कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो मलाई । अब जीवनले कुनै उपलब्धि हासिल गर्नुछैन । जीवन उद्देश्यविहीन, आशाविहीन भएर कतै स्थीर भएर अड्कियो । मेरा हातहरू छन् चलेका छैनन् । खुट्टाहरू छन् दौडेका छैनन् । मस्तिष्क छ तर सोच्नका लागि कुनै सिद्धान्त छैनन् । उड्दाउड्दै गरेको जीवन लाग्यो कहीकतै रुखमा अल्झिएको छ । यस्तै निरउद्देश्यीय जीवनले साहित्यको सहारा लिएर चलायमान हुन थाल्यो । लगभग वि.स. २०५० सालपछि म लगातार साहित्यिक पत्रिका गरिमा , मधुपर्क र अन्य पाएसम्मको् पुस्तक अध्ययनको नसामा डुब्न थालेँ । नसामा डुब्दाडुब्दै मभित्र कल्पनाका फूलहरू फुल्ने गर्दथे । मेरा कल्पनाका फूलहरू यसरी फुल्थे र भाव पोख्थे – ‘म ठूलो साहित्यकार भएको र मानिसहरू मलाई भेट्न समय लिएर पर्खेका ।’ तर ती कल्पनाका फूलहरू फूल्नुबित्तिकै १२ बजेकोपछि ओइलाउने घन्टीफूलझैँ ओइलाएर झर्थे । नझरुन पनि कसरी – एउटी मामुली पर्ूवप्राथमिक शिक्षिका कसरी यति ठूलो साहित्यकार हुनसक्छ – कल्पना मात्र पनि सम्भव छ र – बिहान बेलुका घरधन्दामा बित्दथ्यो । दिनभर स्कुलमा अनि दुईछोरी, सासू, इष्टमित्र घरव्यवहार कसरी सम्भव होला र – दिनहरू बित्दै गए । समयहरू र्सर्दै गए । मैले अध्ययन गर्न छोडिनँ । मेरा कल्पनाका फूलहरू फुल्न छोडेनन् ।

देशको राजनीतिले अनेकौ रुप फेरिरह्यो । । वि.स. २०४६ सालपछिको बहुदलपछि दलहरूले फेरेको कालो रूप ज्वालामा परिणत भयो । त्यही कालो रूपको ज्वालाले डामिएका माओवादी जङ्गल पसे । दसवर्षो जनयुद्धका लागि । देशले जनयुद्धको महामारी भोग्नुपर्यो । मेरो कलमले लेख्दै राख्दै गर्नथाल्यो । जनयुद्धको विध्वसकारी ताण्डव नृत्यले मेरो कलम रगतपच्छे भयो । मैले रातो रगतमा सेतोफूल मुस्कुराइरहेको देखेँ । मैले कोपिलाहरूले रगतको आँसु रोएको देखे । जे देखेँ त्यही लेखेँ । फूलहरू पीडाले अट्टहास गरेको लेखेँ । स्कुलमा साहित्यिक वातावरण थियो । जसले मेरा कल्पनाका फूलहरूलाई फुल्न र सके मलजल गर्न सहयोग गर्यो । जस्तोसुकै विषम परिस्थितिमा, कठोर समयमा, निर्मम वातावरणमा पनि मेरा कल्पनाका फूलहरू मुसुक्क मुस्कुराउनु छोडेनन् ।

जीवन बग्दै गयो । समष्टिमा ‘असफल सङ्धर्ष छापिएपछि मेरा फूलहरू अझ हौसिएर फुल्न थाले । जब जीवनले गति लिन थाल्यो । तब मैले ‘सानी’ बालमनोवैज्ञानिक बालउपन्यास प्रकाशित गरे । प्रकाशित गरेमात्र होइन यसबाट साझा बालसाहित्य पुरस्कार पनि प्राप्त गर्न सफल भएँ । त्यसपछि मेरा कल्पनाका फूलहरू घण्टीफूलहरू मात्र नभई हौसला र उमङ्गका हजारौँ बाह्रमासे फूल भएर उम्रन थाले । ती फूलका सौर्न्दर्यको दृश्यपान गर्ने सबै मन्त्रमुग्ध हुने गर्दथे । बिस्तारै ती फूलहरूले र्सवप्रथम रचनामा त्यसपछि गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, समय, नेपालमा मलजल सहित मौलाउने अवसर पाउदै गए । जीवन एकनास हुँदैनरहेछ । प्रचण्ड गर्मी हुरीबतास, पानी जम्न्े चिसो सबैसँग पोठेजौरी खेल्दै मेरा फूलहरू क्यानभासमा सजिन आइपुगे त्यो थियो- समयको क्यानभासमा । म आफ्नो सौर्न्दर्ययुक्त फूलहरूलाई देखेर मख्ख र गमक्क पर्ने गर्दथे । त्यै माथि प्रशंसक र शुभचिन्तकहरूले मानापाथी भर्दै चुली परिदिएको प्रशंसाको धुरीलाई नै हात्ती मानेर दौडेको महसुस गर्दथे ।

