कविता : हिजो, आज र भोलि

~शिरीष रानाभाट~

हिजो
राष्ट्र थियो, राष्ट्रियता थियो
बल्दथ्यो दिन-रात सद्भावको दियो
राष्ट्रघातीहरूको सत्ता-मोहले
उप्काइफाल्यो एकताको मियो

आज
गल्ली, सडक, गाउँ र नगरमा
बन्धुत्वका बात चल्नुपर्छ
देशको मुहार फेर्न हेर
निकम्मा नेता बदल्नुपर्छ ।

भोलि
द्वन्द्व मेरो छातीमा नचर्केर के भो
तिम्रो छातीभित्र भए पनि झल्किनुपर्छ
देशद्रोहीहरूविरुद्ध कहीँ न कहीँ
विद्रोहको आगो सल्किनुपर्छ ।

शिरीष रानाभाट
ल्फोरिडा, अमेरिका

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.