~पूर्ण ओली~
सुन ए हजुर
मेरी ‘जिएफ्एन्’ भनाउँदी लास्टै रैछे झुर !
अस्ति मात्रै ‘फेसबुक्फ्रेन् एड’ भई
त्यसपछि त छिनछिनमै भेट भई
‘हेलो’ भनेँ ‘हाइ’ सम्म भन्दिन
‘सियु’ भन्दा ‘बाइ’ सम्म भन्दिन
सुन ए हजुर
मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे झुर !
‘जेपिटि’ले झटारो हानेको
‘रिप्लाई’ गर्न पटक्कै जाने पो
लडेँ भन्दा ‘टेक केर’ नि भन्दिन
मरेँ भन्दा ‘गेट वेल सुन’ भन्दिन
सुन ए हजुर
मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे झुर !
उसका जम्मै ‘स्टाटस लाइक्’ हानेँ
उसले पनि गर्ली नि यै ठानेँ
ऐया भन्दा ’ओएम्जी’ भन्दिन
जे गर्दा नि ‘जिएफ्एन’ बन्दिन
सुन ए हजुर
मेरी जिएफ्एन् भनाउँदी लास्टै रैछे झुर !
मेरै भागमा घमण्डी परिछे
‘फलो’ गर्दा ‘अन्फ्रेन्ड’ गरिछे
यल्ले मलाई पटक्कै गनिन
कैले पनि ‘बिएफ्एन्’ ठानिन
सुन ए हजुर
‘रिप्लेस्मेन्ट’ गर्दिऊँझैँ झोँक चल्यो बिगार्दिई सुर !
‘जालमा परेँ, दाइ’ भन्न थाली
छिन्छिनमा हाइ भन्न थाली
युएस् डिभि युरोपकी पि.आर.रे
लान्छु भन्छे दश् लाखमै क्याश् धरे
सुन ए हजुर
जाम् कि क्या हो पछि लागी घुम्न अमरपुर
‘फिमेल’ बन्ने ठग् ‘मेल’ पो परेछ
‘फेक्’ खाताले ब्ल्याकमेल गरेछ
घर बिगार्यो सम्पति नाश भयो
झण्डै मेरो पाटीको बास भयो ।
सुन ए हजुर
युरोप देख्ने दिवास्वप्न भयो चकनाचुर ।
२०७२।०४।०७
(स्रोत : रचनाकारको ब्लगबाट सभार)