निबन्ध : साँस्कृतिक रुपान्तरणको प्रश्न

~जीवन पुन~

हामी मानव समाजमा बस्दछौं । हामीलाई थाहा छ विद्यमान समाज वर्गमा विभाजित छ अर्थात् हाम्रो समाज वर्गीय छ । जसरी समाज वर्गीय छ, त्यसरी नै हामीले अंगाल्ने संस्कृति पनि वर्गीय छ । संस्कृति एक वर्गीय विचारधारा हो । अझ माक्र्सवादी चेतनाका दृष्टिकोणले भन्नुपर्दा त संस्कृति राजनीतिलाई डो¥याउने आधार हो । राजनीतिको केन्द्रमा विचारधारा हुन्छ। त्यस विचारधाराले पार्टी, नेता र कार्यकर्तालाई डो¥याइरहेको हुन्छ । वर्गीय समाजमा संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । जसरी वर्गीय रूपमा शोषक र शोषित, धनी र गरिब, पुरूष र महिला, ब्राम्हणवाद र दलितबीच लडाई चलिरहेको छ । त्यसरी संस्कृतिमा पनि लडाई चलिरहेको छ । ती संस्कृति हुन् शोषक वर्गको संस्कृति र शोषित वर्गको संस्कृति । जनताको श्रम शोषणमा राज गर्ने शोषकवर्ग सदैव आफ्नो शासन व्यवस्थालाई टिकाई राख्न चाहन्छ । त्यसका लागि उसले आफ्नो धर्म, दर्शन, कला र साहित्यलाई मिलाएर अधिरचना तयार पार्दछ । यो अधिरचनालाई उसले समाजमा व्यापक बनाउँदछ । शोषकवर्गद्वारा सिर्जना गरिएका पालनपोषण गरिएका संस्कृतिको कारण अधिकांश जनताको भावनामाथि वर्चश्व कायम गरी जनताको सिर्जनशीलतालाई ह्रास गर्ने काम आजसम्म शोषकवर्गबाट हुँदै आइरहेको छ । शोषकवर्गले जनताको साहित्यलाई नकार्दछ ।

जनताका रचना सिर्जना संगीतले शोषक वर्गका संचारमाध्यममा स्थान पाउँदैनन् । जनताको सिर्जनालाई प्रवेश दिनुभन्दा पनि जन सिर्जनशीलहरूलाई दबाउन जनसर्जकहरूलाइ जेल नेल हाल्न र मार्न समेतमा शोषक वर्गको ठूलो शक्ति खर्च भएको हुन्छ । यसरी जनसर्जकहरूद्वारा जनपक्षीय रूपमा जति रचना, साहित्य, गीत, संगीत र नृत्य बने तापनि यी सिर्जनाहरू शोषक वर्गको चपेटामा परी अग्रस्थानमा आउन सक्दैनन् । शोषकवर्ग भने सदैव आफ्नो शासन व्यवस्थालाई टिकाई राख्नको लागि प्रत्येक युग चरणमा नयाँ नयाँ सांस्कृतिक हतियारका स्वरूप आविस्कार गर्दछ र शिक्षा संचार सांस्कृतिक क्षेत्रमा आफ्नो शासन व्यवस्था कायम राख्दछ । यसरी संस्कृति सदैव वर्गीय हुने गर्दछ । संस्कृतिको अस्तित्व समाजमा हुन्छ । समाजको विकास क्रम सँगै संस्कृतिमा पनि परिवर्तन भइरहन्छ । प्राचिन र आदिम साम्यवादी युगमा जुन संस्कृति थियो, दास युगले त्यो संस्कृतिलाई अंगालेन । सामन्तवादले राजनीति दर्शन धर्म साहित्यका माध्यमबाट सामन्तवादी संस्कृतिको विकास ग¥यो भने पुँजीवादले पुँजीवादी उपभोक्तावादी संस्कृतिको विकास ग¥यो । समाजवादले जनवादी संस्कृतिको विकास गर्दछ र समाजवादी समाज अध्ययनको सांस्कृतिक रूपान्तरणको खोजी गर्दछ ।

