कथा : एउटी बेश्याको प्रतिकार

~सन्जीव बंकिम~sanjib-shah-bankim

भलै सरकार , एन. जि. ओ. , अाई. एन. जि. ओ. हरुको सहकार्य मा उसको बेश्यालय माथि प्रतिबन्ध लगाईएको थियो । बेश्याब्रित्ती एक गम्भिर अपराध हो भन्ने आशय का त्यहा थुप्रै होर्डिङ बोर्डहरु टासिएका थिए । तापनी अघोषित रुपमा उस्का दैनिक पिडा , बाध्यता भोक मा कसले प्रतिबन्ध लगाउन सक्छ र । कस्ले निषेध गर्न सक्छ र उस्को जिजिबिशा लाई ? केही बर्ष अघि जनयुद्ध को नाम मा रचिएको ठुलो ढोँगसँग उ राम्ररी वाफिक थि ई । जनयुद्ध को गन्ध पनि उसको बेश्यालय सम्म अाइपुगेको हो । जनयुद्ध काल मा माओबादी तथा उस्का कमान्डर हरु ले एउटा शख्त करवाहीको नाम मा नाटक रचेको हुन । बेश्यालय मा जाने जो कोही लाई समात्दै उसै सँग विवाह पनि नगराएका होइनन । तर त्यहा तिनै कमरेड हरुको उत्पिडनलाई कस्ले रोक्न सक्थ्यो र त्यो बेला ? उनी हरु ले यस्को अहसान चुकाएकै हुन । जुन सुकै मनसाय ले भये पनि उस्को यो पेशा लाई निरुत्साहीत गर्ने काम गरिये पनि अर्को भरपर्दो बिकल्प बाटो कोरिएको थिएन । जो जो उनी हरु प्रति सहानुभुती दिन आउथ्ये सहयोग का प्याकेज लिएर आउथ्ये तर उनीहरु को नियत पनि साफ हुन्थेन ।

यसैले उस्को मन मा धेरै दिन यो पेशा प्रति घोर बित्रिष्णा पैदा भएको थियो । भित्र भित्रै हुरी चलिरहेको थियो । उ शरीर बेचिरहेकी थीइ । बदला मा हिंसा अपमान सहन वाध्य थीइ । थोरै पैसा लिएकै कारण ले उस्ले ठुलो मुल्य चुकाउनु परेको थियो ।सहनु को पराकाष्ठा थियो । हरबखत ठुलो जोखिम लिन वाध्य हुनु पर्थ्यो पुरुष कुण्ठा को । यो बिरासत देखी आएको यो पेशा प्रती उसलाई घ्रिणा जागेको थियो । शरीर संगै कता कता मन पनि बेचिदो रहेछ – उ सोच्थी । यो उस्को बर्षौ देखी चलिआएको एक कुत्सित ब्यापार थियो । मन मा भुकम्प गैरहेको थियो । उ यो पेशा त्याग्न चाहन्थी । अन्य स्वतन्त्र सानो तिनो केही ब्यापार गर्न चाहन्थी ।

अब आफ्नो उु शरीर नबेच्ने एउटा कठोर निर्णय मा पुग्न चाहेकी थीइ ।दिनहु को उत्पिड्न यौन हिन्सा को जिन्दगी लाई सधैं का लागि बिसर्जन गर्न चाहन्थ्यी । आफु लाई यो नरक बाट मुक्त गर्न चाहन्थी ।

ग्राहक हरु को यातना को शिकार हुन चाहन्नथी उ कुनै पनि मुल्य मा । यो कलुषित जीवन उस्ले आफ्नो परिवार समुदाय को दबाव अनि उस्को बाध्यताबश अपनाईरहेकी थीइ । उस्को मन जहिले पनि यो निन्दित काम को बर्खिलापमा थियो । तर उ जहिले पनि यो मन को चाह बमोजिम आउन सक्तिनथी । कारण थियो असीमित गरिबी र परिवार पाल्नु पर्ने बाध्यता अनी एउटा उत्तरदायित्व पनि ।

यो छोड्ने न छोड्ने कुरा ले उस्को मन मस्तिस्क हल्लिरहेको थियो । उ एक्काइसौ सदी को एक दुर गाउँ कि अत्याधुनिक दास थीइ जो इच्छा बिपरित आफ्नो शरीर बेचिरहेकी थीइ ।

उस्लाई लाग्थ्यो उस्का सबै ग्राहक दानव हुन । उनी हरु बाट पैसा लिएकै कारण उ हरेक दिन बलात्कृत भैईरहेकी हुन्थ्यी जो उस्को ठुलो बाध्यता थियो । उ बलात्कृत भएको कुरा कोही पनि सहज् स्विकार गर्ने अवस्था मा थिएनन । किनकी उ एक बेश्या थीइ । सबै समाजसेवी हरु सबै बौद्धिक बर्ग हरु सबै प्राग्यिक समुदाएे हरु सबै समाज सुधारअक हरु सबै पार्ती का नेता हरु यि कथित महिला सँग संगठन हरु यो नागरिक समाज अनी सरकार कुनै पनि हालत मा एक बेश्या दिनहु बलात्कृत भएको मान्नै सक्दैन ।

