~भोला सिवाकोटी ‘पुरानाघरे’~
चुँडेर फालेका थ्याै हाँगो भएर आएँ
कुल्चेर थोपा हाँस्याै छाँगो भएर आँए
फुकेका थ्याै उडाउनलार्इ धुलो ठानेर
जनमभरि यतै बस्छु पाँगो भएर आएँ
घारै फोर्याैं चाका खायाै माहुरी मारेर
बचाउन माहुरी सबै खागो भएर आँए
च्यातेका छाैं मुटुहरू कागज जस्तै गरी
सिलाएर सग्लो पार्न धागो भएर आएँ
सुतेका छाै धेरै भयो मरे जस्तै गर्छाैं
जलाउँछु मुर्दा अब आगो भएर आएँ
चिराङ भूटान
हाल कोलोराडो अमेरिका
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)