~हरिप्रसाद भन्डारी~
असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी पसिना बगेको पनि कसैलाई वास्ता थिएन ।
गाउँको तल चौपारी (चौतारो) थियो । असारमासको लहबरीमा पनि साने, जुठे, भकुन्ते लगायतका छ÷सात जना केटाहरू आमा बाबुका आँखा छलेर त्यहाँ आई गुच्चा खेलिरहेका थिए । गुच्छाको खेल गर्मागर्मी तरिकाले चलिरहेको थियो । त्यहाँ त्यसरी गुच्छा खेल्ने मध्ये तीले घर्तीको छोरो जुठे एकनम्बर सिपालु थियो । जिम्माल साइँलाको नाति साने पनि कम चलाक थिएन तर जुठेका सामु उसले पनि हार खानु पथ्र्यो । अरू भकुन्ते, गोरे, रिठेहरू पनि ठीक ठीकै थिए ।
खेलको गति चर्कंदै थियो तापनि अबेरसम्म पनि खास हार जीत भएको थिएन । सूर्य क्रमशः पश्चिमतिर ढल्कँदै थिए । सधै जित्ने गरेको खेल आज बरोबरीमा टुंगिने जस्तो मानेर जुठेले यसो विचार ग¥यो, अनि “अब यिनीहरूलाई नजिती भएन” भन्ने विचार गरी बडो धैर्य भएर खेल्न थाल्यो । खेल भन्ने कुरा त्यस्तै त हो, पहिलेदेखि नै सिपालु त थियो नै अलिकता ध्यान दिंदासाथ जुठेको खेल सप्रँदै जान लाग्यो ।
आज जसरी हुन्छ जुठेलाई जित्ने विचारले आफ्ना साथीहरूसँगै एकान्त स्थानमा आएर खेल्दा पनि जुठेकै जित हुने जस्तो मानी खानेलाई जुठेप्रति खपी नसक्नु रिस उठ्यो । जुठेले ट्वाक्क गर्दै गुच्छालाई हानेको देखि सानेले जुठेलाई आमा चकारी गाली गरी हाल्यो ।
“के रे ?” जुठे पनि जंगियो अनि, “गाली नगर है, सके तैंले पनि जित् न । ” भन्दै रिसालु आँखाले हे¥यो । सानेले झगडाको निहुँ खोजिरहेकै थियो र भन्यो, “के त नि, सधै तैंले मात्र जित्ने त …?”
जुठे केहीबेर बोलेन । ऊ नबोलेको देखेपछि सानेले “साला यसले झेल गर्छ कि क्या हो” भन्दै गुनगुनायो ।
“हेर है साने मैले पहिले नै भनेको छु बढी नबोल भनेर । अर्कालाई जे पाया त्यही नभन है नत्र ।”
“नत्र के त ?, तँ झेली त होस् नि घ् हैन र साथी हो ?” उसले साथीहरूतिर फर्केर सहमति माग्यो । अरूहरूले पनि “शंका त लाग्छ है” भन्दै हो मा हो मिलाए ।
“मातेकाहरू, आफूले सक्दैनन् अनि अरूलाई दोष लगाएर झगडा गर्न निहुँ खोज्छन् ।” जठे गुनगुनायो ।
“के रे ? के भनेको हुँ हामीलाई? तेरिमा तिलेकाबान खोज्छस् जोरी ?” भन्दै सानेले पाखुरा निमोठिहाल्यो ।
सानेका कुरा सुनेपछि जुठेले यसो विचार ग¥यो र भन्यो “तँ पनि त जिम्मालेका नाति, प्रधानेकोबान होस् क्यारे, खेल्न सक्दैनस् अनि निहुँ खोज्छस् साला…. ।”
जुठेका कुरा पूरा हुन पाएको थिएन सानेले, “साला तिलेकोबानले त बाबुबाजेलाई पो छुन्छ ए गाँठे ।” न्दै घ्याच्च घच्यायो र एक थप्पड हान्यो पनि ।
