कथा : पापी मन

~गंगा सुवेदी~

घुमन्ते चियापसलेबाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता ल परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हे¥यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँच वर्षमात्र टेकेको फुच्चे सानुको काँध हल्लाउँदै फुस्फुसाएर बोलायो । ‘सानु‘ ए सानु’ ऊ । बाटोभरी छाध्दाछाध्दा लखतरान परेको सानु झस्किएर उठ्यो । एकपल्ट बाबा पुण्यबहादुरलाई हे¥यो । पुण्यबहादुर सानुलाई आफ्नो पछिपछि आउने इशारा गर्दै अघि लाग्यो ।

पूर्णविश्वासका साथ बाबाको पछि लागेको सानुलाई बसको ढोकाबाट बोकेर तल ओराल्यो । सानुको हात पक्डिएर भीड चिर्दै नजिकैको सानो फूटपाथे पसलमा पुगेर अडियो । यतिबेरसम्म संरक्षक जसरी समातेको सानुको हात छाडेर सोध्यो ‘के खान्छस् सानु ?’ सानु ट्वाल्ल प¥यो । उसले भीडभित्र कुनै भेउ पाइराखेको थिएन । त्यहाँ यसो अलमलिए जस्तो गरेको केहिबेरमा नै गन्तव्यका लागि बसको हर्न बजेको थियो । हत्त न पत्त खल्तीबाट दशको नोट निकालेर सानुलाई दिँदै भन्यो, ‘त्यो पसलबाट चक्लेट किन्दै गर, म बीँडी किनेर आइहालें, जा ।’

चक्लेटको नाम सुनेर मख्ख प¥यो सानु, तर तुरुन्तै भन्यो, ‘बाबा पनि जाने नि ।’ उसले जान्दाखेरी पुण्यबहादुरलाई नै बाबाको रुपमा देखेको थियो ।

‘नडरा, म आइहाल्छु, जा जा ।’ पुण्यबहादुरले अह्राएपछि टार्न सकेन सानुले । मनभरी डर भरिएको भएपनि ‘हुन्छ’ भनेर पसलतिर अग्रसर भयो । उसलाई यसरी छकाएर अरुका आँखा छल्दै हिंड्न आँटेको बसभित्र पसेर आफ्नो सीटमा केही नभए जसरी बस्यो पुण्यबहादुर । उसको उद्देश्य सार्थक भएको थियो । सानुले थाहा पाउँदानपाउँदा बस हिंडिसकेको थियो ।

‘यत्रो भीडभाड छ । छुट्न पनि सक्छ ।’ भन्दै हिंडेको ग्राहकलाई पनि सानुले डि¥याएर हे¥यो । अबोध हेराइभित्र आफ्नो बाबाप्रति पूरै विश्वास भरिएको छ । ‘तिमी कोसित आ’को बाबु ?’ पसले ठूल्दाईको प्रश्नको उत्तरमा फाइभ स्टार चक्लेटको खोल उधारेर फ्याँक्दै निर्धक्क उत्तर दियो उसले ।

‘खोइ त तिम्रो बाबा ?’ ‘सानुले त्यहाँ’ भनेर पछाडि फर्किएर हेर्दा अलि छाँटिएको भीडमा कहिँकतै बाबालाई देखेन । बसतिर हे¥यो, देखेन । थर्रर कामेर हातको चक्लेट भुईँमा हु¥याउँदै ‘हवाँ’ गरेर भक्कानियो सानु । वरिपरीका थाहापाउनेहरू सबै झस्किए । एकछिन गाईंगुईं चल्यो । त्यसपछि गहिरिदै गएको साँझ सँगसँगै बिस्तारै बिस्तारै स्थिति सामान्य हुँदै गइरहेको छ । दिनहुँ अखबार, रेडियोबाट सुनिन्छ यस्ता र यो भन्दा पनि बीभत्स घटनाहरू । सुन्दासुन्दा वाक्क भइसकेका छन् मान्छेहरू । जसले सबैलाई आफ्नै मात्र वास्ता गर्न सिकाएको छ । आफ्नै आँखा अगाडि घटेको घटनालाई पनि सामान्य मानिदैछ । केहिबेर हल्ला र खोजी भए पनि क्रमशः उडन्ते खबरमा परिणत हुँदैछ सानुको घटना पनि ।