आज सांस्कृतिक रूपान्तरण अत्यन्तै महत्वपूर्ण सवाल बनेको छ । सम्पूर्ण जनताको मन, मष्तिष्क र नसा नसामा शोषक वर्गीय विचारधारा जीवित छ । संचारमाध्यमको गुणात्मक विकासक्रम सँगसँगै नेट इन्टरनेट, टि.भी. र पत्रपत्रिकाहरूमा खोजी गर्दा हाम्रो आफ्नो मौलिकतामा आधारित भन्दा पनि अश्लिल छाडा संस्कृतिका भावमा ओतप्रोत गीतहरू पाइन्छन् । यसरी शोषक वर्गले श्रमजीवी जनतालाई गीत संगीतको माध्यमबाट अन्धो, लंगडो र असहाय बनाउन सफल भएको छ । अझ गीतको भावमा सामन्त साहु ठालुल्लाई डाँडाकाँडा भीर पाखाबाट खेदौंको भाव होइन त्यसको विपरीत “लैजाउँला साहिलीलाई भीरको बाटो लाल्टिनै बालेर” जस्ता गीतहरू गाउने गरिन्छ । यसैगरी चोरी भोचोरी भो सुस्ता चोरी भो, मेची महाकाली चोरी भो चोरी भो, कोशी चोरी भो भावका गीतहरू होइन त्यसको विपरीत “सोह्र वर्षे मैयाँको जोवन चोरी भो” जस्ता भावका गीत गाइदिने प्रवृत्ति निकै बढिरहेको छ । जनगीत संगीत जस्तै “उठ उठ भोका बन्दी अब खिच लाल तरवार कति दिन सहने हामी जालीको अत्याचार” जस्ता गीत संगीत गाउँदा स्वयं गरिब, दुःखी, किसान र मजदुरलाई नै पट्यार लाग्दो रिस उठ्ने खालको स्वभाव देखिने अवस्था सिर्जना गर्न शोषकवर्ग सफल भैरहेका छ । यसरी समाजमा व्यापक शोषक वर्गीय विचारधाराले गति पाइरहेको छ । अब यस्तो अवस्थामा परिवर्तितकारी क्रान्तिकारी र माक्र्सवादीहरूले आफूलाई रूपान्तरण गर्ने कि कि नगर्ने ? भन्ने प्रश्न गभीर र महत्वपूर्ण छ । रूपान्तरण गर्न जरूरी छ । यो युगको आव्हान हो र आवश्यकता पनि हो ।

माक्र्सवाददर्शनले आफूलाई रूपान्तरण गर्नु भनेको सामाजिक रूपान्तरण प्रक्रिया हो र यस प्रक्रियामा विचार, व्यवहार, आचारण सबैमा रूपान्तरण हुनु जरूरी छ । सिद्धान्तमा, व्यवहारमा ठूला ठूला कुरा गर्ने, माक्र्सवादी लेनिनवादी कुरा गर्ने, २० हातमाथि उफ्रने तर व्यवहारमा आफूलाई नढाल्ने मानिस कदापि रूपान्तरणकारी र परिवर्तनकारी हुनै सक्दैन न त कम्युनिस्ट नै । अहिले शोषकवर्गहरू, साम्राज्यवादीहरू, पुँजीपति विचारधारालाई दलबलको साथ उठाउन थालेका छन् । यस्तो अवस्थामा परिवर्तनकारीहरूले आफूलाई रूपान्तरण गर्ने कि नगर्ने भन्ने विषयको ठूलो महत्व छ । रूपान्तरण भनेको परिवर्तन हो र व्यवहारमा अपनाइने प्रक्रिया पनि हो । आफूलाई खाली माक्र्सवादी सच्चा कम्युनिस्ट भन्ने तर आफूले अंगाल्ने विचारधारा, लेख, रचना, गीत, संगीत, कला साहित्य माक्र्सवादी विचारधारा भन्दा ठीक विपरीत रचना गर्नु रूपान्तरण होइन । सत्ता प्राप्तिको लागि हर कोहीसँग घाँटी जोड्ने जीवन निर्वाहको नाममा सम्पत्ति थुपार्ने कामलाई प्रश्रय दिनु पनि रूपान्तरण होइन ।