जुठेले एकैछिन केही जवाफ फर्काएको थिएन । सानेले उसलाई घच्याएपछि अरू केटाहरू व्यंग्य गर्दै गल्ल हाँसे । सानेको व्यवहार र केटाहरूको व्यंग्य हाँसो देखेपछि जुठेलाई पनि खपिनसक्नु रिस उठ्यो तैपनि हात नछोडिकनै भन्यो–“त्यही जिम्मालको नाति, प्रधानको छोरो हुँ भनेर जोरी खोजेको त होलास् नि, मातेका चोर ।”
“के भनेको हँ तैले ? तँ तिलेको छौंडा पो चोर । तेरो बाउ चोर, तिले चोर, जुठे चोर, तिले चोर, जुठे चोर …।”
जुठेले पनि, “जिम्मालेको नाति, प्रधानेको छोरो, गौंथलीको पोई (गौंथली त्यसै गाउँकी उनीहरूसँग सँगै खेल्ने केटी थिई)” भन्दै थियो । सानेले “साहुमाराको सन्तान, हाम्राँट चौपाँजे (गाउँमा वर्षायाममा चार पाथी अनाज लगी हिउँदमा पाँच पाथी तिर्ने चलन) अन्न नलगी छाक टर्दैन । अझै कराउँछस् मोरा ? ले हाम्राँट लगेको कोदोतिर ।” भनेर इल्लीबिल्ली पा¥यो ।
जुठे पनि कम थिएन र भन्यो, “तेरो सन्तान पो त साहुमारा । हामीले त बरू अहिले लगे ठेकी बेठी तिछौं र मंसीरमा सबै तिर्छौं तर तेरा बाउले हाम्राँट केही लग्यो भने सित्तैमा खाइदिन्छ । हाम्रो पनि पोहोर तेरोबाजेले लगेको भाले तिर । एकबीसे सत्र हाल्दा नदिएको भाले लगेर क्वाच्च खायौ, अझ कराउँछस् ? तिमोरको सन्तान हैन त साहुमारा ?”
झगडा गर्दागर्दै हात मिसामिस भई हाल्यो । सबै केटाहरू मिलेर जुठेलाई झन्डै मारेनन् । फाटिरहेको कमिज झन् च्यातिदिए । खेलमा जितेका गुच्छा सबै खोसिदिए र उसलाई मर्माहत बनाए । जुठे विचरा बल्ल बल्ल ज्यान जोगाएर रूँदै रूँदै घरतिर लाग्यो ।
“सुत्केरी आमाको हेर विचार गर्नु, पाडीलाई घाँस हाल्नु र कुखुराको ख्याल गर्नु भनेर तिले घर्ती डाँडाखर्के साहुका मेलामा गएको अझै आएको थिएन । पालीमा बाँधेको पाडी कराईरहेको थियो । कुखुरो कता गएको हो अत्तोपत्तो थिएन । भर्खर कि कमली सुत्केरी दिनमा ३÷४ पटक खानुपर्ने बेलामा दिनभरी एक घुट्को पानीसम्म पनि खान नपाएकोमा धुरूधुरू रूँदै थियो ।
साँझ झमक्क पर्न पर्न आँटेको बेला जुठे घर पुग्यो । जुठेलाई देखेर टुल्कीले हुनसम्म गाली गरी र “ऐले तेरा बाउ आएपछि सप्पै कुरा लगाइदिन्छु पखन” भन्दै रोई । जुठे आफ्नै गल्ती भएकोले होला केही नबोली पडेल्नामुनिबाट घंैटाको खपटो लिएर आगो लिन पल्ला घरतिर लाग्यो ।
दिनभरी हलो र कोदालोले लखतरान परेको तिले सुइया सास फाल्दै भित्र पस्यो । झम्मक रात पर्दासम्म पनि अगेनामा आगो नबोलेको देखेर “एै कान्छी घ् के भा हो यस्ता ?” भनेर टुल्कीलाई सोध्यो । ऊ सुँक्क सुँक्क रूँदै थिई, रूँदै छोराको बारेमा बेली विस्तार लगाई ।
एक त दिनभरीको थकाई, घर व्यवहारको झमेला, साहुको तानातान, सुत्केरी खर्च कसरी उम्काउँ भन्ने पीर अझ त्यसमा पनि घरको त्यस्तो राम्मेरूम्मे र छोराको बदमासी सुन्दा तिले घर्तीको रिसको पारो तात्यो । त्यतिबेलासम्म जुठे पनि आइसकेको थियो । तरभित्र पस्न नपाउँदै “ला बडो दिनभरी गाउँ चाहर्न परेको । त्यतिभाँती अह्राएर गएको हेर त यो चाला” भन्दै तिलेले ३÷४ थप्पड कसी हाल्यो । त्यति गर्दा हातबाट खपेटो खसेर आगो यता उति छरियो ।