बाबालाई र बसलाई नभेटेर साह्रै रोयो सानु । कुनै आधार नभेटेपछि गलेर त्यहींको पेटीमा थ्याच्च बस्यो । हिक्का छाड्दै पर्खालमा अडेसा लाग्यो । सर्वस्व हारेको जुवाडे जस्तै हरेस खाइसकेको छ सानुले । पसलेको ध्यान सानुबाट हट्न सकेन । कसैले दाउ कस्ने हो कि ! भन्ने शंका छ ठूल्दाईको मनभित्र । बाबासम्म पु¥याइदिने चारो दिएर स्वार्थसिद्ध गर्न कुसोचहरूले बहकाउने प्रयत्न पनि गरेका हुन्, तर सानु त्यहाँबाट टसदेखिमस भएन । आफूलाई खोज्दै बाबा त्यहीं आउनुहुनेछ भन्ने विश्वास छ उसलाई ।

साँझ छिप्पिने क्रममा छ । पसले ठूल्दाईको ध्यान छाँटिदै गइरहेको भीडतिर छ । जाने अन्तिम बस पनि गइसकेको छ । आउने पनि आइसकेका छन् । धेरैजसो पसलहरू धमाधम आजलाई बन्द हुँदै छन् । यताउति हेरे । अघिका कोही थिएनन् । अहिलेका पनि फाट्टफुट्ट संख्यामा मात्र छन् । जो आफैंमा मग्न छन् ।
मन अलि ढुक्क भयो । फर्किएर सानु भएको ठाउँ पुग्यो । घच्घच्यायो । सानु अघिको पेटीबाट सर्दैसर्दै यात्रु प्रतिक्षालयको ढुङ्गे ब्रेन्चीमा खुम्चिएर लत्रक्क परेको थियो । झसङ्ग भयो सानु । आँखा मिच्दै पसले ठूल्दाईलाई हे¥यो । उसलाई बाबाले लिन आएको हो कि भन्ने लाग्यो । तर यथास्थिति बुझेपछि आत्मैदेखि रोयो सानु ।

‘नरो’ बाबा ! आज मसँग जाने ‘भोलि बाबा खोज्ने है ! उठ जाउँ !’

नजानलाई अररियो सानु । ‘बाटामा हराइयो भने त्यहीं पर्खर बस्नु, कतै नजानु्, कसैले खानेकुरा दियो भने नखानु फकाउँदा पनि नमान्नु है ।’ मामुले हिंड्ने बेलामा सम्झाएको उसले बिर्सेको छैन ।

‘राती भइसक्यो ‘उठ जाउँ नत्र भने श्यालले खान्छ ।’ ठूल्दाईले हौवा देखाएपछि सानुलाई साँच्चै डर लाग्यो । बार बिनाको घरले उसलाई मोहमा पार्न सकेन । जाडो, रात, भोक, निन्द्रा र एक्लोपनले झ्वाप्प छोपेको बेला बबुरो सानुको बाल मष्तिष्कले अह्राएकाले ठूल्दाईको हात च्याप्प समात्यो । यसको मतलब सँगै जान तयार छ । बसभित्र ललिता अझै बेहोस छे । कोशी तरेपछि मात्र होसमा आओस् भन्ने ध्यावन्तमा छ पुण्यबहादुर । अघिसम्म चोरदृष्टीले चारैतिर नजर घुमाउदै थियो । कसैले थाहा पायो कि ? कुरो उठाउने पो हो कि ? भन्ने डर थियो । कोशी पुल वारी भन्टाबारी भन्ने ठाउँमा अलि घुइँचो थियो । आफू चढेको बस अडिएको थियो । एउटा पुलिस डन्डा ठाक्ठुक गर्दै बसभित्र पसेको बेलामा त उसको सात्तो नै गयो । बसेकै सीटमा एकछिन अडेसिएर पुनः ओर्लिएपछि उसको सासमा सास आयो । लामो सास फेरेको कसैलाई जानकारी दिएन ।

‘बज्याले मेरो सात्तै लियो । उफः पाप गर्न नि सजिलो चैं हुँदैनरहेछ ।’ मनमनै भन्यो । बस फेरि आफ्नै गतिमा लम्किदैछ । घरिघरी यात्रु ओराल्न र चढाउन स्टपैपिच्छे बस रोकिदा भने दिक्क लाग्न थालेको छ ।
‘खचाखच बस भरिइसक्दा पनि तालमा परिवर्तन आउँदैन ।’ उसले मनमनै ड्राइभर र खलासीलाई गाली ग¥यो ।

