कविता : माइलादाइ

~दिलिप योन्जन~Dilip Yonjan

आफ्नै पीडाका गीत गुन्गुनाउदै
उकालो ओरालो अनि चौतरीमा
ख्वाक ख्वाक खोक्दै थुक्दै
स्वाँ स्वाँ गर्दै ठेला ठेलिरहन्छ
जाडोमा गर्मीमा एकनासले
गन्तब्यको खोजीमा |

पानी झरीमा भिज्दै
चर्को घाममा डुल्दै
रुदै कराउदै मनमनै
न भोक न प्यास
बेहोस भएर चुपचाप
माइला एकोहोरो ठेला ठेलिरहन्छ
निरन्तर हेर्छ फुटेका हातहरु
सुम्सुम्याउँछ खुटाका ठेलाहरु
धिकार छ आफ्नै कर्मलाई
आँखा भरि आँसु मुटुभरि पीडा
फाटेका छन् आङ्का लुगा आङ्मै
उ एकोहोरो टोलाइरहन्छ
वारि छितिजबाट पारि छितिज हेर्दै
मिरमिरे मै नभएर नपाएर
पुन ख्वाक ख्वाक खोक्दै थुक्दै
ठेला गुडाउन थाल्छ |

पिर बेदनालाई गीत बनाएर
रुदै सडकमा गुनगुनाउँछ
असिन पसिन हुदै
अलास तलास हुदै
तर, बिरोध गुनगुनाउनु जान्दैन
समान्ता र स्वतन्त्रता थाहाँ छैन
मान्छेको मुल्य र मान्यता हुदैन
जति बोकाए पनि बोक्छ
जति ठेलाए पनि ठेल्छ
रोए पनि हुनेवाला केही छैन
कराए पनि हुनेवाला केही छैन
पसिनै पसिनाको कमाइले
एक पेट आङ् छेक्दैन
आत्मा भकानो पर्छ
टटाउँछ, च्यातिन्छ धुजा धुजा
एक्लै रुन्छ बिसाएर ठेला |

हजारौ रात र दिन बित्यो
समयसँगै ब्यवस्था परिर्वतन भयो
नारा जुलुस लगाएको देख्यो सुन्यो
तेर परिर्वतन केही भएको छैन
बरु उसलाई बजार भाउ बडेको थाहा छ
दिउँसै मान्छेले मान्छे मारेको देखेको छ
भोकै र नाङै कराउनेको सख्या बड्दै छ
अभाबै अभाबले पोलेर मरेको देखेको छ
थाहा छैन सार्बभौम सत्ता जनतामा आएको !

कति दिन बाँच्ने बचाउने पीडा साटेर
रगत पसिना साटेर पनि पुग्दैन
खुसि मनाउन जन्मेको बालक
हाँसो खुसी साट्न जोडेको सगिनी
रुन्छ थाकी थाकी ढुधे बालक
हेरिरहन्छिन् आत्मा दुखाएर आमा
लाम्टा चुसाएर अघाउदैन, ढुध आउदैन
अन्न र पानीको अभाबले
नभएको र नपाएको छट्पटीले
निबस्त्र छ त्यो अबोध बालक
न घाम न पानी
न जाडो न गर्मी
धुलो खादै बलौटो खेलाउदै
फकाउँछन् थुम्थुम्याउँछन् के मानोस्
खुसिले रोएको होइन केबल भोकले |

आज भारी पाइएन के गर्ने
कता जाने कसो गर्ने हात मुख जोड्नुछ
अबोध बालक अनि सगिनीलाई के भन्ने
कती दिन रुने रुवाउने, एकले अर्कोलाइ हेरेर
भोकहरुको कुनै उपचार छैन
रोगहरुले पनि बास मागिरहेछ
माइला सम्झिन्दै रुन्छ कराउछ
मन्छेहरुको माझमा तमासा बन्छ
न त माइला रोएको महत्व छ
न त कराएको, चिच्याएको नै सुन्छ
न त मुल्य र मान्यता नै छ
सदा झै ख्वाक ख्वाक खोक्दै थुक्दै
जीबन जिउने आसमा ठेला ठेलिरहन्छ |

दिलिप योन्जन
अस्टिन, अमेरिक

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.