त्यसबेला एउटा आगोको कोइलाले तिलेलाई पोलेछ । उसलाई झन झोक चल्यो अनि टप्प जुठेलाई टिपेर बाहिर आँगनका डिलमा सिस्नो थियो । त्यही सिस्नोमाथि फाल्यो । विचरा जुठेलाई दिनभरीको पिटाई र सिस्नाको पोलाईले गर्दा खपिसक्नु भएन, अनि डाँको छोडेर रून लाग्यो ।
तिले बोलेको सुनेर पाडी करायो । तिलेले “अर्काको पाडी सप्रे केही फाइदा हुने थियो, त्यो पनि त्यसै मर्न आटेको छ । पाडी दुब्लायो लैजान्छु भनेर लगे भे भकारो रित्तै हुन्छ । अहिले मरेको लास ढोपेर काम गर्ने बेला छ । अहिले यसो काम नगरे आफ्नो जग्गाजमिन छैन , पछि निमेक पनि पाइन्न भोकै मर्नु पर्छ ।यत्रो सात आठ वर्षको लाठे भए पछि केही त गर्नुपर्छ ए गाँठे ¤” भन्दै बाहिर भित्र गर्न लाग्यो ।
उसले रिसले आँखा देखेको थिएन । सिधै भित्र बाहिर गर्दा होचो पाली एउटा भाटाले च्वास्स पार्दै निधारमा घोचेछ । उसलाई झन् झोंक चल्यो । रिसले जोडसँग भाटा तान्दा पाली नै भत्कियो । के गरोस् विचरा, सुईया सुस्केरा हाल्दै एकैछिन कन्चटमा हात राखेर आँगनमा बस्यो । जुठे अझै ग्वाँ ग्वाँ रोइरहेको थियो । रिसले फेरि गएर हानुँ कि भन्ने सोचेको थियो तर त्यसो नगरी भित्र पसे ।
अर्को विहान सबेरै उठेर पाली ठीक ग¥यो, पाडीलाई घाँस काटेर हाल्यो, अनि पानी सानी ल्याएर सुत्केरीलाई खाना बनाउने तरखरमा थियो, त्यस्तैमा माथिल्लो घरे माइलो आएर बोलायो, तिले भित्रबाट बोल्यो ।
“हिंड् रे माथि प्रधानले बोलाएका छन् । अरू मान्छे पनि छन् । मलाई जा छिटो गएर बोलाएरले भनेर आएको ।” माइलाले भित्रै नपसी बाहिरबाटै भन्यो ।
“किन होला हँ ?” पहिले तिलेको मुटु ढुकढुक ग¥यो अनि टुल्कीसँग सोध्यो । टुल्कीले पनि अड्कल काट्न सकिन । “हुन्छ त किन रहेछ म भेटेर आउँछु र पकाउँला, जान्छु है ?” भन्दै बाहिर निस्कियो र माइलाका पछि पछि उकालो लाग्यो ।
प्रधानको ठूलो घर, ठूलै आँगन दलान पनि ठूलै थियो । दलानमा दुईवटा खाट थिए । खाटमा गलैंचा विछ्याइएको हुन्थ्यो । जिम्माल, प्रधान र कुनै पाहुना या भद्र भलाद्मी त्यसमा बस्थे ।
तल आधा दलानमा गुन्द्री, मान्द्रा र त्यसमाथि काम्ला हुन्थे । त्यसमा गाउँका इनेगिने “भलाद्मी” बस्थे । सर्वसाधारण मानिसका लागि छेउमा एउटा मान्द्रो मात्र हुन्थ्यो, त्यसमा बस्थे तर तिले जस्ता मान्छेहरू भने पिंडीको बाहिर पेटीमा नै बस्नुपथ्र्यो ।
तिले सरासर पेटीसम्म पुग्यो ।भित्र दलानमा जिम्माल, प्रधान, वडाअध्यक्ष, सदस्य तथा गाउँका अन्य व्यक्तिहरू बसेका रहेछन् । सबैलाई पालैपालो नमस्कार गरेर पेटीमा गएर बस्यो ।
