कविता : पिपल बोटको चटपटे

~अंकुर अधिकारी~

मेरो छहारीको सित्तल सित्तैमा
ग्रहण गर्दै
हज्जारौ जिब्राहरुलाई उन्माद को
दिशा तर्फ धकेल्ने,
नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ
समाजका रसिला पिंढीहरुलाई
स्वादको ईमान्दारीतामा समेट्ने
पिपल बोटको चटपटे ।

जुन पक्ष र तारा पक्ष
वाईवाई र रारा पक्ष
कोई लाई नि चिन्दिन म
लाहुरे ग्राहकहरु पनि
केही कुराको अभावमा
या जादुटुनाको प्रभाबमा
आएका होईनन् ।
उनीहरु त
अधुरा अमिला र स्वादिला स्वप्नहरुको
युद्दरत पक्षलाई
शान्ती प्रक्रियामा लेराउन
म भा ठाम आएका ।

पुग्छु म
भैयाले दिएका घुँघुँरा बाँधेर
उसैको ग्राहकको ओठमा ओठ मिलाउन
कैले,
आलिसान महलको चाँदीको थालीमा
कैले माझिदाईको थैली र जालीमा,
तर अझपनि
महत्वपूर्ण बस्तु
म कसैका लागी होईन
म त केबल दुनियाको लागी
स्वादको आश्रयस्थल
मात्र हुँ
उही तपाईको सदाबहार
पिपल बोटको चटपटे ।

2073/5/16

नेपाल सरकार पुनर्निर्माण विभागका इन्जिनियर भएर पनि नेपाली साहित्यमा चासो राखी भर्खरै उदाउँदै गरेका कवि अंकुरनाथ अधिकारीको हालै असामयिक निधन भएको खबर छ | श्री अधिकारी केही समयदेखि मिर्गौलाको डाईलेसिस गराउंदै हुनुहुन्थ्यो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.