~मुकुन्द आचार्य~
भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए ।
दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई केका लागि पुरस्कार दिएको ? मैले त क्यै बुझिनँ १”
डैडले अथ्र्याए– “एक विश्वप्रसिद्ध विशाल मेलामा शान्ति सुरक्षाका लागि खटिएका यी राष्ट्रसेवक प्रहरीहरूले आफ्नो काम राम्ररी सम्पादन गरेकाले प्रहरी विभागले यसरी पुरस्कृत गरेको हो । हौंस्याएको… १”
बालकले सोध्यो– “यिनीहरूले कसरी के के गरे छन् त ? ”
डैडले फेरि अथ्र्याए– “नेपाल र भारतबाट मेलामा आउने सबै पाकेटमारलाई फिफ्टी–फिफ्टीको समझदारीमा शान्तिपूर्वक काम गर्ने सुरक्षा प्रदान गरियो । केही पाकेटमारलाई समाते जस्तै पनि गरियो । भारतबाट आउने पाकेटमार त हाम्रा आदरणीय अतिथि नै भए । हामी परापूर्वकालदेखि नै अतिथि देवो भव:को सिद्धान्तलाई मान्दछौं । अनि नेपाली पाकेटमार त आफ्नै बेरोजगार, दु:ख पाएका दाजुभाइ नै भए । यसरी दुवैथरीलाई क्यै गर्न नमिल्ने हुनाले फिफ्टी–फिफ्टीको समझदारीमा शान्ति सुरक्षा कायम गरियो । पाकेटमारहरूले शान्तिपूर्वक आफ्नो काम गरे, राष्ट्रसेवकहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे । प्राप्त सम्मान र रकमलाई इमानदारीका साथ आधा–आधा बाँडियो । एक पैसाको कसैले बेइमानी गरेन । आजको युगमा यस्तो इमानदारी र कर्मठता विरलै देख्न पाइन्छ ।”
बालकको चित्त बुझेछ र भन्यो–
“डैडी १ गणतन्त्र आएकोले यस्तो विकास भा’होला १ ।
“हो त नि १”–डैडले सही थापे ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)