~रुद्र निरौला~
साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् । आज युवा युवतीलाई मनपर्ने गजल संग्रह (ऋतुमभरा) पस्किएर आफ्नो भाषिक कुशलता प्रस्तुत गरेका छन् । एउटा चित्त नबुझेर सिङ्गै “मनको सागर” उराली दिएर आफू राम्रो गजल साधक भएको प्रमाण पेश गर्छन् । अहिले बालबालिकाको मन छुने बालकथा संग्रह “मुखाले पोथी” लिएर प्रस्तुत भएका छन् । यसैले यो कर्मशील सत्तरी वर्षे जँगरिला कलमलाई नजिकैबाट सलाम ।
नेपाली साहित्य आज धेरै विकसित एवं परिमार्जित हुँदै अगाडिँदो छ । भाषाका पारखीहरू आफ्ना–आफ्ना रुचिका विषयवस्तु अगाडि सारेर नयाँ–नयाँ उचाई कायम गर्दैछन् । दमकमा भएका स्रष्टाहरूमध्ये कर्णकुमार बहुविधामा सफल ढङ्गले प्रतिभा प्रस्तुत गर्ने व्यक्तिको रुपमा स्थापित छन् । देशीय परिस्थितिलाई व्यङ्ग्योक्तिबाट घुमाइ–घुमाइ मुक्मुक्याउन देखि गजलकार र गाजलीहरूका मन सुटुक्कै चोर्न समेत उनी निक्कै खप्पिस देखिन्छन् । निक्कै अगाडि भेट हुँदा वहाँले मेरो मुखाले पोथी पढ्नु भो ? भनेर सोध्नु भो मैले अहँ भन्नुप¥यो । म अलि अल्छे मान्छे नै छु क्यार । मित्रको आग्रहपछि पो खोजी गरी पढो “मुखाले पोथी” बढो सरल र सरस कथा संग्रह । हामी सामान्य अन्य दर्जाका साहित्यिक कृति पढ्छौँ र बुझ्ने प्रयास गर्छौँ । तर, यो कथा संग्रह बालबालिकाको लागि अति राम्रंो सामग्री छोटा भैकन पनि चरित्र प्रधान । समय सदुपयोग गर्न र बालकहरूका आनी बानी सुधार्ने प्रेरक एवं प्रेरणा दायी ।
दशवटा कथाहरूको संगालो बाल कोसेली । छरितो बान्कीमा सचित्र रङ्गीन आवरण साज सज्जा सहित । समय अनुसारको उचितै मोल । पोथी बाँस्दाको परिणाममा पहिलो कथा नारी चरित्रमा प्रस्तुत भएको । आफ्नो अकर्मण्यताले आफैलाई पछि पारेको समय सन्दर्भ मिलेको कथा । दोस्रो कथामा कमिलाको पृथ्वी भ्रमण । वर्गीय चरित्रको राम्रो प्रयोग । दिग्भ्रमबाट यथार्थ अलग्गै र कर्तव्य अलग्गै भएको प्रेरक प्रसङ्गले कमिलो र मुसाको वर्गीय चिन्तन र त्यसको समाजमा देखिने प्रतिबिम्ब झल्किएजस्तो । त्यस्तै, सवर्गीय चरित्रको उदाहरण गिद्ध र परेवाबीचको अन्तर चिन्तन । बढो राम्रो उदाहरण । दम्भी र घमण्डीहरूको दुनियाँलाई राम्रो चाबुक ।
“अर्घो घटो घोष मुपैति नुनम् ।” मूर्ख भेडी गोठालो । लठेब्रो पात्र राखेको प्रसङ्गमा गोठालो प्रयोग गर्ने वर्ग मुर्ख हुन पुगेको र त्यसको परिणाम गोठालाका धनीले नै भोग्नु परेको कहालीलाग्दो पीडा देखाइएको वर्तमान सन्दर्भ । आखिर दोषी को त ? जसले अल्पज्ञान प्रदान ग¥यो । आन्तरिक पर्यटनमा अन्तुडाँडाको सूर्याेदय अवलोकन गराउने सहृदयी बुढीआमा । पिढीँ–पिढीँ बीच हुन गैरहेको शुन्यान्तलाई नजिक तुल्याउने र आमाको अनुपस्थितिमा पनि हजुर आमाको सकरात्मक अभिभावकत्व प्राप्त हुन सक्ने हाम्रो सामाजिक मान्यता कथामा स्थापित भएको छ । सामाजिक सद्भावमा राम्रो समन्वय कायम हने उदाहरणको रुपमा चुण्टी र भुण्टी कथा ।