साम्राज्यवादी संस्कृतिलाई पालन पोषण गर्नेहरूसँग सहकार्य, प्रशंसा, समर्थन गर्ने, आफ्ना वर्गीय मित्रहरूभन्दा तिनैसँग विशेष सम्बन्ध राख्ने, अनेकौं प्रशंसामा आफ्नो सिर्जनाभन्दा अन्य विषयलाई प्राथमिकता दिई समन्वयनवादी दृष्टिकोण अंगाल्नु पनि रूपान्तरणका संकेतहरू होइनन् । आफ्नै मित्रहरू परिवर्तनका लागि कति इमान्दार लगनशील छन् ? उनीहरूको माक्र्सवादी चिन्तन कस्तो छ ? उनीहरू किन वर्ग दुश्मनसँग लड्दैछन् ? कतै हामीबाट गलत काम त भइरहेको छैन ? जस्ता प्रश्न सांस्कृतिक रूपान्तरणको क्रममा उठ्ने महत्वपूर्ण प्रश्नहरू हुन् । एउटा माक्र्सवादी सर्जक वैरीको सत्ता ध्वस्त गर्न गाउँछ, नाँच्दछ, लड्दछ र सिर्जना रचना गर्दछ तर सँगै आफूलाई माक्र्सवादी नै बताउने अर्को सर्जक वर्ग दुश्मनको प्रशंसामा नाँच्दछ, लड्दछ र सिर्जना रचना गर्दछ भने यसलाई पनि रूपान्तरण भन्ने ? सांस्कृतिक रूपान्तरण नाँच, गान, कला र साहित्यमा मात्रै होइन, यो त हरेक क्षेत्रमा यानी कि उठ, बस, खान, पान, जीवनपद्धति, व्यवहार आचरण मानिसहरूको सम्बन्ध, महिला, दलित, जनजाति सम्बन्धी मान्यता र दृष्टिकोण लगायत सामाजिक व्यवहारमा हुनु जरूरी हुन्छ । सांस्कृतिक रूपान्तरणको केन्द्रविन्दु भनेको एउटा कम्युनिस्ट पार्टीले अपनाउने नीति, सिद्धान्त र व्यवहार हो तर कतिपय राजनेताहरू संस्कृतिलाई नाँच्ने, गाउने, बजाउने र कविता लेख्ने कुरा सँग जोड्दछन् । कतिपयले चाडपर्व र रीतिरिवाजसँग मात्र मिलाउँदछन् तर यसलाई राजनीति कै एउटा अंग हो भन्ने विाष्यमा कम चिन्तन गर्दछन् । यस्तो अवस्था पक्कै पनि विचारधारात्मक अस्पष्टताले जन्माएको हो । यस्तो चिन्तनले सांस्कृतिक क्ष्ँेत्रमा उनीहरूको कम चासो गएको र सांस्कृतिक रूपान्तरणलाई उनीहरूले कम महत्व दिएको बुझिन्छ । यो रोग कम बेसी प्रायः सबै कम्युनिस्ट पार्टीहरूमा पाइन्छ ।

सांस्कृतिक विभागहरूका कामलाई कम महत्व दिंदा प्रायः सांस्कृतिककर्मीहरू कि त उदासिन हुन पुग्दछन् कि त पार्टी राजनेताका आलोचक हुन्छन् । यस्तो अवस्थामा पनि कवि, संगीतकार, गायक, रचनाकार र नृत्यकार समग्र सबै कलाकार यस्तै हुन् भन्दै सांस्कृतिककर्मीका आवाजलाई महत्व दिंदैनन् र अन्त्यमा सांस्कृतिककर्मीहरू यस्तै पार्टी राजनेताका कारणले पलायन हुने, निस्क्रिय बन्ने खतरा बढ्दै जान्छ । यस्तो अवस्थामा सांस्कृतिक रूपान्तरण आन्दोलन भित्रका चुनौतीहरूलाई सही ढंगले समाधान गर्न राजनैतिक पार्टी चनाखो र सतर्क हुन सकेमा मात्रै सांस्कृतिक रूपान्तरणलाई सही गति वा दिशा दिन सकिन्छ । राजनैतिक नेता मात्रै होइन, अझ पुरानो शोषक वर्गीय संस्कृतिलाई तहस नहस बनाउन सबै तह र तप्काका जनपक्षीय सांस्कृतिककर्मीहरू एकजुट भई नेतृत्व तहमा रहेका कमी कमजोरीहरूमाथि आलोचना गर्ने, आत्मालोचना गर्ने, संस्कृतिको विकास गर्दै, आफ्नै मित्रहरूसँगभन्दा अन्यत्र रमाउने चिन्तनको प्रवृत्तिलाई अन्त्य गरी सांस्कृतिक रूपान्तरण र सांस्कृतिक आन्दोलनलाई उच्च रूप दिन प्रयत्नशील रहहनुपर्दछ । माक्र्सवादलाई जीवन दर्शनको रूपमा स्वीकारी, समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा लाग्ने, वर्गीय मुक्तिको आन्दोलनलाई आत्मसाती गर्दै यो समाजलाई रूपान्तरण गर्ने, मूल उद्देश्य बोकेको हुनाले सर्वप्रथम आफूबाटै रूपान्तरणको शुरूवात गर्नुपर्दछ । यसको निम्ति व्यवहारिक रूपमा वैचारिक रूपमा रूपान्तरित हुन माक्र्सवादलाई जीवन दर्शनको रूपमा स्वीकारी सांस्कृतिक रूपान्तरण र सांस्कृतिक आन्दोलनलाई तीब्र गति दिनु आजको आवश्यकता र दायित्व हो ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४६ – Nov. 2, 2011 – २०६८ कर्तिक १६ गते, बुधबार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.