ललिता होसमा फिरिसकेकी छे । पुण्यबहादुरलाई छटपटाइले च्याक्दै गएको छ । उसलाई दिनुपर्ने अनगिन्ति उत्तरहरू प्रश्नभन्दा पहिले नै भित्र झुत्ति खेल्दैछन् । हुनत ः सानुलाई छोडेर बस चढे देखिन नै बिथोलिएको मन अझैसम्म शान्त हुन सकेको छैन । त्यसमाथि ललिता होसमा आएपछिको प्रतिक्रिया कस्तो हुने हो ? भन्ने डरले छोप्दै गएको छ । बेलाबेलामा ‘बित्थामा पापको जोहो गरें, कत्तिको खाइहाल्थ्यो र ? कत्ति चैं पोस्नु पथ्र्यो र ?’ मनमनै कल्पिदैछ ।
‘सानो भाँडो भएको म गरीब मेरा छोराछोरीमाथि पनि त मेरो दायित्व छ ब्याजमा आइलागेको नासोलाई पन्छाएर ठिकै गरें ।’ भनेर आफूलाई सम्झाउँछ पनि । मन भने शान्त हुन मानिरहेको छैन । अँहँहँहँ ‘कस्तो टाउको दुःखेको ? कत्ति बज्यो ?’ ललिताले सोधी ।

‘पौने आठ’ पुण्यप्रसादले भन्योे । ‘ए’ म त निकैबेर पो सुतिछु कत्ति थाकिछु सपना पनि देखिन । भन्दै बस बाहिर अँध्यारोमा हेर्न कोशिष गरी । राती भइसक्यो बाहिर केही देखिदैन सुत सुत..। भनेर आफूभित्रको त्रासलाई बिर्सन प्रयत्न ग¥यो पुण्यबहादुरले ।
‘सानु छ ?’ तैपनि ललिताले सोधिहाली । ‘अँ’ उसले छोटो तर धुर्त उत्तर दियो । लोग्नेको विश्वासमा टाउको दुःखेको हुनाले पुनः आँखा चिम्लिई ललिताले । पुण्यबहादुरले आफूले आफ्नो दाहिनेतिर राखेको झोलालाई आफूसमेत छोपेर स्वास्नीलाई झुक्याउन भरपूर खोज्यो ।

सधैंझैं घर पुगेर ठूल्दाइले ढोका ढक्ढक्याएपछि उनकी श्रीमती निर्मलाले ढोका खोलिन् । लोग्नेका साथमा आएको फुच्चेलाई देखेर सोधिन्
‘को हो ?’ ठूल्दाईले भट्ट घरभित्र भित्रिदै दैलो बन्द गर्न अह्राए । स्नेहवश सानुलाई सुम्सुम्याउँदै सोधे‘
‘भोक लाग्यो ?’ भोकाएको सानुले हे¥यो मात्र । उत्तर दिएन । परिस्थितिलाई जान्नै सकिरहेको छैन । अन्यौलमा छ सानु । ‘निर्मला, बाबुलाई भोक लागेको छ भात पाक्यो भने खान दे’ । श्रीमतीलाई अह्राएपछि सानुले ‘मामु जाने ।’ भन्यो । ठूल्दाईका आँखामा आँशु नसल्बलाईकन रहन सकेन ।

‘हैन ‘कसको बच्चा ल्याउनुभो ? नचाइने काम त गर्नुभएन ?’ निर्मलाले लोग्नेका छेउमा आएर फुस्फुसाउँदै सोधी । ठूल्दाईले सानुका छेउबाट उठेर निर्मला सामु पुगेर सारा वृत्तान्त भनेपछि निर्मलाको गहभरी आँशु भरिएको थियो । सानुलाई सुम्सुम्याउन पुगिन् निर्मला ।
‘हेरन कसैका भने सन्तानै नहुनु, कसैका भने यस्तो छ’ ठूल्दाईले आफ्नी श्रीमतीसँग भावुक भएर भन्दा समर्थनमा शीर हल्लाएर निर्मलाले सोधिन् ‘यसलाई यहाँ ल्याएको कसैले देखेन त होला नि !’

‘देखेजस्तो लाग्दैन तैपनि भोलि थाहा हुन्छ ।’ बबाल पो हुने हो कि !’ निर्मलाले गरेको आशंका जायज थियो ।’ भगवानकै ईच्छा हो भने त केही नहोला ।’ ठूल्दाईले आफ्नो मनमा पनि झिनो आशंका महसुस गरेका थिए ।

‘अब के गर्न ? छरछिमेकलाई के जबाव दिने ?’ जस्ता समस्याले घेर्न सुरु गरिसकेको छ दुवैलाई । निर्मलाले झ्वाट्ट भनिन्, ‘म यसलाई लिएर भोलि नै माइती जान्छु । ठूल्दाईलाई पनि चित्त बुझेको छ । ‘हुन्छ । म यहाँ समालुला । कसैले सोध्यो भने अमेरिका जाने भीसा लाग्यो भनुला । अस्ति नै मैले डि.बि. हालिसकें भनेकै छु सबैलाई ।’ दुवै सहमत भए । बीचमा सानुलाई र दुवैपट्टी दुईजना भएर ओछ्यानमा सुत्न पल्टिएका छन् । ‘यो बिचरोलाई न आफ्नो नाम थाहा छ, न बाउआमाको थाहा छ । न ठेगाना नै थाहा छ ।’ दुःखी भएर ठूल्दाईले भनेपछि ‘हाम्रो गाउँसमाजमा अझै पनि उपनामले बोलाउने चलन छ । कसैको नामको पत्तो कसैलाई पछिसम्म पनि हुँदैन ।’ लोग्नेको भनाइलाई यसरी सकारिन निर्मलाले । दुवैले एकछिनसम्म हेरिरहे सानुलाई ।

मायालु हेराइ आफैमा मस्त छ । एकछिनको मौनता सँलागेर बडबडाइन् यसलाई हाम्रो पीर बुझेर भगवानले हाम्रो लागि पठाएको हुनुपर्छ । अब यही हाम्रो सन्तान हो । सानुको निधारमा म्वाइँ खाँदै भनिन् निर्मलाले । निर्मलाको स्नेह र खुसीको सीमा अपार छ । यसैले पसलेले भने, ‘मैलै पनि यही सोचेर ल्याएको हुँ । तर समयले के भन्छ । ‘समयको खेल । कसले जान्दछ र ? कुनै जन्ममा यो हाम्रै छोरो हुनुपदर्छ।’ आश्वासनको पुनित अनन्तप्रकाश छर्नसम्म छरिन् निर्मलाले ।
‘सानु कहाँ छ ?’ उसले अँध्यारोमा औंल्याउँदै भन्यो, ‘त्यहीं छ ।’ ललिताले हेर्न प्रयास गरी । एकछिनपछि पनि सानु आफ्ना छेउ आइनपुगेपछि फेरि सोधी ।
‘सानु ए सानु’ बोलाई निर्मलाले तर अझै बोलेन सानु । ‘बोल्दैन त ‘हराउला ‘अँध्यारोमा’ लोग्नेको विश्वासमा सतर्क हुन खोजेकी छे ललिता । शंका पो गर्लिन् कि ?’ भन्ने बिचारले निकै सताइए पनि बिचलित नभइ भन्यो पुण्यबहादुरले, ‘केही हुँदैन । म छु नि ।’ केही बोलिन ललिता । त्यत्ति बोल्ने बानी पनि होइन उसको । त्यसमा पनि लोग्नेले बोलेपछि अविश्वासको घेरा तानेर त्यसलाई नाघ्ने गर्दिन । बरु अति भयो भने छाडिनै दिने स्वभावले गर्दाको परिणाम भोगिसकेकी छे उसले ।