“हजुरले बोलाउनु भएको भनेर आएको ।” प्रधानतिर हेर्दै नम्र भाषामा उसले भन्यो ।
“हो, तिमीहरूको सन्तान अलि मात्तियौ , त्यसै भएर बोलाएको तँलाई ।यहाँ तँमाथि एउटा मुद्दा परेको छ, त्यसैको फैसला गर्न जम्मा भएका हामीहरू ।” ऊ तिर हेर्दै अलि कडा शब्दमा वडाअध्यक्षले भन्यो ।
कुरा सुन्दै तिलेले दलानको खोपोमा केही नेपाली कागज, ल्याप्चे, लगाउने कालोको बट्टा झ्याप्प देख्यो । एक पटक झस्कियो पनि तर ती सामान सधै जसो त्यहाँ हुने गर्दथे, त्यही सोंचेर आफूलाई सम्हाल्यो ।
“के को मुद्दा होला हजुर घ् मैले कुनै गल्ती गरे जस्तो त लाग्दैन ।” डराई डराई तिलेले भन्यो ।
“तैले मात्र गल्ती गर्नुपर्छ र ? तेरो छोराले हिजो प्रधानज्यूको छोरालाई कुटेछ । उहाँ जिम्माल बाले नाति कुटियो भनेर हिजोदेखि भान्सा पनि गर्नु भएको छैन पिरलोले ।” सदस्यले जिम्मालतिर हेर्दै भन्यो, जिम्मालले सहमतिमा टाउको हल्लाए ।
“म दुःखीमाथि नियाहोस् प्रभू म त हिजो डाँडाखर्के साहुबाका मेलामा गएको थिएँ, मलाई केही थाहा छैन । ” तिलेले रालारोला जस्तो गरी बिलौना ग¥यो ।
“के को दुःखी नि ? भन्नप¥यो बल देखाउने बेलामा भन्नप¥यो तँछाड मछाड गरेर कुस्ति खेल्न भन्न प¥यो तम्सिने, अहिले दुःखी घ्” जिम्माले जंगिदै भने ।
“हेर तिले मैल्े अहिलेसम्म तँलाई मेरै मान्छे भन्ने ठानेको थिएँ । चुनावमा भोट पनि मलाई नै दिएको होस् जस्तो लाग्छ… ।”
“हो हजुर धरोधर्म हजुरलाई नै दिएको हुँ ।”
“तर के गर्छस् बाबै, आजकाल तेरो व्यवहारमा केही परिवर्तन आएको छ । अस्ति रोपाईमा पनि सबैले एक एक दिन काम गरिदिए तँलाई पनि एक–दुई दिन जोतिदिन भनेको “स्वास्नी सुत्केरी छ” भनिस् । कस्का स्वास्नी सुत्केरी हुन्नन् र भन् त ? तैपनि मैले मानेको थिएँ तर अहिले हेर त तेरो छोराले मेरो छोरालाई उठ्न नसक्ने गरी कुटेछ । अब के गर्ने तै भन् त ?”
प्रधानका कुरा सुनेर तिलेले लामो सास फाल्यो मात्र, केही बोलेन । प्रधानले फेरि भन्यो–“कुटपिट सम्बन्धी के सजाय छ थाहा छ तँलाइ ? हेरौं त मुलुकी ऐन पल्टाएर ?” अहिलेको प्रधानको भाषा केही धम्कीपूर्ण थियो । प्रधानको कुरा सुनेपछि आलमारीबाट मुलुकी ऐनको किताब निकालेर एकजनाले प्रधानका अगाडि राखिदियो ।
“भो हजुर म कालो अक्षर भैंसी बराबर भएकालाई त्यो केही थाहा छैन ।” तिलेले बिन्तीभाउ ग¥यो ।
धेरैबेरसम्म एकतर्फी गर्मागर्मी बहस चल्यो । प्रधानले प्रहरीलाई समेत बोलाएका रहेछन् क्यार । एकैछिनपछि दुईजना प्रहरीहरू पनि आए । तिले झन् आत्तिदै गयो । त्यस सभामा तिलेको पक्ष लागेर बोलिदिने कोही थिएन् । सबै जना बलेको आगो मात्र तापिरहेका थिए ।
“हैन हजुर केटाकेटीहरू खेल्दा ओर्दा झगडा गरे होलान् ।”
