~भिम बहादुर थापा~
विशाल त्यो गरेको देखिनौ
तिम्लाई म मरेको देखिनौ
**
के को रीस पाल्यौ ए भैरवी
वाचा यहाँ झरेको देखिनौ
**
बुझ्झकी, त्यो टाल्यौ के बैगुनी
खै म बाँच्नु परेको देखिनौ
**
नजर कहाँ फाल्यौ खै निष्ठुरी
जिवन यहाँ टरेको देखिनौ?
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)