हरेक फूल
आफ्नै तरिकाले
फक्रिन खोज्छन्
तिनको के भूल छ ?
भूलनै भएपनि
प्रकृतीको खेलसँगै
भूल सप्रने छन्
फूलहरूलाई
आफ्नै तरिकाले फुल्न नदिने
प्रकृतीमा कहाँ तेस्तो
निर्दयी उसूल छ ?
हरेक फूलको
आफ्नै मूल हुन्छ
फूलहरूलाई एकैनास बनाउन खोजे त
विविधता आफैमा घुल्छ
सौन्दर्य लुथ्रुक्क झुल्छ
अनि माहुरी कहाँ डुल्छ ?
फूलहरूको आफ्नै डि.एन.ए हुन्छ
एकै तरिकाले मात्र फुल्न बाध्य पार्ने व्यहोराले त
ह्वाङ्ग खुल्ला ढोकाबाट
पापी पक्षपात हुल्छ
(स्रोत : Sajha)