आपसी आडम्बर तथा खिचातानीबाट आक्रान्त वर्तमान सामाजिक परिवेशलाई हल्का थप्पड हानिएको कथा “सेलरोटी, टपरी र सिन्काको विवाद ।” आपसी मेलबिना कसैको पनि अस्तित्व नरहने सङ्केत । त्यस्तै, संसर्गजा दोष गुणा अवन्ति । अर्को कथा फुरफुरे र फूलहरू । जस्तो दानापानी खायो त्यस्तै, चरित्र र रुप हुन्छ भन्ने सङ्केतको कथा । अनुकरण प्रायः सबैले गर्ने गर्छन् । तर, अन्धानुकरण भर्न घाटक र खतरनाक हुन्छ । त्यसैले समय हाँक्नेहरूले असल मार्ग दर्शन गर्न नसके मायाले शुरुमा गरेको सांस्कृतिक अन्धानुकरण र सही निर्देशन पछि आफ्नै मौलिक एर्व उर्वर संस्कृतिप्रतिको संमोहन कथामा प्रस्तुत छ । आज हाम्रो समाज वास्तविकता भन्दा कृत्रिम कुरामा अनायसै लाग्नाले दिग्भ्रमित हुन पुगेको छ । त्यसैगरी चिरनको चङ्गामा बालापनको अवोध तथा हठवादी बाल स्वभाव देखाइएको छ । जसका कारण पछुताउनु पर्ने बेला आएको प्र्रसङ्ग देखाइएको छ ठूलाबढाले आफ्नो बडप्पन जोगाउन आफूभन्दा साना उमेरकाहरूलाई परिचालन गर्नुपर्ने रोचक प्रसङ्ग कथामा छ । त्यसैगरी मनोजलाई राम्ररी प्रष्ट पारिएको देखिन्छ । यो नैतिक दुष्टान्तमा वस्तुवादी स्वीकारोक्ति भएको छ ।
कथामा प्रयुक्त भाषा शैली सरल एवं बोधगम्य छ । पात्रहरू र परिवेश हाम्रै घाउँघरकै देखाइएको छ । नेपाली भू–भागदेखि खरसाङ छेउको गिद्धे पहरा सम्म स्थानापन्न भएको छ । बालबालिकाका लागि तय गरिएका कथा भएका कारण वाक्य संरचना र शब्दावलीहरूको राम्रै संयोजन भएको पाइन्छ । एक दुई आगन्तुक शब्द परे बाहेक प्रयासः झर्दा नेपाली शब्दहरूकै बाहुल्यता पाइन्छ । मिस र ट्युशन फि जस्ता अंग्रेजी भाषाबाट आएका शब्द प्रायः पाच्य नै देखिन्छन् ।
लेखकले देखाएको सीप र जाँगरको उचित सम्मान यो बखत हुनेछ जति बेला नेपाली बालबालिकाले यस कथा संग्रहलाई पढेर आत्मसात गर्नेछन् । सन्दर्भ सामग्रीको रुपमा यस पुस्तकले ठाउँ पाए राम्रै हुनेछ भन्ने लागेको छ । हितैषी मित्र नरनाथ लुइँटेलले आफ्ना गुरूहरूलाई चिनाउने र कदर गर्नै जो उदाहरण पेश गरेका छन् त्यसप्रति हार्दिकता प्रकट गलर्दै भाषा साहित्यसँगै कर्णकुमार एकलेको कलम झन्–झन् झाङ्गिँदै जानेछ भन्ने अपेक्षा साथ सफल एवं सु–स्वास्थ्य दीर्घजीवनको हार्दिक शुभकामना ।
(स्रोत : पिपुल्स टाइम्स दैनिक )