~आचार्य प्रभा~
आरोप प्रत्यारोप ,
विश्वाश ,अबिश्वास ,
घाट ,प्रतिघात
न्याय ,अन्याय को चक्रब्युहमा
फँसेको म निरीह देश
मेरो स्वाभिमान आज भोली
हरेक जनताको अभिमान अनी प्रतिशोधको
ज्वाला बनेर जलिरहेछ ।
स्वाभिमानको अग्लो शीर बनेर
उभिएको मेरो सगरमाथा पग्लिएर
हर आँखामा छचल्किएकोछ ।
चन्द्र,सूर्य छात्तिमा टाँसेर
फर्फराउने मेरो प्रतिक
केवल —लाजको पछयौरिमा मात्र परिणत छ ।
बिडन्बना हो या सतिको सराप भनु ?
मेरो छात्ती कौरव ,पान्डवको
युद्धरूपी रणभूमी बनेको छ ।
स्वयम्भूको त्री नेत्रले
तान्डव न्रीत्य हेर्न मात्र बिवस छ
अधीर बनेर मलाई सदा सर्वदा
आषिश दिने पशुपतिनाथ
यथार्थ मा नै”पशुहरुको ”पतिमा मात्र अनुवाद छ ।
”हामी एक हौ ”भन्ने बाणी
अनेकतामा बिभाजित छ
”मेरी आमा ””मेरो देश ”भन्ने
भावना र शब्दहरु इेर्ष्या र जलन अनी घ्रीणामा
परिवर्तित् छ ,
त्यसैले म निरीह देश
मेरो ललाटमा केवल —
”निरीह ”कोरिएको छ
मेरो आफ्नो स्वाभिमान ,अस्मिता
बन्धकमा परेको छ ।
(अमेरिका)
(स्रोत : कविता कुसुम)