यो समाज मा कोही विश्वास गर्दैनथे कि कोही बेश्या यौन हिन्सा को शिकार भएको ।

किनकी हरेक बेश्या ले अलिकती पैसा लिन्छे । मानिस उस्को शरीर निस्चित समय का लागि किन्छन । यो किनमेल संगै उ सबै कुरामा किनिन्छे । सबै ग्राहक को इच्छा बमोजिम हुने गर्छ । उस्को असहमती ले कुनै अर्थ राख्दैन । पैसा को सामुन्ने उस्को इज्जत नगन्य हुन्छ ।

अन्ततह उस्ले यस्तो उहापोह को बिच एक दिन तपाईं हामी लाई अचम्म मा पार्दै यो पेशा छोड्ने अन्तिम निर्णय गरी । मन निर्दयी बनाइ बा आमा हरु का लागि । क्रुर निर्णय यो कि अब उ अनिच्छा ले बेश्याब्रिती गरी कमाएको पैसा ले बा आमा को दीर्घ रोग को उपचार गर्ने छैन । बा आमा लाई कमाएर दिने छैन । सबै स्तम्भित भये । उस्को समाज ले नै उसलाई गैर जिम्मेवार ठाने ।

उसले आफ्नो घर अगाडि साईन बोर्ड बनाउन लगाई । लेख्न लगाइ – अाज देखि यो घर मा बेश्याब्रिती काम बन्द गरिएको छ ।

त्यो रात सधैं झै उस्को घर मा सज्जन समाजसेवी गुण्डा नेता शिक्षक कर्मचारी पुलिस सबै क्षेत्र का सबै चरित्र का मानिस रात को नकाव भिरी उस्को घर मा आए । ति सबै नशा मा थिए । कोही रक्सी ले मातेका थिए । कोही ड्रग्स को नशा मा थिए ।
ढोका खोल- गाली गर्दै भन्न थाले ।

त्यो रात ति ग्राहक का लागि अरु रात जस्तै सामान्य भएन । उसले ढोका खोलिन ।

मातेका ग्राहक हरु तथानाम भन्दै गये । धेरै गाली गरे उस्को हैसियत माथि प्रश्न चिन्ह खडा गरिदिये ।

उस्ले घर भित्र बसी सोची रही कि उनी हरु ले उस्लाई गाली बेईज्जती गरेनन त्यो गाली स्वयम उनी हरु आँफै लाई पनि थियो ।

ढोका नखुले पछि लात्तीले हान्न थाले । अन्त्यमा ढोका फोडे । उस्को कोठा भित्र पसे ।त साली रन्डी भन्दै जबर्जस्ती गर्न थाले ।

मैले आज बाट यो पेशा छोडे । हेर म सँग जबर्जस्ती नगर – उस्ले भनी ।

त सुपर बन्छेस यो तेरो घर हाम्रो पैसा ले बनेको हो बुझिस ? त सती साबित्री होस् ? भन्दै उसमाथि जाइ लागे । यहाँ उस्ले प्रतिकार गरी ।

उनी हरु सबै ले बिहोसी मै भने – त सब कि सार्वजनिक होस् । तेरो ईज्जत हुन्छ ?

उस्ले हारी । यो संसार मा सच्चिकै उ निरिह थीइ । पहिलो यो पुरुष समाज मा नारी थीइ अबला थीइ । अझ अहम कुरा समाज मा रण्डी नाम ले बदनाम थीइ ।

यस्तो लाग्यो जंगल मा धेरै बाघ हरु एउटा कमजोर हरिण को शिकार गर्न झम्टी रहेको छन । ति राक्षस ति दानव हरु सबै मिलेर जबर्जस्ती गरे । र राती नै त्यहा बाट सब फरार भ ए ।
भोलीपल्ट उ एक्लै थाना गई ।

उस्ले रुदै भनी – मलाई बलात्कार गरे । उनी हरु लाई कडा से कडा कर्वाही गरी पाउ हजुर ।

थाना मा प्रहरी हरु हासे । यो के मजाक गर्दै छ यो ?

उनी हरु ले यस्लाई एउटा ठट्टा ठाने ।

तर उस्को मुहारमा उही पूर्ववत भाव थियो ।

हो हजुर मेरो बलात्कार भएको हो – उ भन्दै गई ।

प्रहरी हरु उस प्रति उल्टै आक्रोशित बने ।

पागल भइस् । तलाई पनि को बलात्कार गर्छ ? उनी हरु ले भने – बेश्या को पनि बलत्कार हुन्छ र ?

उल्टै पुलिस हरु ले हकारे – हामी सँग आएर नाटक गर्छेस । हामी सँग मजाक गर्ने ?

यहाँ बाट खुरुक्क गई हाल – कडा आदेस दिये ।

लाचार उ त्यहा बाट बाहिरीइ ।

जान्ने बुझ्ने हरु ले भनेको सुनियो – यस प छि उु न्यायालय अदालत सम्म पनि धाएकी हो रे ।

त्यहा बाट पनि उ निरश भएर फर्की आएकी हो रे ।

त्यसै दिन देखि हो उ गाएब भएकी जो आज सम्म भेटिएकी छैन जो अहिले सम्म अखबार को खबर बन्न सकिन ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.