कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~Dhak Bahadur Basnet - Akaash

विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट
उज्यालो न्यायतिर वामे र्सर्दै गरेको
शरणार्थी समयलाई
विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै

बेइमान परिवेशको धुमिल छाया“मा
किशोर उज्यालोको हत्या गर्नेहरुसंग
म विजयको बा“सुरी बजाउन सक्तिन

रित्तोपेट, स्वतन्त्रताका फूलहरु
मनभरि फुलाउ“दै
जीवनको जोड घटाउ वास्तै नगरी
फाटेको कछाडमा
सडक थर्काएर
बालेको यो आगोले
जबसम्म, कपिलवस्तु र सिराहाहरु जलाएर
नारायणहिटीलाई न्यानो दिइरहन्छ
म कसरी मेरो यात्रामा
पर्ूण्ाविराम लगाउन सक्दछु ?
सकिंदैन, दरीद्र मानसिकताको भारी बोकेका
कलियुगका कुम्भकर्ण्र्ाासंग
का“ध थापेर नया“ युगको जग बसाल्न
त्यसैले त,
अब एक्लै गर्नु छ यात्रा
हरेक पाइलाहरुबाट नया“ डोबहरु बनाउ“दै
मैले चढ्नु छ एउटा अजङ्गको पहाड

वासिङ्गटन र दिल्लीको गीतमा ना“चेर
वसन्त क्रान्तिको ताल नै भुल्ने
सत्तँको ललिपपमा र्‍याल चुहाउ“दै
महान् यात्राको गन्तव्य नै तुहाउने
मोरियार्टर्ीीावरणका
अंगार मनहरु छिचोल्दै
बेहोस युगलाई ब्यूता“एर
मैले बाल्नु छ,
डोल्पा र हुम्लालाई न्यानो हुने गरी
फेरि अर्को क्रान्तिको आगो ।

वृद्ध आ“खाहरुमा
त्रासदीको चश्मा लगाएर
समयका अक्टोपस हातहरुले
जतिसुकै,
किशोर युगको चित्र कोरे पनि
म रङ पोत्न सक्दैन
दर्ुइ पाइला चाल्दैमा
अहमताको फूल सिउरिदै
गन्तव्य भेटेको उत्सव मनाउने सुकिला निरोहरुसंग
हजार जंघार तरेर पनि
यात्रा आरम्भको महसुस नगर्ने
मेरो सोचाईको समिकरण हुन सक्दैन
विध्वंश र व्रि्रोहको बैरागी बादलले
सारा धर्ती अ“ध्यारो पार्दा पनि
बुढा निलकण्ठको मर्ूर्तिझैं
ट्वाल्ट्वाल्ती हर्ेर्ने
बगर मनहरुमा
नया“ युगको नया“ दीप सल्काउ“दै
आ“खा अगाडि लम्पसार सुतेको
निलो बाटो काटेर
मैले चढ्नु छ एउटा अजङ्गको पहाड ।

होसियार,
छद्मभेषी त्रि्रो परिवर्तनले
मेरा पाइलाहरु तान्न नखोज
विरक्त समयलाई
उर्जा दिने त्रि्रो निजी क्रन्दन
भो, मलाई चाहि“दैन
आ“सुले भरिएको पोखरीमा
कमलका दीयोहरु बोकेर हि“डिसके
म चढ्नलाई एउटा अजंगको पहाड ।

January 2, 2008

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.