बजेको थियो होला ।

 

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.