मैले पन्ध्र वर्षो साहित्यिक त्याग, तपस्या, र साधना रोपकी थिएँ यस क्यानभासमा । मसँग छोटो समय थियो तर काम धेरै । कतिपय घरायसी कामहरू काँटछाँट गर्दै छोट्याउदै फूलहरू स्याहार्ने गर्दथे । कतिपय सामाजिक व्यवहार निफन्दै , पन्छाउदै फूलहरू गोड्ने गर्दथे । मनोरञ्जन, आनन्दलाई दराजमा थन्काएर मोटो भोटे ताल्चा लाइदिएकी थिएँ । सामाजिक व्यवहारहरू इमान्दारीतापूर्वक पूरा नगर्दा आउने आरोप र प्रत्यारोपका क्षेप्यास्त्रलाई यी फूलका सुगन्धलाई कवचको रुपमा प्रयोग गर्दथे र आफू सुरक्षित हुने असफल प्रयास गर्दथे । तर यी अवरोधहरू अस्थायी हुनपछि स्थायी बन्ध्याकरण गरेझैँ आफै नियन्त्रित हुनेछन् भन्ने आशामा एउटा गन्तव्यमा दौडिरहेँ म । गन्तव्यमा दौड्दा घरपरिवारमा कति धेरै अप्ठ्याराका काँडेझार उम्रिसकेका हुन्थे । मिल्काउन खोज्दा आफैलाई च्वास्सच्वास्स घोच्दै रगतपच्छे पार्दथ्यो । तर पनि मेरा कल्पनाका फूलहरू उम्रन छोडेनन् । विभिन्न चन्दा आतंक, अपहरण आतंकले आक्रमण गर्दा पनि ती फूलहरू प्रत्येक दिन प्रत्येक पल फूल्न भुलेनन् । वास्तवमा फूलहरू अरूलाई सुखदिन आफू दुखमा रमाउन फुल्दारहेछन् । तर अरूलाई आनन्द दिन फुलेका मेरा क्यानभासका फूलहरूलाई मैले र्सार्वजनिक गर्न सकिनँ । म चाहन्थे चाँडोभन्दा चाँडो मेरा ती फूलहरू र्सार्वजनिक हुन् तर वित्तिय सुनामीको डरले मैले आँट गर्न सकिनँ । यो क्यानभास र्सार्वजनिक गर्न मैले शुभचिन्तकको शुभसल्लाह मानेर अक्सफोर्ड पव्लिकेशनमा बुझाएँ । तर अक्सफोर्ड पव्लिकेशनले ६ महिनापछि यो शुभसमाचार दियो कि ‘हामी साहित्यिक पुस्तक छाप्दैनौँ ।’ तर त्यहाँबाट डा. दयाराम श्रेष्ठज्यूबाट यस क्यानभासको सौर्न्दर्यको प्रशंस्ााले मेरो चेतनाबिम्बमा नयाँ ज्योति फैलियो । उहाँले भन्नुभयो ‘यो कथासङ्ग्रह धेरै राम्रो छ साझामा दिनुहोस् । साझाले छाप्छ साझाले छाप्यो भने साझापुरस्कार पाउन सक्छ ।’ साँच्चै मलाई हात्तीमा चढेर प्रसिद्धिको चुचुरोमा .चढेको भान भयो । त्यसै अनुरुप त्यो कथासङ्ग्रह साझामा बुझाएँ । झण्डै एकवर्षजतिपछि साझा प्रकाशनको नछाप्ने मति देखियो । वास्तवमा हात्तीमा चढेको रहेछु घोडामा चढेको भए अवश्य सफलताको शिखर पुग्नसक्थेँ । त्यसपछि आफै किन नछापू आफ्नो सिर्जनापुञ्जलाई भन्ने सोचले आफैले छाप्ने निर्णर्य गरे । निर्णर्य गरिसकेपछि मेरो यो क्यानभासलाई सौर्न्दर्यका पारखी दिग्गज साधक आदरणीय गोबिन्ददाजुको प्रशंसाको रङ्गले भरु भन्ने मनसायले दाजुलाई बुझाएँ । यस अघि नै कथाका प्रसिद्ध साधक आदरणीय दाजु परशु प्रधानबाट सुगन्धमयी श्रृगार गराइसकेकी थिएँ । म चाँडोभन्दा चाँडो मेरा कल्पनाका फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थेँ । तर समयलाई अर्कै मन्जुर रहेछ । गोबिन्ददाजुले समयअनुकुल हुनु बित्तिकै मलाई पुस्तकको काम गर्न बोलाउनुभयो तर म त्यो बेला निकै बिमारी थिएँ । झण्डै पन्ध्रदिन म ओछ्यान परेकी थिएँ । त्यसैले मैले चाहेर पनि मेरा फूलहरूलाई समय दिन सकिनँ । मन साह्रै छटपटियो । गोबिन्ददाजु आफैँले तालमेल मिलाउन थाल्नुभयो । सबै कुरा मिलाइसकेपछि दाजुलाई अचानक बेलायल जानुपर्ने भयो । म जतिसक्दो चाडो मेरा फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थे तर समयलाई अर्कै मन्जुर रहेछ । हुन त समयले मलाई यसरी नै सानी छाप्दा र सानीको साहस छाप्दा पछारेर रन्थनाएको थियो । मैले सोचेँ, सायद समयले मेरो धर्ययताको परीक्षा लिईरहेको छ ।

