~दिपेन्द्र खड्का~
फोन बज्यो हत्तारमा फोन उठाएँ ,साउदी अरबबाट साथीले रहेछ । खबर सोध्न थाल्यो मैले पनि भन्दै गएँ ।
उसले अाफ्नो कम्पनीको बारेमा पनि सबै जानकारी दियो । ५ महिना तलब न दिएको कुरा पनि गर्यो । मैले देशमा केही गरेर बस्छु भनेर पसल गरेँ तर सबै घाटा लाग्यो । त्यसैले परदेशी भूमि टेक्न मन नभएपनि जानै पर्ने बाध्यता भयो ।
पहिला साथीहरुसँग विदेशी भूमि टेक्दिन भनेको पनि सम्झिएँ तर के गर्नु अर्को उपाय सोच्नै सकिन र उतै जानको लागि मेनपावर गएँ ।
म अाउने थाहा पाएपछि साथीले अौषधी र खानेकुरा ल्याइदेन भनेर फोन गर्यो अौषधी लैजाँदा ड्रग्स्को अभियोगमा अरबमा साथी थुनिएको सम्झन पुगेँ र किनिन । केही खाने कुरा किनेँ । जान मन नभई नभई सुटकेश मिलाएँ । आपतमा नआतिनु सुखमा नमातिनु भन्ने बुबाको भनाई सम्झिएँ । फेरि घडेरी किनेको ऋण पनि सम्झिन पुगेँ र मुटु दह्रो बनाएँ र हिँडेँ
मलाई विदेशी भूमिमा अाएको देखेर शंकरले गिज्याउँदै भन्यो — तँ बिदेशी भूमि टेक्दिन भन्ने मान्छे पनि अाइस् त !!!
मैले फिस्स हाँसेर भनेँ —- भने जस्तो हुँदो रहेनछ शंकर , मनै नभए पनि बाध्य बनाउने रहेछ ” मजबुरीले”।।।
दीपेन्द्र खडका
टाँडी -१, मोरंग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )