गजल : संबिधान लेख्नुपर्छ देशवासी

~गणेश खड्का~Ganesh Khadka

अब आँफै संबिधान लेख्नुपर्छ देशवासी
सबै मिली व्यवधान छेक्नुपर्छ देशवासी ।

धेरै आए लोभिपापी,व्यभिचारी थरिथरी
हामीले नै समाधान टेक्नुपर्छ देशवासी ।

हेर्नु हुन्न टुलुटुलु भूमिमाथी दादागिरी
शहिदको बलिदान थेग्नुपर्छ देशवासी ।

सबै जात भाषाभाषी अँटाएको थातथलो
मेची-काली परिधान देख्नुपर्छ देशवासी ।

बिलो बाँडी भागवण्डा लुछाचूँडी गर्नेलाई
पाता कसी अभिमान मेट्नुपर्छ देशवासी ।

आफ्नो भाग्य बनाउने अधिकार बराबरी
खोजी गरी स्वाभिमान भेट्नुपर्छ देशवासी ।

३० मे २०११
तदनुसार १६ जेष्ठ २०६८
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.