काठमाडौं जाने बसमा चढेर बिहानै मिर्मिरेमा बसबाट ओर्लिदा पनि सानुलाई नभेट्दा भने ललिता लगभग चिच्याई ‘ए बुढा । खोई छोरो ?’ अब भने निकै ढुक्क भइसकेको छ पुण्यबहादुर । आफूलाई हरसम्भव तयार पारिसकेको छ उसले । ‘अरे । बसभित्रै त छैन ?’ हिंडन आँटेको बसलाई रोकेर भित्र खोजेजस्तो ग¥यो पूण्यबहादुरले । ‘राती मसितै अँगालोमा सुतेको थियो ।’ सहाराका लागि नाटकीय शब्दको खुब साथ पायो उसले । ललिताको सातो गयो ।
‘किन यस्तो भयो ? झन भगवानको दर्शन स्नान गर्न धाइधाइ यति टाढा सतासी धाम पुगें , झन मेरो छोरो हरायो ।’ बरबराउन लागी ललिता । आफैसितको गुनासो । ईश्वरप्रतिको रीस व्यक्त गर्दै भनि ‘खोज्नुस् न । कहाँ अलपत्र परेको होला ? हिजैदेखि बोल्न देख्न पाएकी छुइन ।

‘के भयो ? के भयो ?’ एकदुई जनाले सोधे । ‘हेर्नस् न । हिजोसम्म मसितै टाँसिएर सुतेको छोरो अहिले बसबाट ओर्लिएर हेर्दा छैन ।’ आत्तिएझैं गरेर भन्यो उसले । ‘ए, कसले चो¥यो ? कस्तो होस् नगर्नु भएको त ?’ कसैले यसरी खै ग¥यो ।‘म पनि भुसुक्कै भएछु । बिहान मात्र आँखा खुल्यो ।’ स्वीकार्य आरोप पनि । ‘यसकी आमाले त हिजैदेखि भन्दैथिई । मैले नै आश्वासन दिइरहें । आजसम्म यस्तो भएको पनि थिएन, होला भन्ने पनि भएन । ‘आँखामा जबरजस्ती आँशु ल्याएर पु¥यो उसले । ‘अब थानामा गएर रिपोर्ट लेखाउनुस् ।

‘लेखाएर पनि के हुन्छ । उल्टो दुःख मात्र पाइने त हो नि । भेटिने होइन । कति पैसा हप्यास पारेर नङ्गा छाटने हुन् मोराहरूले ।’ आआफ्नो बिचार पोखे केहिले । सुनेर नराम्ररी रोई ललिता । आमा थिई । ‘सानो भाँडो भएका हामी के गरुँ कसो गरुँ ? बडो द्विविधामा परें म त । बालख पाँचवर्षमात्र टेकेको छोरो, यहीं भन्ने थाहा भए त खोज्न पनि हुन्थ्यो ।’ लाचारी प्रस्तुत गर्दा एकदुईजना त्यस्तै केटाहरू पनि केही फाइदा लिन सकिन्छ कि भनेर नआएका होइनन् ।
‘ल है दाई । खोज्नुस् ‘सकेसम्म खोज्नुस् भनेर तर्किए । केही हात नलाग्ने रहेछ भनेर पछि आएका केटाहरू पनि तर्किए । जसोतसो ललितालाई घर पु¥याएर ओछयानमा राखुन्जेलमा घरमा भएका छोराछोरीलाई पनि सबै थाहा भइसकेको थियो । सबै सामसुम थिए । दिनहुँ घरबाट सानुलाई खोज्ने निहुँमा पुण्यबहादुर निक्लिन्थ्यो र रित्तै फर्किन्थ्यो । ललिताका आँखाभरी निराशा छाउँदै गइरहेको छ । आशको झिनो त्यान्द्रो मात्र बाँकी थियो । भएका छोराछोरी अब आफैमा रमाउन थालेका छन् । दिनैपिच्छे पुण्यबहादुर सामान्य हुँदै गइरहेको छ ,तर ललिता यहि पीरले गर्दा थला पर्दै ग¥यो ।

एकदिन सिकिस्त परेर नबाँच्ने टुङ्गो लागेपछि ललिताले पुण्यबहादुरलाई नजिकै बोलाएर भनि ,‘सानु हराएकै हो ?’ उसको प्रश्नसँगको हेराईलाई पुण्यबहादुरले थेग्न सकेन । निरुत्तर भयो । शीर झुक्यो । आँखा जुध्न सकेनन् । यो बुझ्नेका निम्ति स्वीकृति थियो । जसलाई ललिताले हेरेरै बुझी । आफूले चाहेर पनि सोध्न नसकेको प्रश्न अन्तिम घडिमा यसरी सोधेरै छाडि ।

