~भीमसेन वन~
यथास्थितिलाई टिकाइ राख्न त्यही अवस्थाको गुणगानमा अल्झिएको साहित्यका विरूद्ध प्रगतिशील साहित्यको महत्व हुन्छ । जीवन जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचित हृदयस्पर्शी लेख वा रचनालाई नै साहित्य भनिन्छ । जहाँ विचारको साथमा कलाको प्राथमिकता हुन्छ । साहित्य मौलिक लेखनमा आधारित व्युक्तपति प्रतिभा हो । सले समाजको गतिलाई अगाडि वा पछाडि धकेल्न मद्दत गर्दछ । तर हामीले बुझ्नुपर्ने कुरा के छ भने हाम्रो साहित्य बहुसंख्यक जनताको हितमा आवाज उठाएको हुनुपर्दछ । जसबाट सामाजिक प्रगतिमा विकास होस् लेनिनले मेक्सीम गोर्कीको “आमा” उपन्यासबारे लेख्नुभएको छ । “आमा उपन्यासले रूसको क्रान्तिलाई १० वषै अगाडि लिएको थियो ।” यसबाट पनि प्रष्ट हुन्छ, साहित्य समाज परिवर्तनको संवाहक हो ।
साहित्यकारले आफ्नो वरिपरीको जीवनलिाई नै साहित्य र कलात्मक कृतिहरूका कच्चा सामाग्रीका रूपमा प्रयोग गर्ने भएकाले सामाजिक यथार्थको प्रस्तुतिमा भौतिक विकास र समाजको सामाजिक निकासमा जोडि दिनुपर्दछ । काल्पनिक यथार्थ भन्दा बाहिर पुगेर व्यक्ति आनन्दमूखी रसात्मक साहित्यले समाजको यथार्थ चित्रण गर्न नसक्ने हुनाले यो हावामा अडेको कल्पनाको महल हो । यसले समाजमा गति दिन सक्दैन । त्यसैले साहित्य यथार्थको गहिराईसम्म पुगेर वास्तविकतालाई उतारी त्यसपछिको अवस्थालाई देखाउने गरी सिर्जना भएको हुनुपर्दछ । यथार्थवादका बारेमा मेक्सिम गोर्कीले उल्लेख गरेका छन् । “यथार्थवादको वास्तविक अर्थ त्यसको भित्री सतहसम्म पुगेर त्यसभित्रका गति र अन्तरविरोध वा भविपयका परिवर्तनका सम्भावनालाई समेत आत्मसाथ गर्नु, चित्रण गर्नु र तिनीहरूलाई शक्ति प्रदान गर्नु हो ।” साहित्यले भौतिक विकासको गतिलाई राम्रोसँग बुझेर व्याख्या गरेको हुनुपर्दछ । जस्तो चिनियाँ जनतालपे जापनिज साम्राज्यवादसँग संघर्ष गरेका बेला युवाहरूको गीत उपन्यासमा चिनियाँ युवाको भूमिकालाई समेटेर कलाको प्रस्तुति गरिएको छ । जहाँ विचारको साथमा कलाले भरिएको छ ।
प्रगतिशील साहित्य ठगी खाने वर्गका विरूद्ध श्रमजीवी वर्गको संघर्षको एउटा सहयोगी अंग हो । यसबाट शोषक विरूद्ध शोषितले चलाएको संघर्षमा सहयोग पुग्छ । जनतालाई उनीहरूको अवस्थाको चित्रण गरी प्रस्तुत गरिने भएकाले परिवर्तनलाई छिटो बुझ्न सहयोग पु¥याउँछ । जसले आफ्नो साहित्य वा कलालाई वर्ग भन्दा अलग वा टाढाको विषय बताउँछ त्यसले शोषण र उत्पीडनमाथि टिकेको वर्तमान अवस्थाको सेवा गर्ने काम गरेको हुन्छ । राजनीतिले जनसमूह वर्गमा विभाजित गरी वर्गीय रूपमा सत्ता कब्जा गर्ने काम गर्दछ । यसरी हेर्दा राजनीति र साहित्यलाई पनि वर्गभन्दा टाढा राख्न नमिल्ने भएकाले राजनीति र साहित्य एक अर्कासँग सम्बन्धित छन् । वर्गसंघर्षलाई बुझी साहित्यको सिर्जना त्यसले गर्न सक्दछ । जसको जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोण प्रगतिशील हुन्छ । उसको दृष्टिकोणलाई सही र मजबुत धरातलमा स्थापित गर्नका लागि भौतिकवादी दृष्टिकोणले महत्वपूर्ण भूमिका खेल्दछ । साहित्य सिर्जना चाहेर मात्र नभई उसको अध्ययन, अनुभवले पनि असर पार्छ । जस्तो आमाले दुध दिन बच्चाले खानु पनि पर्दछ । त्यसैले वर्गभन्दा टाढा पुगी कसैले पनि साहित्य सिर्जना गर्न सक्दैन । साहित्य वर्ग सापेक्ष हुन्छ । शोषित वर्गको पक्षमा कृति सिर्जना गर्न उसका बारेमा बुझेको हुनुपर्दछ ।