अब मेरा क्यानभासका फूलहरू ओइलाउन थाले । म प्रत्येक दिन ती फूलहरूलाई आश्वासन दिँदै ताजगी गराउँदथे । म प्रत्येक दिन ती फूलहरूलाई सुमसुमाएर रुने गर्दथे । जसरी एउटी गर्भिणी आमा आफ्नो गर्भमा रहेको बच्चालाई स्नेहले सुमसुमाएर चुम्ने गर्दछिन् । म प्रत्येक दिन तिनीहरूलाई आश्वासन दिने गर्दथे ‘तिमीहरू चाँडै आफ्नो स्ाौर्न्दर्य र्छन सफल हुनेछौ मेरा प्रिय फूलहरू हो ! तिमीहरू नआत्तिऊ । मैले तिमीहरूलाई धेरै दुख गरेर सिँगारेकी छु । अलिकति कविताका रङ्ग चोरेर तिमीलाई सिगाँरेकी छु । अलिकति निबन्धका पराग सोसेर तिमीहरूलाई गरेर सिँगारेकी छु । तिमीहरू भाग्यमानी छौ तिमीहरू सिपालु कालिगढको हातबाट सिँगारिँदैछौ ।’ मैले तिमीहरुलाई बिहानीमा आशका थोपाथोपा शीत बनाएर सिचेकी छु, मध्यान्हमा बौद्धिकताको न्यानो रापमा तपाएकी छु- गोधुलीमा सूर्यस्ताको अनेकौ रगले सप्तरगी बनाएको छु । साँच्चै मेरा क्यानभासमा फूलहरू भाग्यमानी रहेछन् । उनीहरू पाण्डुलिपिको रूपमा नै गोविन्ददाजुसँगै साहित्यिक यात्रा घुमेर आउने सौभाग्य पाएछन् । क्यानभासलाई सजाउने क्रममा फुर्सद भएमा हर्ेन भनी दाजुले साहित्यिक यात्रामा लिएर जानुभएको रहेछ । कस्तो अकल्पनिय सौभाग्य ! विश्वप्रसिद्ध दिग्गज साहित्यसाधक सेक्सपियर र पाश्चात्य साहित्य सभ्यताका केन्द्रभूमि बेलायत घुमेर आउन सफल मेरा क्यानभासका फूलहरू तिमीहरू कति भाग्यमानी रहेछौ !

मेरा क्यानभासका फूलहरू हो ! अर्ढाई वर्षो गर्भकालीन पीडा भोग्नु परेपनि तिमीहरूले यति ठूलो सौभाग्य प्राप्त गर्न सक्यौ । अब तिमीहरू चाँडै नै र्सार्वजनिक हुन पाउँदैछौ । तिमीहरूमाथि भविष्यले ठूलो आशा गरेको छ । त्यो आशालाई सफल बनाउन धेरै कालिगढहरूबाट सिँगारिँदैछौ । अब तिमीहरूले निराशाका दिनहरूलाई बिर्सिदिनुपर्छ । अहिले म उनीहरूलाई सुमसुमाएर सौभाग्यका किरण आफूमा संप्रेषित गरिरहेकी छु ।

मेरा कामनाका बिम्बहरू उनीहरूमा यसरी संप्रेषित गरिरहेकी छु – मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू । किनभने तिमीहरूले मुर्तरुप लिन अझै धेरै बाँकी छ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.