‘मेरो बाबु’ ललिताको अनौठो शैलीबाट सानुका लागि पोखिएको मातृत्वबाट झस्किएर उसले ललितालाई हेर्दा ललिता गइसकेकी थिई । उसको हृदय अति पोल्यो, तर कुनै बिकल्प बाँकी रहेन । उसका अगाडि इटहरी बस स्टप सग्लै सामु छ । समयको खेल हो । निर्मला बिहान माइत जाँदा पाँचबर्षपछि जानु परे पनि फाइदै भयो । सबैलाई अथ्र्याउन सजिलो हुने भयो भन्ने कुरा मनमा खेलाउँदै सखारै बाटो लागिन् । गन्तव्य थियो काठमाडौं ।

पसले ठूल्दाई पसल खोल्न पुगे । दिनभरी डर लागिरह्यो । हरकोही ग्राहक छिमेकी पसलेहरू अखबार, पुलिस सबैलाई आशङ्कति दृष्टिले नजानिदो गरी हेर्थे, बिचार्थे ठूल्दाई । तर कुनै अप्रत्यासित घटना घटेन । बरु चर्चा भने उठयो । ‘हिजोको बच्चो कहाँ गएछ ? ठूल्दाईलाई थाहा छ कि ?’ कसैको यस किसिमको सोधाइबाट हत्तनपत्त उनले भने ‘कहाँ हुनु नि, त्यो बेन्चमा थियो । म यत ग्राहकसँग अल्मलिएँ । एकछिन पछि त त्यहाँ पनि थिएन ।’ राती सानु पसलबाट दौडिएको देख्नेले उनको कुरामा सही थाप्दै भने ‘हो, हो, बाफ रे । कस्तो आत्तिएर दौडियो भने ‘हेर्दा माँयै लागे आयो तर के गर्न बिनासित्तिको टेन्सन कसले बेहोर्न ? यहाँ भएका हामी पनि बाटो लाग्यौं । तर बिचराको गति चैं झुर नै भयो होला । ‘तै त कुन पिशाचको पन्जामा प¥यो कोनी ?’ आफ्नै मान्छेले भेटेर लग्या पनि हुन सक्छ ।

‘के हुन्थ्यो ? जे होस् केटो हेर्दै जाती थियो ।’ यस्तै यस्तै विभिन्न क्रिया प्रतिक्रिया र लख काटदै हिंडे सबै । तीन चार दिन पछि जब कुरा आएगएको भयो । तब आफ्नो डि.बि. परेको हल्ला गरे ठूल्दाईले । बधाई र शुभकामना पनि प्रशस्त बटुले । केही दिनपछि पसल बेचेर श्रीमतीसँगको सल्लाह अनुसार त्यहाँबाट पन्छिए । काठमाडौंकै एक कुनामा एउटा सानो डेरा लिएर उदय (सानु) को सकेसम्म रहर पुगुन्जेल लालनपालन, शिक्षादिक्षा आदि गर्नथाले । बित्दै गइरहेको समयले खुब साथ दिएको छ । यो परिवारलाई । अन्तआत्मादेखि नै निर्मला र ठूल्दाईलाई आमाबाबु माने पनि घरिघरी अतित सम्झिएर उदाश हुने गर्छ सानु ।
आफ्नो कुन चैं गल्तिले गर्दा बुबाले शत्रुको भुमिका बहन गरे भनेर बुझ्न सक्दैन र छटपटाउने गर्छ । आफूबाट जन्मिएका सन्तान पार लागेपछि एक्लिएको पुण्यप्रसादको हृदयमा ललिताको अन्तिम वाक्य बिझाइरहेकै छ । मन मानेन र नाकनक्स त जति ठूलो भएपनि फेरिदैन नि । एकपल्ट हेरेर मात्र भए पनि चित्त बुझाउन चाह्यो । आशाको झिनो त्यान्द्रो पक्डिएर अपराधीको उपनाम आफैबाट आफैले स्वीकार गर्दै एकदिन त्यहाँबाट इटहरीतिर लाग्यो पुण्यबहादुर । आजको यो काम एकदमै मुर्खतापूर्ण लागे पनि भौंतारिएको मनलाई शान्ति दिने असफल प्रयासका लागि पनि हिंडयो । आफ्नो पापी सोच बोक्ने शरीरलाई सकेसम्म दुःख दिन खोजेर पनि हिंड्यो ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.