आदर्शवादी साहित्यको विरूद्ध प्रगतिशील साहित्यमा कलम चलाएका साहित्यकार पारिजातले प्रगतिशील साहित्यलाई माक्र्सवादी साहित्य मान्दै भनेकी छन् । “पिछडिएको देश र त्यहाँका जनताको जीवनस्तरलाई हेर्दा उनीहरूले चेतनशील, आत्मविश्वासी, संघर्षशील, सभ्य र सुसंस्कृत बनाउनको लागि जति माक्र्सवादी साहित्यले ठूलो योगदान दिन सक्दछ, त्यो कार्यलाई आदर्शवादी साहित्यले कहिल्यै पनि पूरा गर्न सक्दैन । जनजीवनलाई बुझ्नका लागि माक्र्सवादी साहित्य नै चाहिन्छ ।” साहित्यमा कलाभित्र हौसला र उत्साह हुनु आवश्यक छ । प्रगतिशील साहित्यले निराश र आदर्शलाई मान्दैन देशको सामाजिक विकृति र विसंगतिका विरूद्ध संघर्ष गर्न र औषधि तयार पारी निको पार्न पनि भूमिका खेल्नुपर्दछ । साहित्य पढ्नु भनेको समाजलाई पढ्नु र त्यसलाई बदल्नु पनि भएकाले यो नैतिक चरित्रवान पनि हुनुपर्दछ ।
साहित्यले वर्गीय प्रेमलाई उच्च राखेको हुनुपर्दछ । जसबाट आफ्नो वर्गका पक्षमा उभिइरहन मद्दत मिल्छ । चिनियाँ अपेरा रातो लालटिनमा जसरी ते–हमी, ली र बुढी आमा रगतको नाता नभए पनि वर्गीय प्रेमले एउटै घरमा बाँधिएका छन् । यसबाट शोषितको मर्म एउटै हुने र अवस्था पनि एउटै हुने बुझिन्छ । जुन अपेराले चिनियाँ सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण स्थान राख्यौं । प्रगतिशील साहित्यले वर्गीय प्रेमलाई जोड दिन्छ र उश्रृंखल, छाडा, कुरीतिपूर्ण प्रेमलाई विरोध गर्दछ । सिर्जना गरिने कृतिले पात्रहरूको रगतमा संचार गर्ने भएकाले श्रवण गर्नेलपे पनि आफूलाई उसैको तुलना गरेर बुझ्ने गर्दछन् । जसले गर्दा पात्रहरू यथार्थमा आधारित भएका हुनुपर्दछ । यसले उनीहरूको अवस्थाको चित्रण गरेको हुनुपर्दछ । यसरी साहित्य सिर्जना गर्दा सम्प्रेषणीय भाषा सरल शब्दमा प्रयोग भएको हुनुपर्दछ र परिस्कार गर्नुपर्दछ ।
साहित्य सिर्जना गर्नका लागि कुनै न कुनै आधार चाहिन्छ यो शुन्यमा शुरू हुँदैन । साहित्यले चेतनाको निकास गराउँछ यसमा केही कल्पना वा सपना पनि हुनुपर्दछ । जुन यथार्थमा आधारित भएको हुन्छ । लेनिनले आफ्नो पुस्तक “के गर्ने” मा उल्लेख गरेका छन् । हामीले सपना देख्नुपर्दछ, दुर्भाग्यवश हाम्रो आन्दोलनमा यसप्रकारको सपना अत्यन्त कम देखिन्छ । वास्तवमा जसले त्यसरी सपना देख्दैन उसले साहित्यको महत्व पनि बुझ्दैन । साहित्य सिर्जना गर्न पनि क्रान्तिकारी बन्न पनि सक्दैन तर त्यसप्रकारका सपनाहरू जीवनसँग सम्बन्धित हुनुपर्दछ ।
श्रमजीवी जनताले आफैले शासन गर्ने सत्ता स्थापना र संचालनमा भाग लिनका लागि प्रगतिशील साहित्यले उत्प्रेरक र शैक्षणिक काम गर्ने गर्दछ । त्यसैले हामी प्रगतिशील साहित्य सिर्जनामा बृद्धि गरी अध्ययनको क्षेत्रलाई फराकिलो बनाउँदै श्रमजीवी जनताको पक्षमा कलम चलाऔं ।
(रक्तिम क्षितिजबाट, पूर्णांक ४ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३६ – २०६८ श्रावण १८ गते, बुधबार)