~सिर्जना खड्का~
थाहा छैन काँडालाइ ,
काँडासंग गुलाफ फुलेको हो
या गुलाफसंग काँडा ……
तर यति थाहा छ काँडालाइ
सधै सधै गुलाफसंगै रहनु छ उसको अंग रक्षक भएर …
आफ्नै छातीमाथि फुलेको गुलाफबाट न कहिल्यै सिक्यो काँडाले
प्रेमको परिभाषा,न सिक्यो सुन्दरता र कोमलताको परिभाषा ..
.किनकि काडा गुलाफलाइ परिभाषा बिहिन प्रेम गर्न चाहन्छ !!
थाहा छैन कति पल्ट हावा,हुरीले
काँडासंग ठोक्काई दियो गुलाफलाइ
तर कहिल्यै कोतरेन काँडाले गुलाफलाइ ,
कोतर्यो त सिर्फ गुलाफ निमोठ्ने हातहरुलाई ,
काडालाइ दुस्मनी त ति हातहरुसंग थियो
जो एक थुंगा गुलाफको हत्याको बदला ,सिंगै जिन्दगि माग्दथे
र काँडाको इच्छा छ,
प्रकृतिले गुलाफको बाहिरि पत्रमा पनि तिखा काँडाहरु थपिदिओस्
र बुझुन गुलाफ चुडाल्ने र सिउरिनेहरुले कसैलाई चुडाल्नुको दुखाइ
जब फक्रिदै जान्छ आफ्नै छाती भएर फुलेको त्यो रातो गुलाफ
तब तब काँडा भएभित हुन्छ काँडालाइ गुमाउने डरले ..
.न कहिल्यै राख्न सक्यो काँडाले त्यो रातो गुलाफलाइ प्रेम प्रस्ताब ,
न सिकाउन सक्यो काडाले निस्वार्थ प्रेमको कुनै परिभाषा …..
हेर्दा हेर्दै एकदिन गुलाफलाइ चुडालेर कसैले सजाउछ शिरमा
र एक थुंगा गुलाफले प्रेम दिवश मनाउनेहरुको जिन्दगीको सब्दकोशमा
काँही भेटिदैन,काँडाहरुको त्याग र वियोगान्तको परिभाषा!!!
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )