कविता : सदाचार र एकता

~शान्ता पन्त~

सूनौलो त्यो सरस रसिलो पूर्व प्राचीन हाम्रो
गाथा त्यस्तै मधुरपनको हेर संसार राम्रो
देखी यो सुन्दर नजरले विश्व सामू उठेको
प्यारो हाम्रो वनजल सबै भीर पाखा पखेरो
।। १ ।।

थुत्दा ढुंगा जग घरको आड नै भाषिने भो
टुक्रा पार्दा विजयपथको साँध नै मासिने यो
सारा भागे टुटफुट भए हुन्न अस्तित्व केही
नेपालीको जति छ गरिमा एकताको मझेरी
।। २ ।।

छोडौं जिद्दी दलबल सबै काम गर्नु मिलेर
नारा बाजी अनि कलहको हुन्न झन्डा भिरेर
लागौं आजै सब मनुजहरु रीस द्वन्द्व पखाली
माला गाँसौं मिलजुल गरी एक मेची र काली
।। ३ ।।

कानूनी यो नियम सबले मान्नु कर्तव्य हो जो,
मान्छेलाई सहज पथमा लान्छ डो¥याउँदै यो
भ्रष्टाचारी कदम जति छन् नष्ट गर्दै गरेमा
नौलो बाटो फलमल सदा हुन्छ निष्ठा गरेमा
।।४।।

दीयो बालौं सुख चयनले शान्तिको कामनामा
हाते मालो गर न अब लौ चम्किलो भावनामा
पक्का होला सुगम वय यो जान्छ काया सजिलै
मानौं केही फरक तरिका दुःख छाडेर आजै
।। ५ ।।

लमजुङ, हाल : कीर्तिपुर

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३५ – २०६८ श्रावण ११ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.