“झै झगडा प¥यो भन्दैमा भन्न प¥यो अर्कालाई जेपायो त्यही भन्न र पिट्न पाइन्छ त ? ऊ भन्नप¥यो सदस्यको छोरा घनश्यामको छोरा, तल साहुकान्छाको छोरा भन्नप¥यो सदस्यको छोरा घनश्यामको छोरा, तल साहुकान्छाको छोरा भन्नप¥यो सबै साक्षी छन् ।” जिम्मालले पाखुरा सुर्कदै भने ।
विचरा तिलेले छोरालाई सोधोस् भनेपनि छोरा त्यहाँ थिएन । त्यसका छोराले पिटेको होइन बरू पिटाई खाएको हो भनिदिने साक्षीहरू पनि त्यहाँ कोही थिएनन् । तिले अकमक्क प¥यो केही बोलेन ।
घाममाथि नै आइसकेका थिए । मेला पात हिंड्ने बेला भइसकेको थियो । भोकप्यास र चर्को घामको पोलाई तथा त्यहाँ सबैजनाको हुँकाइको पीरले तिले खुब आत्तिएको थियो । “आज के यस्ता जन्जालमा परियो, अब के हुने हो” भनेर उसको होस थातमा थिएन । घरीघरी प्रहरीहरूले पनि “साह्रै मात्तियो भने लगेर ठिंगुरामा हाल्छु” भनेको सुनदा उसको होसै उड्थ्यो ।
बिहान बसेदेखि अरू सबैले तीन चार पटक चिया पिइसकेका थिए तर तिलेलाई कसैले पानीसम्म पनि सोधेको थिएन । आखिरमा जिम्मालले “यसले मान्दैन भने बाबु छोरालाई नै ठिंगुरामा हालेर राख्नुपर्छ आफै मान्छ” भन्दै थिए । बसेका भलाद्मीहरूले फैसला गर्ने भए । एकैछिन प्रधान, वडाअध्यक्ष र सदस्य तीन जना मतो बसे ।
“हेर अब कुरो जति लम्बायो उति लम्बिन्छ । गल्ती नगर्नु थियो ग¥यो, हात नछोड्नु थियो छोड्यो, तसर्थ सजायको स्वरूप दुई सय रूपियाँको तमसुक गर्ने अनि अहिलेको वर्षा ज्याला नलिई प्रधानज्यूकोमा जोतिदिनुपर्छ ।” वडाअध्यक्षले फैसाल सुनाए ।
“हो हो ठीक छ, अध्यक्षको कुरामा सबैले सहमति जनाए । तिलेले केही बोल्ने बाटो पाएन । उसलाई अब आफ्नो भन्दा सुत्केरी स्वास्नी भोकै मर्ने र्भ भन्ने पक्का भयो । एकैछिन रून न हाँस्नु भएर घोरिएको तिले सदस्यको आवाजले झस्कियो ।
उनले सम्झौताको कागज र तमसुकमा सही गर्न भन्दै थिए । त्यतिबेलासम्म तिलेको होस् उडिसकेको थियो । उसे अर्ध होसमै सदस्यलाई आफ्ना दुवै हातका बुढी औंला सुम्पियो । उनले कहाँ कहाँ ल्याप्चे लगाए तिलेले थाहा पाएन ।
एकछिन पछि “भोलिदेखि जोत्न आउने, आजलाई जा ।” भनेको आवाजसम्म उसले सुन्यो । अनि जुरूक्क उठेर हिंड्न लागेको थियो भनन रिंगटा लागे जस्तो भयो, खुट्टा गले अनि ऊ बेहोस् भई पेटीबाट आँगनको ढुंगामा पछारियो । टाउको जोडसँग ढुंगामा ठोकियो र टाउको, आँखा, मुख, नाक, कान सबै ठाउँमा एक्कासी रगत बग्न लाग्यो । सबैजना त्यहाँ पुगे । तिलेले अलि अलि मुख चलाउनु सिवाय अरू केही गर्न सकेको थिएन । शायद ऊ पानी मागिरहेको थियो तर त्यो बेलामा उसका मुखमा एक घुट्को पानीसम्म हालीदिने कष्ट कसैले गरेन ।
त्यसपछि उसको शरीर एकैछिनको लागि निकै रनक्क रन्कियो र केहीबेर पछि क्रमशः सेलाउँदै गयो ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३९ – २०६८ भाद्र ७ गते, बुधबार )